SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१७ गते
    ६२६ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा,। कास्कीको माछापुच्छ«े गाउँपालिका–२ मा सार्दिखोला बाँझखेत देउराली हुँदै कोलचोक भुर्जुङखोला सहायक मोटरबाटोको स्तरोन्नती गर्ने कार्य शुरु भएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय कास्कीको रु ३४ लाख ९३ हजार लागतमा नाला सहितको ग्राभेल सडक निर्माण कार्यको आज गण्डकी प्रदेशसभाका सदस्य रामजीप्रसाद बरालले शिलान्यास गरे ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    सो अवसरमा प्रदेशसभा सदस्य बरालले समृद्ध नेपाल निर्माणको जग हाल्ने कार्य शुरु भएको र देशभर पूर्वाधार विकासको कार्यले गति लिएको बताए । उनले भने,“समृद्धिका लागि सडक पहिलो प्राथमिकता हो । अहिले देशभर पूर्वाधार निर्माणको काम धमाधम अघि बढेको छ, समृद्ध नेपालको जग हाल्ने प्रक्रिया शुरु भएको छ।”सरकार जति नजिक जनतासँग जोडिन्छ त्यतिनै विकास छिटो हुने उल्लेख गर्दै बरालले प्रदेश सरकारले नजिकबाट जनताका आवश्यकता महशुस गरेको र तीनलाई पूरा गर्न प्रतिवद्ध रहेको स्पष्ट परो ।

    माछापुच्छ«े वडा नं २ र ३ जोड्ने गरी सेतीनदीमाथि आकर्षक पुल निर्माण कार्य यसै वर्ष शुरु हुने भएकाले सार्दिखोलावासीलाई गाउँपालिकाको केन्द्रपुग्न सहज हुने बरालले बताए । उच्च अदालत पोखराका न्यायाधीश विनोदमोहन आचार्यले सडक स्तरोन्नतीको क्रममा सानो मन नगर्न स्थानीयलाई आग्रह गर्दैै अहिले थोरै सडक बाटोका लागि प्रयोग भएपनि पछि सडकले छोएको जमिनको मूल्य बढी हुने भएकाले सानो चिज गुमाएर ठूलो मन गर्न आग्रह गरे ।

    वि.स.ं २०६२ मा आफ्नो पहलबाट सडकको ट्रयाक खोलिएकोमा हाल आएर स्तरोन्न्तीका कार्य शुरु भएको खुशी व्यक्त गर्दै न्यायाधीश आचार्यले इन्जिनियरिङ डिजाइन अनुसारनै सडक निर्माण हुने विश्वास व्यक्त गरे । गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले तीनै तहका सरकारको लक्ष्य जनतालाई सहभागि गराएर विकास गर्ने रहेको बताउँदै भइरहेको विकासलाई दीर्घकालिन टिकाउ हुने खालको हुनुपर्नेमा जोड दिए ।

    पूर्वाधार विकास कार्यालयका प्रमुख डिभिजनल इन्जियिनर शोभियत खड्काले सडक स्तरोन्नतीमा स्थानीय निर्माण व्यवसायी संलग्न रहेकाले निर्धारित समयभित्रै गुणतस्तरीय निर्माण हुनेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रमा पूर्व गाविस अध्यक्ष हर्कबहादुर क्षत्री, निर्माण व्यवसायी, सन्तोष ताम्राकार, बाटो निर्माण समितिका अध्यक्ष माधव आचार्य, बेगनाथ पौडेल लगायतले सडकको ट्रयाक खुलेको लामो समयदेखी मर्मत हुन नसकेको मुख्यबस्तीको सडक स्तरोन्नती गरी फराकिलो बनाउने कार्य शुरु भएसँगै स्थानीयवासी खुशी भएको बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम

    पोखरा ।दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी...

    ८ किलो बिउबाट कञ्चनपुरका किसानले १२ क्विन्टल आलु फलाए

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन्...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं