SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/६/१ गते
    ३३५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले चुनाव जितेपनि काम गर्न नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा तिमिल्सिनाले बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले जितेर संसदमा केही काम गर्न नसक्ने बताएका हुन् । उनले भने, ‘बहुदलीय व्यवस्था हो । बहुदलीय व्यवस्थामा कतिपय आउनुहुन्छ स्वतन्त्र स्वभाविक हो । तर स्वतन्त्रले सरकार बनाउन–चलाउन सम्भव छैन ।’ कतिपय सेलिब्रेटी युवाहरुले पार्टी खोलेपनि एक ठाउँमा बस्नै नसकेको भन्दै उनले भने, ‘अहिले कोही कता, कोही कता ? इमान्दारीपूर्वक राजनीति गर्ने हो भने त्यो गाह्रै कुरा हो । पार्टी चलाउने पनि गाह्रो छ ।’

    स्थानीय चुनावमा केही स्वतन्त्र उम्मेदवारले जितेको र उनीहरुलाई काम गर्न पनि त्यति अप्ठ्यारो नभएको बताए । तर प्रदेश र केन्द्रमा सरकार बनाउनुपर्ने भन्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले भने, ‘एउटा सांसदले अलिकति चेतना जगाउन सक्छ । तर उसले आम रुपमा चेन्ज ल्याउन सक्दैन ।’

    उनले अगाडि भनेका छन्, ‘म राष्ट्रिय सभा अध्यक्षले सकेको छैन । सांसदले कहाँ सक्नुहुन्छ ? एकजना सांसद स्वतन्त्र आउनुहुन्छ, बोल्नुहुन्छ । बोलेको बोलेकै गर्नुहुन्छ । तर अर्को पटकबाट निराश भएर सकिँदो रहेनछ भनेर अरुलाई पनि निराश बनाउने हुन्छ ।’ बरु दलमा आवद्ध हुन उनले आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    न्युयोर्कमा यसरी हुदैछ नेपाल डे परेड २०२४ को भब्य तयारी , कस्को भागमा के जिम्मा ?

    न्युयोर्क । बिगत २०१६ देखी न्युयोर्कबाट सुरुवात भएको “नेपाल डे परेड” २०२४ को कार्यसमिती पुरा...

    गुप्तेश्वरमा केस डाइग्नोसिस प्रतियोगिता सम्पन्न, कन्या क्याम्पस प्रथम

    देबिका तामाङ, पोखरा। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगितो शुक्रबार सम्पन्न...

    लेकसाइड मदिरा ब्यवसायीको शुभकामना आदानप्रदान

    पोखरा । लेकसाइड मदिरा व्यवसायी समितिले नयाँवर्षको अवसर पारी शुभकामना आदान प्रदान तथा २०८१ सालको...

    कोरिया दश वर्ष बिताएका शिवको लोभलाग्दो ड्रागन खेती

    स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका...

    पोखरा महानगरस्तरिय अन्तर विद्यालय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    पोखरा ।महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा यहि बैशाख १५...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं