SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/२७ गते
    ५२३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । वागमती नदी किनाराको सुकम्बासी बस्ती हटाउन सरकारले असहयोग गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मुख्य प्रशासनिक निकाय सिंहदरबार, राष्ट्रपति निवास र कार्यालय, प्रधानमन्त्री निवास र पुल्चोकस्थित मन्त्री निवासको फोहोर उठाउन बन्द गर्ने निर्णय गरेका छन् ।

    मेयर साहले फोहोर व्यवस्थापन गरिरहेका निजी क्षेत्रका कर्मचारीलाई शनिबार ती क्षेत्रबाट फोहोर नउठाउन निर्देशन दिएका छन् ।

    मेयरको निर्देशनअनुसार कामपा फोहोर व्यवस्थापन विभागले फोहोर संकलन गर्ने संस्थाका पदाधिकारीलाई आज आइतबारबाट राष्ट्रपति निवास र कार्यालय, प्रधानमन्त्री निवास वालुवाटार, सिंहदरबार र पुल्चोकस्थित मन्त्री निवासको फोहोर नउठाउन निर्देशन दिएको छ ।

    केही दिन अघिदेखि नदी किनारबाट सुकुम्बासी बस्ती हटाउन पहल जारी राखेका मेयर साहलाई सरकारले सहयोग नगरेपछि मेयरले फोहोर ढुवानीमा रोक लगाएको हो ।

    शुक्रबार तीनकुने गौरीगाउँस्थित सुकुम्बासी बस्तीमा डोजरसहित पुगेको कामपालाई गृह प्रशासनले पूर्ण असहयोग गरेको थियो । त्यसैको बदला लिन शनिबार बिहानै मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा ट्विट गर्दै देशको प्रमुख प्रशासनिक अखडा सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन्।

    शनिबार सिंहदरबारमा फोहोर संकलन गर्न पुगेको नेप्से म्याकको सवारीलाई महानगरको प्रहरीले नियन्त्रणमा लिएपछि नेप्से म्याकले शनिबारबाटै फोहोर उठाएको छैन ।

    नेप्सेम्याकका सञ्चालक एवं फोहोरमैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेले कामपा वातावरण व्यवस्थापन विभागले पाँच निकायबाट फोहोर संकलन नगर्न अनुरोध गरेपछि हिजैबाट बन्द गरेको जानकारी दिए । यद्यपि, उनले फोहोर संकलनमा रोक लगाएकोमा असन्तुष्टि जनाए ।

    मेयर साहले सामाजिक सञ्चालनमा आपत्तिजनक अभिव्यक्ति दिएर फोहोर रोक लगाएपछि उनको तीव्र आलोचना भएको छ ।

    उनले शनिबार दिउँसो फेरि अर्को स्ट्याटस लेख्दै ट्विट गरेका छन्– ‘साच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ’ ।

    मेयर साहले दुई साता अघिदेखि नै फोहोर रोक्ने तयारी गरेका थिए । तर, अन्तिमपटक शुक्रबार गृहमन्त्रालयसँग सुकुम्बासी बस्ती हटाउन सहयोगको याचना गर्दा सहयोग नगरेपछि उनले फोहोर उठाउन रोकेका हुन्। नेपाल समाचारपत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्र्तगत बास्केटवलको लिग चरणका खेलहरु सम्पन्न गण्डकी सेमिफाइनलमा प्रबेश

    पोखरा। पोखरामा जारीे ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल खेलको लिग चरणका खेलहरु सम्पन्न भएका...

    यू–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगिता : टेबल टेनिसमा बागमतीलाई ३ स्वर्ण, ३ रजत

    पोखरा । पोखरा रंगशालामा बुधबारदेखि सुरु भएको यू–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा टेबल टेनिस अन्तर्गत...

    तनहुँलाई टाइब्रेकरमा हराउदै गण्डकी प्रदेशस्तरीय फुटबलको उपाधि कास्कीले उचाल्यो

    गोबिन्द,पर्बत। गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्की जिल्लाले जितेको छ । पोखरा रंगशालामा सम्पन्न फाइनलमा...

    सिसिटिभि क्यामेरा जोभिजन ब्राण्ड पोखरामा

    पोखरा । सिसिटिभि क्यामेरा जोभिजन ब्राण्डका पदाधिकारी र लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीका पदाधिकारी...

    पोखरामा दोश्रो एम्योचर फुटसल प्रतियोगिता हुने

    पोखरा । आयोजक प्रो फिट्स एफ.सी. पोखरा १७ कास्कीको आयोजनामा पोखरामा दोश्रो एम्योचर फुटसल प्रतियोगिता...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं