SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/८ गते
    ५५८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । अस्मिता र शालिकरामबीचको कुराकानीमा प्रत्येक प्रमाण केलाउँदा सञ्चारकर्मी रवि लामिछाने शालिकराम र अस्मिताबीचको सम्बन्धबारे उति धेरै जानकार देखिँदैनन् ।

    शालिकरामले भने बारम्बार आफू रविसँग काम गरेको भन्दै आफ्नो ओज देखाउने प्रयास गरेको देखिन्छ । उनले माघ २९ मा रविसँग आफूले गरेको म्यासेजको स्क्रिनसट भन्दै अस्मितालाई एउटा फोटो पठाएको देखिन्छ । उक्त स्क्रिनसटमा शालिकरामले लेखेका छन्, ‘दाइ मलाई माफ गर्नुहोला ।

    तपाईंहरुले अफिसमा मलाई सधैँ जिस्काउने मान्छेले मलाई धोका दिएकी छ ।’ शुक्रबार मात्र पत्रकार टेकनारायण भट्टराई मार्फत् बाहिरिएको रविको अडियो अन्तर्वार्तामा पनि उनले अस्मितासँग युवराज र आफ्नो पहिला कुनै चिनजानी नभएको, फोन र कुनै माध्यमबाट संवाद नभएको दाबी गरेका छन् ।

    शालिकराम विवाहित रहेको थाहा पाएपछि पनि शालिकरामले बारम्बार मानसिक तनाव दिन थालेपछि अस्मिताले सम्बन्धबाट छुटाकारा मिलाइदिन रविले प्रयास गरिदिए हुने भन्ने मनसाय रहेको देखिन्छ । अस्मिताले न्यूज २४ मा कार्यरत केही पत्रकारलाई भेटेरै शालिकरामबारे कुरा राखेको र समस्या समाधान निम्ति पहल गरिदिन अनुरोध गरेकी थिइन् ।

    शालिकरामले आत्महत्या गरेको दुई दिनपछि न्यूज २४ बाट अस्मितालाई फोन गएको देखिन्छ । शालिकरामको आत्महत्यापछि किन न्युज २४ ले बारम्बर अस्म्तिाको अन्तर्वार्ता गर्ने प्रयास गर्यो ? के त्यसमा रविको कुनै भूमिका थियो । यसबारे भने तथ्य खुलेको छैन । कान्तिपुर दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं