कविता खुशी
खुशी आईजा मेरा अदरका मुस्कानहरु खोसेर जा
हृदयको निश्छलता संग खेल्दै
स्पन्दको चालसंग गोल मार ।
मेरा ससाना युगिन सपनाहरुलाई
झरामझुरुम्म पारिदे
भर्खरकी नव वेहुलीले श्रृङ्गार गर्दा अचानक भुई खसेर
चकनाचुर भएको ऐना जस्तै।
ओ खुशी आईजा
यी निश्कपट नयनका गहिराईवाट निस्कने परेलीका भेलहरुमा
तेरो हर्षको ढुङ्गा सयर गर
र
पार गर तँ तेरा जिन्दगीका लाखौ माईलका यात्राहरु
म मेरा अदरका दिल च्यातेर दाँत देखाउँछु ।
मलाई तरो लालित्यता
वैँशमा तेरो वच्पन र वच्पनभित्रको जिज्ञासा संगै जिज्ञासा भित्रको काउकुतीले छुन्छ
ओ हावा कता उडिरेछस् ?
मेरो यो खवर उ त्यो छितिज पारीको खुशीलाई पु¥याईदे ।
ओ खुशी
सम्वन्धको गोरेटोका खड्करीहरुमा
दोवाटाहरु कहिल्यै नभेटीउन्
भेटिउन उक्लने लिस्नाहरु
वरु
चौतारी वनेर कुनै ठाउँ वरपिपल भएर वस्न पाऊँ जहाँ हजारौँका सुस्केराहरुले विश्राम लिन सकुन् ।
तँ मेरा यीनै भावनाहरुको दागवत्ती दिएर कता फर्कन्छस् ??
हो मलाई थाह छ खुशी
तँ यो निधारका रेखाहरुमा छैनस्
आईजा कलेजीका भित्तामा टाँगिएका तेरा तस्विरहरु
मनको वाटो भएर हेरी जा ।
ओ खुशी
तेरो आगमनलाई
हेर त स्वागत गर्न आतुर मनका चौफर्ती खुल्ला ढोकाहरु
र
पल्मोनरी धमनीमा फूलेका राता गुलाव विच्छाईएका वाटाहरु ।
निर्मल पौडेल एन.पि.घायल कुस्मा पर्वत ।