SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/२४ गते
    ७५० &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी । साडियो मानेले निर्धारित समयको ७औ मिनेटमा पेनाल्टी चुकाए पनि  पेनाल्टीसुटआउटमा निर्णायक गोल गरेपछि सेनेगलले पहिलोपटक अफ्रिकी महादेशको सबैभन्दा ठूलो प्रतियोगिता अफ्रिकी कप अफ नेसन्सको उपाधि जितेको छ । क्यामरुनमा आइतबार राति भएको फाइनलमा सर्वाधिक ७ पटकको विजेता इजिप्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ६० वर्षको पर्खाइपछि सेनेगल च्याम्पियन बनेको हो ।निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ मानेले निर्णायक गोल गरेपछि सेनेगल ४-२ ले विजयी भयो ।

    प्रिमियर लिग क्लब लिभरपुलबाट खेल्ने दुई मित्र माने र मोहमद सालाहको प्रतिस्पर्धाको रुपमा हेरिएको खेलमा माने सफल बने । सालाहले भने पेनाल्टी हान्ने अवसर नै पाएनन् ।निर्धारित समयमा मानेको पेनाल्टी इजिप्टका किपर गाबास्मीले बचाएका थिए । यस प्रतियोगितामा चार पेनाल्टी रोकिसकेका गाबास्की सुटआउटमा भने सफल हुन सकेनन् ।पेनाल्टीमा सेनेगलका साडियो माने, बाम्बा डिङ, अब्डोउ डिआलो र कालिडोउ कुलीबालीले गोल गरे । तर बोउना सारले गोल गर्न सकेनन् ।

    इजिप्टका अहमेद सायद र मार्वान हाम्दीले गोल गरे । मोहनद लासहेन र मोहमद अब्देलमोनेम पेनाल्टीमा चुके । लासहेनको प्रहार सेनेगलका गोलकिपर एडुअर्डो मेन्डीले बचाए । प्रिमियर लिग क्लब चेल्सीबाट खेल्ने मेन्डी प्रतियोगिताकै उत्कृष्ट गोलकिपर समेत बने ।यस्तै सेनेगलका माने प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । घरेलु टोली क्यामरुनका कप्तान भिनसेन्ट अबुबाकरले प्रतियोगितामा ८ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड पाए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं