SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/९/२२ गते
    ४२८ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् । तर प्रदेशसभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेस भने सरकार गठनका लागि दाबी नगर्ने तयारीमा छ ।

    जबकी चुनावी परिणाम आएसँगै गण्डकीमा कांग्रेसले सरकारको नेतृत्व गर्ने पक्का जस्तै मानिएको थियो । ६० सदस्यीय प्रदेशसभामा कांग्रेस एक्लै बहुमत नजिक थियो । उसले २७ सिट जितेको छ र तत्कालीन सत्ता साझेदार माओवादी केन्द्रको समर्थनमा कांग्रेस नेतृत्वमा सरकार बन्ने अनुमान थियो ।

    जसै केन्द्रमा सत्ता समिकरण फेरियो, कांग्रेसलाई गण्डकीमा २७ फापेन । अब २२ सिट जितेको नेकपा एमालेको नेतृत्वमा नयाम् सरकार बन्ने पक्काजस्तै छ । ‘गण्डकीमा एमाले नेतृत्वमा पूरै कार्यकालको सरकार बन्ने लगभग निश्चित जस्तै भइसकेको छ,’ स्थायी कमिटी सदस्य किरण गुरुङ भन्छन्, ‘एमालेले संसदीय दलको नेता छानिसकेकाले को मुख्यमन्त्री बन्छ भन्ने सबैलाई जानकारी छ ।’

    अघिल्लो पटक १२ सिट जितेको माओवादी ८ मा झरेको छ । अघिल्लो पटक ३ सिट ल्याएको राष्ट्रिय जनमोर्चाले यसपटक प्रदेशसभामा उपस्थिति जनाउन सकेन भने २ सिटसहित राप्रपा प्रदेशसभामा आएको छ । मनाङबाट स्वतन्त्र सांसद जितेका दीपक मनाङे यसपटक स्वतन्त्रकै रुपमा निर्विरोध चुनिएका थिए ।

    अघिल्लो पटक सरकार ढाल्ने र बढाउने क्रममा निर्णायक बनेका उनी खुलकुद मन्त्री बनेका उनी यो पटक पनि सरकारमा जान एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर एकीकृत समाजवादी विना नै सरकार बन्ने अवस्था आएको छ । तर दुई सिट जितेको राप्रपाले साथ दिएन भने फेरि मनाङे निर्णायक बन्न सक्छन् ।

    यद्यपि एमाले स्थायी कमिटी सदस्य खगराज मुख्यमन्त्री बन्ने निश्चितजस्तै भइसकेको छ । मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशमा झरेका उनी कांग्रेस, माओवादीसहित ५ दलीय गठबन्धन कायमै रहेको भए विपक्षी दलको नेतामा सिमित हुने थियो ।

    तर केन्द्रमा आएको समिकरण फेरबदलका कारण उनी मुख्यमन्त्री बन्ने पक्का भएको छ । शीर्ष तहमा पावर शेयरिङबारे प्याकेजमा सहमति खोज्ने समझदारी भएकाले मात्र अड्किएको नेताहरु बताउँछन् । मुख्यमन्त्रीका दाबेदार खगराज पनि आफू छलफलकै क्रममा रहेको र छिट्टै सरकार गठनका लागि जाने बताए । ‘१, २ दिनभित्रै टुंगो लाग्ला । म छलफलमै छु, हतार छैन,’ खगराजले भने ।

    सार्वजनिक रुपमा माओवादी केन्द्रले पनि मुख्यमन्त्री दाबी गरिरहेको छ । पृथ्वीसुब्बा नेतृत्वको सरकार कानुनमन्त्रीसमेत बनेका माओवादी संसदीय दलका नेता हरि चुमानले मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । तर केन्द्रले निर्णय नगरिदिँदा अनिर्णित बनेको भन्दै उनले भने, ‘के केन्द्रले केही भनेको छैन, हामी नै अन्योलमा छौं ।’

    तर गण्डकीको हकमा माओवादीले नपाउने निश्चितजस्तै भएको माओवादीका एक केन्द्रीय सदस्यले बताए । प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउन दाबी पेश गर्ने समय पुस २५ गते सोमबार ४ बजेसम्म तोकेका छन् । अर्थात एमाले र माओवादी केन्द्रलाई भागवण्डा टुंग्याउने र राप्रपाको समर्थन जुटाएर सरकारमा दाबी गर्न ४ दिन समय छ ।

    राप्रपा संसदीय दलका नेता पञ्चराम तमु सरकारमा सहभागी हुनेबारे छलफल गरिरहेको र सरकारमा कोको जाने भन्ने १÷२ दिनभित्रै को टुंगो लाग्ने बताउँछन् ।

    राप्रपाले समर्थन गर्नासाथ ३२ प्रदेशसभा सदस्यको समर्थन जुट्छ । जबकी ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन ३१ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं