SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/२२ गते
    १३१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ म्याग्दी पुगेका छन् । म्याग्दी पुगेका अध्यक्ष प्रचण्डले मङ्गलवार बिहान हरियाली चोकदेखि तातोपानी कुण्डसम्मको मर्निङवाक गरेका हुन् ।

    सो क्रममा प्रचण्डले कुण्ड संरक्षणमा समेत जोड दिएका छन् । प्राकृतिक चिकित्सालयको रूपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्यास्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने विश्वास गरिन्छ ।

    https://youtu.be/GIWL8V2f_io?si=VghuQsrqf-GX6PZL

    आफूले सरकारको नेतृत्व गर्दैगर्दा तातोपानी कुण्ड संरक्षणका लागि तटबन्धलाई प्राथमिकता दिएको र आवश्यक बजेट विनियोजन गरिएको जानकारी गराउँदै उनले यो योजना बहुवर्षीय टेण्डरमा गएकाले तटबन्ध निर्माण सुनिश्चितता भएको बताएका छन् ।

    माओवादी केन्द्रले आज म्याग्दीको सदरमुकाम बेनीमा खबरदारी सभा गर्दैछ । दिउँसो हुने सभामा पार्टी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    कार्यक्रममा सहभागी हुन दाहाल सोमबार पोखरा हुँदै म्याग्दीको बेनी पुगेका छन् । अध्यक्ष दाहालसँगै नेताहरू दिनानाथ शर्मा, हरिराज अधिकारीलगायत रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘कर्मा’: मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले होलीको...

    नेविसंघमा कार्कीको उम्मेदवारी खारेज, जोशी समूह आधिकारिक:त्रिवि विश्वविद्यालय

    काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसमा नेविसंघको आधिकारिक उम्मेदवारको मान्यता दीपकराज जोशी समूहले पाएको छ ।नेविसंघकोतर्फबाट...

    वक्तृत्वकला प्रतियोगितामा गोगन मा.वि.की सुजाता प्रथम

    पोखरा । विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति कास्कीको आयोजनामा सञ्चालित ।।।सनातन हिन्दु धर्म संस्कार...

    पोखरा २१ का वडाध्यक्ष सुवेदीमाथि रड प्रहार, गिरी विरुद्ध प्रहरीमा उजुरी

    पोखरा । पोखरा महानगरपालिका वडा नं. २१ का अध्यक्षमाथि रड प्रहार भएको छ । वडाध्यक्ष...

    नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम

    पोखरा ।दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं