SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/११/२७ गते
    २४० &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेपाल दशनामी समाज पर्वतको चौथो जिल्ला अधिवेशन धनेश्वर शिवालय मन्दिरको सभाहलमा एक समारोहका बिच सम्पन्न भएको छ । उक्त्त अधिबेशनले अध्यक्षमा तिला गिरी कृष्णलाई चयन गरेको छ । त्यस्तै राज गिरी प्रथम उपाध्यक्षमा देवराज पुरी, महिला उपाध्यक्षमा आरती पुरी, सचिवमा नारायण गिरी, सह–सचिवमा प्रल्हाद गिरी, र कोषाध्यक्षमा लक्ष्मी पुरीलाई चयन गरेको हो ।

    त्यस्तै सदस्यहरु देवराज गिरी, पार्वती गिरी, देवु गिरी, कोपिला गिरी, राम गिरी, जुनु गिरी, सचिना कुमारी पुरीलाई सर्बसहमत रुपमा चयन गरेको हो ।

    दशनामी समाज पर्वतका जिल्ला अध्यक्ष योगराज गिरी {बद्री} को अध्यक्षतामा सम्पन्न कार्यक्रममा दशनामी समाजका केन्द्रिय उपाध्यक्ष तारा गिरीको प्रमुख आतिथ्यता रहेको थियो । दशनामी भित्र पर्ने (गिरी, पुरी, भारती, वन, पर्वत, सागर, सरस्वती, तिर्थ, आरण्य, आश्रम) जातीहरुको जातीय पहिचान, संस्कृति संरक्षण साथै जातीय एकाताका लागि क्रियाशिल दशनामी समाजको कार्यक्रममा महिला केन्द्रिय उपाध्यक्ष सरस्वती गिरी, केन्द्रिय सदस्य डम्बर गिरी, कुश्मा न.पा. वडा नं. ७ का वडा अध्यक्ष परशुराम पुरी, वडा नं. ६ का का.वा. वडाध्यक्ष शिव गिरीको आतिथ्यता रहेको थियो ।

    कार्यक्रमा सहभागी महिलाहरुको तर्फबाट आरती पुरीले शुभ–कामना मन्तव्य राखेकी थिईन्, त्यसैगरी गुप्तेश्वर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख ओमकार गिरीले दशनामी सन्यासीहरु जन्मले मात्रै सन्यास भएको कर्म पूरा नभए सम्म गृहस्थी आश्रम रहेको हुँदा वैदिक संस्कार अनुसार शिखासूत्रको धारणा गर्नुपर्ने वारेमा दशनामी भित्र व्यापक वहस चलाउनु पर्ने धारणा राख्नु भएको थियो ।

    त्यसैगरी सूचनाकेन्द्र डट कमका प्रबन्धक बैकुण्ठ गिरीले प्रत्येक दशनामीमा आत्मियता हुनुपर्ने बताउनु भएको थियो । केन्द्रिय सदस्य डम्बर गिरीले केन्द्रले जिल्लामा ल्याउनु पर्ने धेरै योजनाहरु भएता पनि यो कार्यकालमा उल्लेख्य काम गर्न नसकिएको जानकारी गराउनु भएको थियो ।

    प्रमुख अतिथि तारा गिरीले केन्द्रीय समितिले दशनामी पहिचानका वारेमा सोध र अनुसन्धान गरी पुस्तक तयार पारिएको हाम्रा संस्कारका वारेमा अध्ययन गरी पुस्तक प्रकाशन गरेको र उक्त पुस्तकको अध्ययन पछि दशनामीको अन्तरविरोधका वारेमा धेरै हदसम्म ज्ञान प्राप्त हुने जानकारी गराउनु भएको थियो ।

    दशनामी समाजका जिल्ला अध्यक्षले हालसम्म संस्थाले गरेका गतिबिधिहरुको वारेमा जानकारी गराउनु भएको थियो । ज्येष्ठ नागरिक सम्मान, जनप्रतिनिधिहरुलाई सम्मान, एस. ई. ईं मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन सचिव नारायण गिरीले सञ्चालन गर्नु भएको थियो भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष तिला गिरी (कृष्ण) ले साथै धन्यवाद मन्तव्य उपाध्यक्ष देवराज पुरीले राख्नु भएको थियो । उक्त अधिवेशनबाट सर्वसम्मत रुपमा १३ सदस्यीय नव निर्वाचित जिल्ला कार्य समिति चयन भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं