SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२६ गते
    ७२० &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा  ।
    यहांका एक युवाले आफ्नो जन्मदिनको अवसर वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । पुरानो गांउ भुर्जङखोला भइ हाल पोखरा १६ दिप निवासी वुवा धनराज गुरुङ र आमा प्रतिमा गुरुङको कान्छा छोरा दिक्षन गुरुङले आफ्नो १८ औ जन्मदिनको अवसर पारी पोखरा १४ बाच्छीबुडुवामा रहेको वात्सायन वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई खाद्यान्न तथा फलफुल वितरण गरेका हुन ।

    कक्षा १२ मा अध्ययनरत दिक्षनले रेष्टुरेण्टमा गएर जन्मदिन मनाएर पैसा खर्च गर्नुभन्दा वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई खाद्यान्न तथा फलफुल वितरण गरेर केही पुण्य कमाउने उद्देश्यले आफुले जन्मदिन वृद्धाश्रममा पुगेर आश्रममा आश्रित वृद्धावृद्धाहरु संग वसेर मनाएको र आश्रममा वृद्धाश्रम मनाउदा निकै खुसी लागेको वताए ।

    आगामी दिनमा पनि सामाजिक काममा अगाडि वढ्ने गुरुङले वताए । वृद्धाश्रमका कर्मचारी युवराज वाग्लेले पछिल्लो समय युवा युवतीहरुले जन्मदिनको अवसर पारि वृद्धाश्रमहरुमा सहयोग गर्ने क्रम वढेको र सोही अनुरुप दिक्षनलेपनि सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक काममा अगाडी वढ्न आग्रह गरे । वृद्धाश्रममा हाल विभिन्न जिल्लाका सहाराविहीन २० जना वृद्धवृद्धाहरु आश्रित रहेका छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं