SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/९ गते
    १०७३ &#२३४६;&#२३३५;&#२३२५;

    धुब्र केसी, पर्वत ।
    मानिस एउटा यस्तो प्राणी हो, जसलाई हल्ला र हुलले मन जित्ने गर्दछ। पाइला अगाडी बढाउछ त्यही हुलको थप एक नया सदस्य बन्न। र त्यो हुलबाटै उसको मगज भरिन्छ, हुलकै सन्देश अनि बिचार चाहे गलत नै किन नहोस् ।

    जनआन्दोलन 062/63 धेरै उपलब्धि दियो, सबसे बढी उपलब्धि अधिकार अनि स्वतन्त्रता दियो, त्यही अधिक स्वतन्त्रताले त झन आम मानिसमा नैतिकता नै पतन गरायो। नेपालमा तिब्र रुपमा बिकास भएको सञ्चार त्यसमा पनि सामाजिक संजालमा यस्तो एउटा झुन्ड देखियो जसलाई थाहा नै छैनकी यसको प्रयोगको सिमा के हो? गर्न हुने के , गर्न नहुने के सम्मको ख्याल नराख्ने यहि झुन्डले कहिले सम्मानित पदमा स्थापित व्यक्तिका तस्वीर राखेर तथानाम लेखिन्छ त्यति मात्र नभर पशुको शरीरमा लगेर टाउको जोडिन्छ। अनि कहिले अनेकौ भिडियो बनाइन्छ।जसले युवा बिचारलाई नङगाइरहेको छ। हामी बिचार, सिदान्त र बिकासका आयाम माथी बिरार मन्थन र परिचर्चा नै गर्दैनौ। बिस्तारै युवाहरुमा ओइल्याउदै गएको र स्खलित भएको बैचारिक बहसले देशलाई फेरि कता लैजादै छ।

    पछिल्लो समया हामिमा आफै बिचार गर्ने मस्तिष्क नै लुप्त भएको छ। अनि बनिदिन्छौ कसैको भक्त र सुरु गर्छौ भजन भट्याउन। हामी साच्चै नै भेडा भएका छौ।हाम्रो आफ्नो विवेक छैन।सोच्ने क्षमता छैन, आफ्नो धारणा छैन, आफ्नो विवेक ले कुनै कुरा सोच्दैनौ, बिचारमा पनि copy pest गर्छौ त्यसैले हामी भेडा नै हौ।

    पछिल्लो समय भएका विभिन्न घटनाले त हाम्रो शैली पनि भेडा बाराबर नै देखाएको छ। कसैको बलात्कार पछी हत्या भयो। पुलिसले छानबिन गर्यो । कुनै A पात्रलाई दोसि ठहर्‍यायो , अनि अनेक तर्क आए प्रमाण नस्ट गरियो, निर्दोष मानसिक रोगी र गरिवलाई पुलिसले फसायो। यस्तै अनेक तर्क बितर्क गर्न थाल्यो , कयौ पटक बहस भयो मिडियामा । यस घटनाले निकै हतकण्ड मच्चायो। यहि कुरालाई आधारमानि कसैले भिड उत्तेजित बनाउने काम गर्यो अनि फेरि त्यतै लाग्यौ हामी , हामी होहो भन्दै हिड्यौ ,सोच्नै सकेनौ। बिस्वास गर्नै सकेनौ पुलिसलाई, किनकी हामी को हौ ? = भेडा।

    पछिल्लो समय एउटा पत्रकारले आत्महत्या गरेका छन।एउटा भिडियो भेटिएको छ। उप्त भिडियो माथि छानबिनमा संका गर्छौ।मृतक माथी संका गर्छौ। कहिले छानबिन हुनु पर्यो भन्दै उफ्रन्छौ, कहिले त्यस्तै प्राकृतिको अर्को भिडियो माथी छानबिन हुनु हुदैन भन्दै सडक तताउछौ। किनकी हामी भेडा हौ

    कुनै एउटा समुहले यसो हो भन्छ अनि हो हो भन्न पुग्छौ। फेरि होइन रे भन्छ अनि होइन होइन भन्न हामी नै पुग्छौ। हामिमा आफै गहिरिएर अध्यायन गर्ने गर्दैनौ,पड्ने बानिको बिकासनै गर्दैनौ, सतहबाट नै सार लेखिदिन्छौ। धारणाको निर्माण पनि सतह बाटै गरिदिन्छौ त्यो नि अरुको बिचारको आधारमा। युवाहरुमा देखिएको यस्तो प्रवृत्तिले हामी कस्तो समाज परिकल्पना गर्न सक्छौ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं