SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१०/२५ गते
    ६१८ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतीत स्याङ्जा ।

      बुटवलको गोलपार्कमा रहेको बुटवलकै पुरानो स्कुल न्यू पाइनउड अङ्ग्रेजी बोडिङ्ग स्कुलमा करिब ४०० विद्यार्थीको सहभागितामा तीन दिवशीय खेलकुद प्रतियोगिताको सम्पन्न भयको छ।

    माघ २०,२१ र २२ गतेसम्म संचालित उक्त प्रतियोगिताको उद्घाटन रिवन काटेर बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लक्ष्मण कार्कीले गर्नुभएको थियोे।

    सोहि कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले पढाईको अतिरिक्त विद्यार्थीको बौद्धिक क्षमता अभिबृध्दि गर्दै शारीरिक र मानसिक बिकासका लागि आफुहरुले खेलकुद प्रतियोगिता आयोजना गरेको बताउनु भयो।

    उक्त प्रतियोगितामा विभिन्न खेलकुदका कार्यक्रम सम्पन्न भयका थिए ।पुर्व प्राथमिक तह देखी माध्यमिक तहसम्ममा  संचालित उक्त प्रतियोगितामा पुर्व प्राथमिक तहको खेलकुदको समन्वय शिक्षिका पबिता थापाले,प्राथमिक तहको शिक्षिका  लक्ष्मी मुडवरीले र माध्यमिक तहको शिक्षक हेबिन छन्त्याल ,बिबेक आचार्य र आकाश बिश्वासले  गर्नुभयको थियो।

    तीनदिनसम्म चलेको प्रतियोगितामा  मिठाई दौड ,रिले दौड,३ खुट्टे दौड,बेलुन कार्टरपिलर,तातो आलु,चम्चा दौड ,हास दौड रसि तानातान,भुडको फुटाई,भलिबल हाजिरीजवाफ,आदि सम्पन्नभएकोे थियो।

    खेलकुद प्रतियोगिताका बिजयी विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक प्रभा क्षेत्रीले सम्मान सहित पुरस्कार र मेडल प्रदान गर्नुभएको विद्यालयका  शिक्षक लोकेन्द्र सापकोटाले जानकारी दिनुभयो उक्त कार्यक्रम विद्यालयको आयोजना र शिक्षक बुद्धि भन्डारीको सन्चालनमा भएको थियो साथै प्रतियोगिताको अन्त्यमा विद्यालयका सह प्राचार्य  बिनु महत ,उपाध्यक्ष लक्ष्मी के सी ,अलिसा कार्की लगायतले खेलकुदको बारेमा प्रकाश पार्नुभयको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं