SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१४ गते
    ४९१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा, । खोलाबेसी टोल बिकास संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका ३१ बेगनासमा रहेको खोलाबेसी टोल बिकास संस्थाले शनिबार आफ्नो १५ औं बार्षिक साधारणसभा सहित रमाईलो बनभोज र चेलिबेटी भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    साधारणसभाको उद्घघाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले स्थानिय उत्पादनमा जोड दिन टोलबासीलाई आग्रह गरे । “अब यहाँका सडकहरु राम्रा बन्नेछन् तर यि सडक बजारको समान गाऊँमा ल्याएर खानका लागि हैन् यहाँ उत्पादन भएका समान बजार लगेर बिक्री गर्न प्रयोगमा आउनु पर्छ ।” गाऊँका खेतबारी बाझै राखेर सहरका खाध्यन्न आयत गर्नका लागि मात्रै ग्रामिण सडकलाई प्रयोग गर्न थालियो भने गाऊँको बिकास हुन नसक्ने जिसीको भनाई थियो । प्रमुख जिसीले पोखरा महानगरमा आफ्नै नगरमा आउन पनि अन्य जिल्लाको बाटो प्रयोग गर्नु पर्ने बस्थीहरु समेत रहेकोले सबै ठाऊँको बिकासमा महानगर लागि परेको बताए ।

    नेपाल कम्युनिष्ट पाटी नेकपा कास्कीका नेता दामोदर बैरागीले आफ्नो गाऊँ ठाऊँको बिकासका लागि आफै जागरुप हुन आवश्यक रहेको भन्दै टोल बिकास संस्थाहरु बिकासको सारथी बन्न सक्ने बताए । पोखरा महानगरपालिका ३१ का अध्यक्ष कमल बहादुर थापाले अब खोलाबेसीमा बिकासको सुरुवात भएको भन्दै खोलाबेसी समृद बन्ने बाटोमा रहेको बताए ।

    खोलाबेसी टोल बिकास संस्थाका अध्यक्ष कृष्णराज आचार्यको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेकपाका नेताहरु युवराज पौडेल, दिलिप न्यौपाने, टोल बिकास संस्थाका सल्लाहकार बैन बहादुर गुरुङ, टोल बिकास संस्थाका संस्थापक सचिब बलराम बराल लगायतले बोलेका थिए ।कार्यक्रमको संञ्चालन टोल बिकास संस्थाका सचिब कमल सुबेदीले गरेका थिए ।

    उक्त अवसरमा खोलाबेसी माईती हुने ज्वाईं चेलिहरु बिच भेटघाट सहितको बनभोज कार्यक्रम पनि आयोजना गरिएको थियो । खोलाबेसी टोल पोखरा महानगरपालिकाको पुर्व क्षेत्रमा पर्ने भौगोलिक रुपमा पछि परेको बस्थी हो । सो टोलको सिमाना पोखरा महानगरपालिकाको वडा नम्वर २८, मादी गाउँपालिकाको वडा नम्वर १२ र रुपा गाउँपालिकाको वडा नम्वर ७ संग जोडिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं