SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/४ गते
    ३२५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा सहभागी भएको भनी आरोप लागेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले सबै विषय कर्मचारीले तयार गर्ने भएकाले त्यस्तो प्रक्रियामा मन्त्रीको सहभागिता नरहेको भन्दै पन्छिएका छन्।

    सरकारी वकिलका साथमा मंगलबार करिब ११ घन्टा बयानमा बसेका पूर्वगृहमन्त्री खाणले नेपाली नागरिकलाई भुटानी बनाउने प्रतिवेदन नयाँ बनाएको वा पैसा लिएको भनी आफूमाथि लागेका आरोपलाई पुरै अस्वीकार गर्दै गृह मन्त्रालयमा रहेका प्रतिवेदनहरूको संरक्षण गर्ने दायित्व र जिम्मेवारी सरकारी कर्मचारीकै भएको बताएका थिए।

    उनले सचिवस्तरबाट निर्णय भई आएका फाइल सदर गरेको र आफू कर्मचारीमाथि पूर्ण रूपमा विश्वस्त बनेको दाबी गरेको स्रोतको दाबी छ।

    ‘उहाँले हाम्रा प्रश्नको उत्तर दिँदा सचिवतिर देखाउनुभएको छ। खासगरी उहाँले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्नुभएको छ,’ स्रोतले भन्यो। अनुसन्धान अन्तिम अवस्थामा आइपुग्दा सो प्रकरणको मुद्दा बुझाउने चटारोमा रहेको प्रहरीले सोमबार र मंगलबार पूर्वगृहमन्त्री खाणसँग सरकारी वकिलसँगको रोहवरमा बयान लिएको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीमाथि नीतिगत भ्रष्टाचार गरेको र अनधिकृत रूपमा आर्थिक लाभ लिएको आरोप लागेको छ। तर यी दुवैमा उनले अस्वीकार गरेको स्रोतले जनाएको छ।

    सरकारी वकिलका साथमा मंगलबार करिब ११ घन्टा बयानमा बसेका पूर्वगृहमन्त्री खाणले नेपाली नागरिकलाई भुटानी बनाउने प्रतिवेदन नयाँ बनाएको वा पैसा लिएको भनी आफूमाथि लागेका आरोपलाई पुरै अस्वीकार गर्दै गृह मन्त्रालयमा रहेका प्रतिवेदनहरूको संरक्षण गर्ने दायित्व र जिम्मेवारी सरकारी कर्मचारीकै भएको बताएका थिए।

    खाण सरकारमा रहेका बेलाको मन्त्रिपरिषद्ले २०७८ पुस ३० गते पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी समस्याकोे स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलले बुझाएको प्रतिवेदनमा दिइएका सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको थियो। ‘यो विषयमा खाणले मन्त्रीस्तरीय निर्णयअनुसार सचिवले नै तयार पारेका आधारमा कर्मचारीले सबै काम गरेको बताएका छन्,’ स्रोतले भन्यो।

    प्रहरी स्रोतका अनुसार तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले गिरोहका सदस्य ललितपुरका सानु भण्डारी, सन्देश शर्मा र मोरङका केशव दुलालबाट आर्थिक लाभ लिएर गृहमा रहेको मूल प्रतिवेदन उनीहरूलाई दिएका थिए। गिरोहका सदस्यहरूले आफूअनुकूल तोडमरोड गरी नक्कली शरणार्थीको नाम थपेको प्रतिवेदन मन्त्रालयमा राख्न लगाएका थिए।

    पन्थीले बुझाएको प्रतिवेदनमा दर्तामा आएका भुटानी शरणार्थीलाई ‘स्मार्ट भुटनिज रिफ्युजी आइडेन्टी कार्ड’ उपलब्ध गराएर वैज्ञानिक अभिलेखन गर्न सुझाइए पनि उनीहरूले कार्ड नै बाँडिसकेका थिए। त्यसमा पनि खाणको संलग्नता रहेको आरोप थियो। सो विषयमा पनि प्रहरीले प्रश्न गर्दा उनले आफूलाई जानकारी नभएको दाबी गरेका थिए।

    खाणसँगै मन्त्रालयमा काम गरेका सचिव पाण्डेले मन्त्रीकै निर्देशनमा सबै काम गरेको बताएका थिए। प्रहरीले सचिव पाण्डेको मोबाइलमा मेटिएका समाग्री ‘रिकभर’ गरेर ल्याएपछि मात्रै पाण्डेले खाणकै निर्देशनमा आफूले सबै काम गरेको स्वीकार गरेका थिए।

    प्रहरी स्रोतका अनुसार तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले गिरोहका सदस्य ललितपुरका सानु भण्डारी, सन्देश शर्मा र मोरङका केशव दुलालबाट आर्थिक लाभ लिएर गृहमा रहेको मूल प्रतिवेदन उनीहरूलाई दिएका थिए। नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाएको छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ...

    बेनीबाट पाेखराका लागि छुटेकाे पर्वतमा बस दुर्घटना, १८ जना घाइते

    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते...

    संसद् अवरोध अन्त्य नेपालको समग्र हितको रक्षापछि मात्रै हुन्छ:केपी ओली

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको...

    केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी

    काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी...

    नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा

    काठमाडौं, । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं