SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२४ गते
    १०८२ &#२३४६;&#२३३५;&#२३२५;

    सपनाहरु छताछुल्ल हुने गरी
    हवाईजहाजको ककपिट्मा
    उडिरहेका थिए
    सारा सपनाका निमित्त म
    युद्द्मा होमिरहेको थिए
    मानौ कि जो दनदनी
    दन्किरहेको थियो ।

    म आँफै जलिरहेको थिए
    डढिरहेर रातो तातो राप बन्दै थिए
    मानिसहरु आगो ताप्दै थिए
    रमाउदै थिए हास्दै थिए र नाच्दै थिए
    वर्तमान उत्सब मनाउदै थिए
    मानौ कि उनिहरु युद्द नै जितिरहेछन।

    मलाई भर्खरै जस्तो लाग्छ
    एक हुल युद्द जितेर गए
    तर,
    हार्नेहरु कसैको पनि टाउका थिएनन्
    हारे उनिहरु ढुंगाको जिन्दगी हारे
    सभ्यताले थाप्लोमा हराउने गरी
    कुल्चेको रातको गर्भमा,
    उनिहरुले गित गाउदै हारे।।

    मृत्युले यज्ञ अग्निका
    कबिता लेख्न नपाउदै उनिहरुले
    उत्सवको एकदिन अतुलनिय निदहरु हारे,
    तर जित्नेहरु कसैको टाउका भने थिएनन
    पछि थाहा भो उनिहरु
    सबै टाउका नहुनेहरुले मात्र खेल्ने
    खेल खेलिरहेका थिए ।

    म अझै पनि मेरा सपनाहरु
    मेरा चाहनाहरु
    आशा र भरोसाहरु जुन
    त्यो उडिरहेको हवाईजहाजको
    ककपिटमा खोजिरहेछु ।

    मलाई डर लाग्छ
    कतै मेरा सपनाहरु
    मेरा चाहनाहरु भावनाका पाईलाहरु
    त्यो रातो काठको बाकसमा सिमित हुने
    त होईनन?

    त्यो रातो वाकस संगै उडिरहेको जहाजको
    ककपिटमा सिमित हुने त होईनन
    छितिज पारीका जिन्दगीहरु
    सोच्छु
    अतालिन्छु
    पागल हुन्छु
    टाउको बजार्छु
    कपाल निमोठ्छु
    मेरा लालाबाला
    मेरा बाबा आमा
    सङी साथी बन पाखा
    अनि
    माली गाई।

    हो म सबैलाई चिन्तन मनन गर्छु
    कहिले एक्लै हास्छु
    कहिले एक्लै रुन्छु
    मानौ म सपनाको पागल भैसकेँ
    यिनै हुन त मेरा जून फूलेका रातहरु?
    यिनै हुन त मेरा सपना र चाहनाहरु??
    विचरा म बाबा आमाको
    अस्तु सेलाउन नपाएको छट्पटिमा भकानिन्छु
    मनले मनलाई प्रस्न तेर्साउछु
    उडिरहेको जहाजको ककपिट्मा
    मेरा सपनाहरु सदाका लागि अन्त्य
    हुने त होईनन……. ??
    आशिष सापकोटा वाग्लुङ हाल अमेरिका

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं