SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/२३ गते
    ६१२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आगामी आर्थिक वर्षको बजेटमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो टिप्पणी गरेकाेमा व्यंग्य गरेका छन् । मंगलबार प्रतिनिधिसभामा बजेटमाथि टिप्पणी गर्ने क्रममा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १ घण्टा ५८ मिनेट बोलेको निधिले बताए ।

    ‘अर्थमन्त्रीले बजेट प्रस्तुत गर्न जति टाइम लिनुभयो, उहाँले त्यति नै टाइम लिनुभयो’ निधिले ओलीलाई भने, ‘प्रतिपक्षी दलका नेताले राम्रो होमवर्क गर्नुभएको रहेछ ।’ उनले बजेटमाथि ओलीको टिप्पणी आफैंले लेखेको हो कि अरुले लेखिदिएको हो भनेर पनि ठट्टा गरे । ‘यद्यपि होमवर्क राम्रो गरेर आउनुभएको रहेछ धन्यवाद दिन चाहन्छु’ नेता निधिले भने ।

    ओलीसँग विद्यार्थीकालदेखि नै आफ्नो सम्बन्ध रहेको र केन्द्रीय कारागारमा सँगै बस्ने मौका पाएको पनि निधिले बताए । तर त्यतिबेला र अहिले ओलीमा धेरै फरकपन देखिएको भन्दै उनले हाल ओलीमा संसदीय व्यवस्थाप्रति प्रतिबद्धता देखिएको बताए । ‘संसदीय प्रणालीप्रति साँच्चै प्रतिबद्ध हुन थाल्नुभयो । प्रतिपक्षीको भूमिकामा प्रतिबद्ध हुनुहुन्छ’, उनले भने ।

    तर ओलीको भाषणका क्रममा एमालेकै सांसदहरु निदाएको निधिले टिप्पणी गरे । ‘धेरैबेर पर्खें मैले पनि । प्रतिपक्षीको बेन्चतिर हेर्न थालें, जति समय बित्दै गयो, उहाँहरु निदाउन थाल्नुभयो । ताली लगाउन पनि बिर्सनुभएको थियो’ उनले भने । आफू सत्तारुढ दलको सांसदको हैसियतमा ओलीले उठाएका कुनै पनि प्रश्नको जवाफ दिन आवश्यक नदेखेको पनि निधिले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं