SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/४ गते
    ३६५ &#२३४६;&#२३३५;&#२३२५;

    श्रीभद्र पौडेल, पोखरा।१२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा मंगलवारसम्म रु.३० लाखको आलु बिक्री भएको छ ।यही चैत २५ गतेदेखि सुरु महोत्सवमा प्रतिकेजी रु.४० मा आलुको कारोवार भइरहेको छ । मंगलवार सम्म ७० हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा कुल ३ हजार २ सय १५ घरपरिवारले आलु खरिद गरी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।

    उनले कास्की, स्याङजा, चितवन, बुटबल, बाग्लुङ, तनहुँ लगायत काठमाण्डौबाट समेत मानिसहरु आलु खरिद गर्न आएको पनि सुनाए।जसअनुसार हालसम्म प्रति घरपरिवारले न्यूनत्तम ५ किलोग्रामदेखि अधिकत्तम ३ सय किलोग्रामसम्म आलु खरिद गरी लगेका छन् ।ग्राहकले हेमजामा फलेको आलु स्वादिलो, छिटो पाक्ने तथा स्वास्थ्यकर मानि बढी खरिद गर्ने गरेको उनको भनाई छ । महोत्सवमा मंगलवार, उद्घाटनको दिन चैत २५ गते आयोजित झाँकी ¥यालीको नजिता पनि सुनाइएको छ ।जसअनुसार माछापुच्छे« सेवा समाज पहिलो हुँदै रु.१० हजार र प्रमाणपत्र पुरस्कार पाएको छ ।

    उक्त ¥यालीमा हेमजा नेवा खलको समूह दोस्रो, पोखरा महानगरपालिका स्थित सामुदायिक महिला स्वास्थ्य स्वयमको समूह तेस्रो तथा नवजागर बाल समूह तथा धौलागिरी हेमजा मगर समाज सान्त्वना भए ।द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति समूहहरुले क्रमश ७ हजार, ५ हजार तथा ३ हजार साथै प्रमाणपत्रमा चित्त बुझाए।

    पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशका मन्त्री राविज गुरुङले कृषि उपजका नाममा महोत्सव गरिनु आफैमा महत्वपूर्ण रहेको बताउँदै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।म मनाङको मान्छेः आलु खाँदै हुर्केको हो, आज यहाँ पनि आलुका परिकार खान पाए, खुशी छु ।आगामि दिनमा हुने यस किसिमका महोत्सवमा प्रदेश सरकारको पनि साथ रहन्छ मन्त्री गुरुङले भने । मंगलवार महोत्सवमा कलाकारहरु कुलेन्द्र विश्वकर्मा, सुरेशरमण अधिकारी, कृष्ण गुरुङ, सरिता सारु, गगन गुरुङ, सुभद्रा श्रेष्ठ, परशुराम अधिकारी लगायत लक्ष्य व्याण्डका प्रस्तुतिहरु रहे।

    त्यस्तै महोत्सवमा आलु लगायत अन्य सामग्री समेत गरी हालसम्म साढे ३ करोडको कारोवार भएको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठको भनाई छ ।महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहेका छन्।
    महोत्सव एक समारोहका बीच बुधवार सकिदैछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खेलकुद महोत्सवमा आयोजित अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि,स्याङ्जालाई

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सव पर्वतमा सम्पन्न अन्तर जिल्ला स्तरीय...

    कुश्मामा आज बद्री पंगेनीले आफ्नो प्रस्तुती राख्ने, तिम्रो राशी तुला पर्यो

    पर्वत । कुश्मामा जारी गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा आज लोकगायक बद्री पंगेनीले आफ्नो प्रस्तुती...

    मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने

    शिशिर, पोखरा। पोखराको बाटुलेचौरमा मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखराकै अग्रणी...

    काँक्रोको बीउ उत्पादन गरेर छ करोड रुपैयाँ आम्दानी

    पर्वत। जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका...

    “पर्वतमा एचपिभि खोप लगाउन शुरु”

    पर्वत । पर्वतमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउन शुरु भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं