SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/७/१८ गते
    १२५३ &#२३४६;&#२३३५;&#२३२५;

    मान्छेहरुले जाजरकोटमा भूकम्प हो कि परकम्प भनेर छलफल गरेका छन् । तर आम जीवन जुन मात्रामा तहसनहस भएको छ, जनताको जीउधनका अगाडि यो छलफलको अर्थ खासै हुँदैन ।

    हामीले भूकम्पको प्रकृतिलाई हेर्ने हो । जमिनको भित्री भागमा विभिन्न चिरा बनेका हुन्छन् । चिराहरुमध्ये तीनवटा चिरा एकदमै ठूला-ठूला सिंगै हिमालयको दुई हजार किलोमिटरसम्मै छ । त्यसमध्ये भुइँचालो जाने त हजारौं चिरा हुन सक्छन् । कुनै पनि चिरामा फिसिक्क कम्पन हुन सक्छ । त्यति बेला यो पूर्वकम्प हो कि कम्प हो भन्ने कुरा खासै महत्वपूर्ण रहन्न ।

    मूल कुरा के बुझ्नुपर्छ भने २०७२ सालमा गएको गोरखा भुइँचालोभन्दा निकै शक्तिशाली भूकम्प पश्चिम काँगडामा गयो । त्यो दुईवटा भुइँचालोको बीचमा यो क्षेत्रमा ठूलो भुइँचालो गएको देखिन्न । अहिले जाजरकोटमा आएको भुइँचालो मध्यम खालको हो । त्योभन्दा ठूलो भुइँचालो हाम्रो मानसिकतामा बसिसकेको छ । किनभने योभन्दा धेरै ठूलो भुइँचालो पनि आउन सक्छ ।जाजरकोट क्षेत्रतिरै अर्को भुइँचालो पनि आउन सक्छ । सन् १५०५ मा ठूलो भुइँचालो गएको थियो । त्यसपछिको ५०० वर्षपछिसम्म गोरखा र पश्चिम काँगडाको बीचमा ठूलो भुइँचालो गएको छैन । त्यसैले कुनै पनि बेला अझै ठूलो भुइँचालो जान सक्छ भनेर हामीले तयारी गर्नुपर्छ ।

    त्यसबीचमा आएको साँच्चिकै ठूलो भुइँचालो १९९० सालको हो । २०७२ सालको पनि ९० सालजतिको होइन, सानो थियो । त्यतिबेला काठमाडौं धेरै हल्लाएन पनि । त्यतिबेला रेखदेख नगएका, मर्मत नगएका मात्रै मन्दिर,घर बढ्ता भत्केका हुन् । असाध्यै जीर्ण भएका घर भत्किए । खासगरी ठूलो भुइँचालो आएकै छैन नि । त्यसकारण धन र जनको क्षति नहोस् भन्ने न हो । कत्रो भुइँचालोले हान्यो भन्ने कुरा बेमतलबको कुरा हो । परकम्पले हान्यो कम्पले हान्यो भन्ने कुरा बेमतलबको कुरा हो । हामीले आफूलाई विचार गर्नुपर्ने दुई थरीका भुइँचालो हुन् ।

    एकदमै ठूलो ९० सालको जस्तो ८ म्याग्निच्युडभन्दा ठूलो हुनुपर्छ । एक अंक म्याग्निच्युडको भनेको १० गुणा ठूलो र ३२ गुणाभन्दा बढी इनर्जिङ हुने हुन्छ । यस्तो भूकम्प आयो भने त हामीहरुलाई मुलुक नै के होला भन्ने ठूलो डर हुन्छ । यसरी भनौं, आठ म्याग्निच्युडभन्दा ठूलो महाभूकम्प आउन बाँकी नै छ । त्यस्तो खालको महाभूकम्प नआएको ५०० वर्ष भइसक्यो । त्यसकारण महाभूकम्पलाई कुरेर बस्नुपर्ने अवस्था छ ।

    तर ६ र ७ म्याग्निच्युडका भुइँचालो त आइरहन्छन् । आइरहेका पनि छन् । हामीकहाँ ८ म्याग्निच्युडको आउन सक्ने सम्भावना रहँदा ६ म्याग्निच्युडको भुइँचालोका लागि तयार हुनुपर्‍यो । ८ म्याग्निच्युडको भुइँचालो सय वर्षमा एक पटक आउँला तर ६ म्याग्निच्युडको भुइँचालो त दश–दश वर्षमा जान्छ नि । यसलाई नियमित प्रक्रिया नै मान्नुपर्छ । हाम्रो मुलुक नै त्यस्तो ठाँउमा छ चार, पाँच, ६ म्याग्निच्युडको भुइँचालो गइरहन्छन् । अब त्यति साना र नियमित खालका भुइँचालोमा पनि जनधनको नोक्सान हुनु भएन । त्यसपछि मात्रै हामी ठूलो भूकम्पको पूर्वतयारीमा लाग्न सक्छौं ।

    यो किन पनि भने जाजरकोट रुकुमतिर जुन घटना हिजो राति भयो, त्यहाँ तुलनात्मक बलिया संरचना भएको भए रातिको भूकम्प सामान्य घटना मात्रै हुन जान्थ्यो । हामी ८ रेक्टर स्केलको भूकम्पका लागि तयार हुन सक्नेबित्तिकै ६ रेक्टर स्केलको कम्पन सामान्य हुन जान्छ ।

    पश्चिम नेपालमा यस्तो भूकम्प कुनै पनि बेला जान सक्छ भनेर पूर्वानुमान छँदैथियो । हामीले समयमै भौतिक संरचना बलियो बनाउन संघ, प्रदेश, स्थानीय सरकारहरु चुकेकै हुन् । ५, ६, ७ को भुइँचालोलाई मज्जाले थेग्न सकिन्छ । नेपालमा जम्मा ८० लाख घर हो । १० लाख भूकम्प प्रतिरोधी बनायौं नि । त्यो बाँकी रहेको हरेक वर्ष एक दुई लाख थपिन्छन्, त्यसलाई क्रमश: बलियो बनाउँदै जाने हो भने १०-२० वर्षमा हामीले मध्यम खालको सानो भुइँचालोलाई थेग्ने बनाउँछौं ।

    ६ रेक्टर स्केलको भुइँचालोलाई थेग्न सक्छौं भने ७ लाई आधा थेगिएला । ८ लाई एक चौथाइ थेगिएला । यो तरिकाले जानुपर्ने हो । तर हामी चुकेका छौं ।

    (भूकम्प जोखिम न्यूनीकरणविद् दीक्षित नेसनल सोसाइटी फर अर्थक्वेक टेक्नोलोजी (एनसेट)का कार्यकारी निर्देशक हुन् । उनीसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित)

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं