SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/१७ गते
    ६६३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत- ।

    पर्वतमा अन्तर वडा स्तरीय पुरुष तथा खुल्ला महिला भलिवल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिवल संघ पर्वतको आयोजनामा यहि भदौ १९ गतेदेखि २३ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

    स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ नेपालको राष्ट्रिय खेल भलिवलको विकास तथा विस्तार तथा नयाँ प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता गर्न थालिएको हो । जिल्लामा रहेका भलिवल खेलाडीहरु खेल क्षेत्रवाट पलायन हुँदै गईरहेका बेला खेल क्षेत्रद्धारै आयोजित जिल्लामै पहिलोपटक ठुलो राशिको भलिवल प्रतियोगिता हुन थालेको हो ।

    अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागि हुने सवै खेलाडीहरु पर्वत जिल्लाकै स्थायी बासिन्दा हुने छन् । अन्तरवडा स्तरीय भलिवल प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५५ हजार ५ सय ५५, द्धितिय पुरस्कार ७७ हजार ७ सय ७७, तृतिय पुरस्कार ३३ हजार ३ सय ३३ र सान्त्वना पुरस्कार १५ हजार ५ सय ५५ रहेको छ ।

    प्रतियोगितामा पर्वत जिल्लाका विभिन्न वडाका गरी २५ भन्दा बढि टिम हुने आँकलन गरिएको छ । प्रत्येक वडाको समुहमा दुई जना बाहिरी खेलाडी राख्न पाईने छ । जुन पर्वत जिल्ला बाहिरको हुनुपर्ने नियम रहेको छ ।

    त्यसैगरी खुल्ला महिला भलिवल प्रतियोगितामा नेपालका जुनसुकै विभागीय वा अन्य समुहले प्रतिस्पर्धा गर्न पाउनेभएका छन् । महिला भलिल प्रतियोगिताका लागि प्रथम पुरसकार रु ५५ हजार ५ सय ५५ र द्धितिय पुरस्कार ३३ हजार ३ सय ३३ रहेको छ । टिम दर्ता शुल्क ३ हजार रहेको छ ।

    हरेक समुहमा १२ जना खेलाडी, टिम कोच, सहकोच, र म्यानेजर गरी १५ जना सम्म सहभागि गराउन पाईने भएको छ । खेलमा सहभागि खेलाडी पर्वत जिल्लाकै हुनुपर्ने र वडा प्रमाणित गर्ने कागजात समेत हुनुपर्ने उल्लेख गरिएको छ ।

    प्रतियोगिताको तयारीवारे आयोजक जिल्ला भलिवल संघले आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्रतियोगिताका करिब सवैजसो तयारी पुरा भएको संघका जिल्ला अध्यक्ष लक्ष्मणकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्रि माननिय प्रदेश सासद राजिब गुरुङ्ग अर्थात दिपक मनाङ्गेले गर्नुहुने भएको छ ।

    झण्डै २१ लाख रुपैया खर्च लाग्ने प्रतियोगिता पुरस्कार सौजन्य तथा अन्य विभिन्न सहयोगी निकाय र सहयोगदातावाट रकम संकलन गरिएको श्रेष्ठले बताउनुभयो ।

    पत्रकार सम्मेलनमा भलिवल प्रतियोगिता हुने मोदी गाउँपालिका वडा नं. ६ तिलाहारका वडा अध्यक्ष दिपेन्द्रजंग लामिछाने, संघका महासचिब मुक्तिबहादुर कोईराला लगायतले प्रतियोगिताको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको संचालन मोदी गाउँपालिकाका शिक्षा अधिकृत दिनेश शर्मा पौडेलले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं