SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१४ गते
    ६७७ &#२३४६;&#२३३५;&#२३२५;

    श्रीभद्र पौडेल, हेमजा, । अन्नपूर्ण गाउँपालिका–३, पाउँदुरमा जारी शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ त्यस क्षेत्रका वासिन्दाको भेटघाटको माध्ययम बनेको छ। अन्य समयमा विरलै भेटिने वडावासी यहि माघ १० गतेदेखि जारी यज्ञमा दिनहुँ जसो भेट भएका छन् ।विशेष गरी जेष्ठ नागरिक, महिला तथा कामको शिलसिलामा वडा बाहिर रहेका युवा भेटघाट भई आपसी कुराकानी तथा यज्ञमा सहभागि भइरहेका देखिन्छन् ।यज्ञमा सोमवारसम्म नगद रु.२३ लाख १५ हजार ३ सय १५ दान संकलन भएको छ ।त्यस्तै २५ मुरी धान तथा करिव १० मुरी चामल पनि संकलन भएको जनाइएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    जसमध्ये हालसम्मकै सबैभन्दा धेरै सोमवार अन्नपूर्ण ३ हाल पोखरा वैदाम निवासी होटल वाराहीका संचालक हरिप्रसाद पौडेलको परिवारले रु. ३ लाख ५ हजार ५ दान गरेको छ ।त्यस्तै यज्ञका अध्यक्ष रामचन्द्र पौडलको परिवारबाट रु.१ लाख १५ हजार ५ सय ५५, मराउँचे निवासी मायादेवी पौडेलको परिवारले १ लाख १५ हजार ५ सय १५ दान सहयोग गरेका छन्।

    त्यसैगरी उवाउनेघरका टीकाराम पौडेल (मदन)को परिवारले ५१ हजार १ सय ५१, रानीथोक स्थित समाज सुधार आमा समूहबाट २६ हजार ६ सय ६६, मुलाछरेका छविलाल पौडेलको परिवारले २५ हजार ६ सय २५, पाउँदुर घुम्ती स्थित सृष्टि आमा समूह तथा पाउँदुरकोट स्थित सिर्जना आमा समूहबाट समान २५ हजार १ सय २५ लगायत थुपै व्यक्ति एवम् संघसंस्थाले नगद तथा जिन्सी सहयोग गरेका छन्। यज्ञ अन्र्तगत शिवमहापुराणको कथा वाचनका अलवा रुद्राभिषेक, हवन, धनधाञ्यान्चल, तुलादान, वेद पाठपारायण, सामुहिक ब्रतबन्ध, चौरासी पुजा, चण्डिपाठ लगायतका कार्यक्रम पनि भइरहेका छन् ।यहि माघ १८ गतेसम्म यज्ञ जारी रहनेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं