SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/३१ गते
    ६६७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।

    श्रीमानसँग ‍टिकटकमा रमाइरहने सिर्जना, जो अहिले मृत्युसँग लडिरहेका विवेकको हौसला बनेकी छन् । करिब सात महिना पहिले निकै सपना सजाएर खुसीसाथ अमेरिका पुगेका उनीहरूको जीवनमा आमाको निधनसँगै अर्को पनि बज्रपात आयो। आमाको काजकिरिया सकेर अमेरिका फिर्ने तयारीमा रहेका विवेक‍को स्वास्थ्य परीक्षण गर्दा समस्या देखियो।

    अमेरिका जाने अघिल्लो दिन स्वास्थ्य परीक्षणका लागि अस्पताल जाँदा विवेकलाई क्यान्सर लागेको थाहा भयो। लागेको मात्र होइन्, चौँथो स्टेजमा पुगेको ब्रेन ट्युमर देखिएपछि उनीहरूमाथि के बित्यो होला, यो त भोग्नेलाई मात्र थाहा होला। लगत्तै उनीहरू अमेरिका गए। विवेकलाई त्यहाँको अस्पतालमा भर्ना गरियो। त्यसपछि हालसम्म पनि उनको उपचार चलिरहेको छ।

    पहिले विवेक पंगेनी र उनकी पत्नी सिर्जनाको अमिल्दो नृत्यलाई रमाइलो मान्दै हेर्नेहरु धेरै थिए । तर, उनीहरुको जीवनमा अहिले रमाइलो गायब छ । चौंथो स्टेजमा पुगेको ब्रेन क्यान्सरसँग संघर्ष गरिरहेका छन् विवेक । श्रीमानलाई बचाउन आफ्नो सबै बलबुता खर्चिरहेकी छन् सिर्जना । पढाइमा तेज विवेक भौतिकशास्त्रमा पीएचडी गर्नलाई फुल स्कलरसीपमा करिब ७ महिनाअगाडि अमेरिका गएका थिए ।

    पार्किन्सन्सले थलिएकी आमाको निधन भएपछि करिब साढे दुई महिना अगाडि उनी नेपाल आए । आमाको काजक्रिया सकेपश्चात अमेरिका फर्किने तयारी गर्दैगर्दा उनको स्वास्थ्यमा समस्या देखिएको थियो । अमेरिका जाने अघिल्लो दिन स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदा थाहा भयो, विवेकलाई क्यान्सरले गाँजिसकेको रहेछ ।

    चौंथो स्टेजमा पुगेको ब्रेन ट्युमर देखिएपछि छाँगाबाट खसे झैं भए विवेक र सिर्जना । त्यसपछि उनीहरु निर्धारित दिनमै अमेरिका गए र विवेकलाई त्यहाँको अस्पतालमा भर्ना गरियो । भाइ विपीन पंगेनीका अनुसार अमेरिकाको अस्पतालमा विवेकका दुईवटा सल्यक्रिया भएका छन् र ७० प्रतिशत ट्युमर निकालिएको छ । तर, बाँकी उपचार किमोथेरापी र रेडियसनमार्फत लामो समयसम्म गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं