SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/२३ गते
    ३८५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । स्वास्थ्य ब्यवसायी तथा नेकपा (एमाले)का पूर्व केन्द्रीय सदस्य दुर्गा प्रसाईँ एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूकै सल्लाहमा आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मेची पुलमा ल्याएको भनि खुलासा गरेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको शूभारम्भ कार्यक्रममा प्रसाईंले पूर्वराजा शाहलाई झापामा लगेर उद्घाटन गरेका थिए।

    सो बारे खुलासा गर्दै शर्माले बुधबार झापाको दमकमा आयोजित कार्यक्रममा एमाले अध्यक्षओलीज्यूकै सल्लाहमा आफूले पूर्वराजा शाहलाई मेची पुलमा ल्याएको भनि खुलासा गरेका हुन्।

    ‘मैले केपी ओलीज्यूकै सल्लाहमा मैले राजा ज्ञानेन्द्रलाई मेची पुलमा ल्याएको हो। आज मैले दमकमा आएर सत्य कुरा गर्नुपर्छ र मेरै फोनबाट पारस सरकारसँग कुरा भएको हो केपी ओली ज्यूको। त्यो पनि मैले सत्य बोल्नैपर्छ। म पनि आउँछु त्यहाँ भन्नुभएको थियो’, उनले भने, ‘म पनि होला भन्ने लागेर राजालाई बोलाइहालेँ।

    राजा पनि आउने हुनेभयो। सबै गरेपछि अहिले राजा नल्याऊ न नाति भन्नुभयो। मेरो पनि इज्जतको कुरा हो नि। म पनि कुमाई परिवारकै मान्छे हो। आठराईको पानी खाको। अनि फर्किने कुरा भएन। अहिले दमकमा आएर यो दुःखको कुरा भन्नुपरेको छ। मेरा हजुरबुबालाई भन्नुपर्छ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं