SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१०/१८ गते
    ४४५ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द,पर्बत । पर्वत उधोग वाणिज्य संघ को मुख्य आयोजना मा यहि माघ ११ गते देखि २१ गतेसम्म सन्चालन हुने गण्डकी प्रदेश स्तरिय औधोगिक व्यापार मेला तथा ७ औ पर्बत महोत्सवको आज आठौ दिनमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा पहिलो क्वाटरफाइनल खेल काठेखोला गाउँपालिका र महाशिला गाउँपालिका,पर्बत बीच भएको निकै प्रतिस्पर्धात्मक खेलमा महाशिला गाउँपालिका,पर्बत ३-१ को सोझो सेटमा बाजी मार्यो । खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । बेस्ट अफ फाईपमा भएको खेलमा महाशिला गाउँपालिका,पर्बत पहिलो सेट २६-२४ ले जित्यो भने दोस्रो सेट काठेखोला गाउँपालिकाले २५-१४ ले जित निकाल्दा तेस्रो सेट महाशिला गाउँपालिका,पर्बतले २५-१४ कै जित निकाल्दा चौथो सेट पनि  महाशिला गाउँपालिका निकै घम्साघम्सीका बीच २९-२७ ले जित निकाल्दै  सेमिफाइनलमा प्रबेश गर्न सफल भयो ।

    नकआउट चरण मा खेलईने उक्त प्रतियोगितामा प्रथम हुनेलाई सर्बाधिक पुरस्कार २,००,०००/ (दुईलाख , सिल्ड मेडल र प्रमाणपत्र) दोश्रो लाई १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) तृतीय हुने लाई नगद ३०,०००/ (तिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना  टिमलाई पनि ३०,०००/ (तिस हजार, सिल्ड मेडल र प्रमाणपत्र) रहेको छ । प्रतियोगिता सफाल बनाउन जिल्ला खेलकुद विकास समिति,पर्बत र जिल्ला भलिबल संघ पर्बतले पनि व्यवस्थापनमा सहयोग गरेको खेल संयोजक शेरबहादुर चोचाङ्गीले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं