SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/४/६ गते
    १५८५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफ्नो पार्टीले नेकपा (एकीकृत समाजवादी) लाई रातो कार्पेट ओछ्याएर नराखेको बताएका छन् । उनले भने,‘उहाँहरुलाई स्वागत गर्ने अवस्थामा त एमाले पुगेको छैन् । तर, विगतका कमिकमजोरीहरुलाई उहाँहरुले आत्मसात गरेर, स्विकार गरेर आउनुपर्छ ।

    एमालेसँग गठबन्धन गर्ने वा एकता गर्ने भन्ने खालको प्रस्ताव लिएर आयो भने एमालेले त्यसलाई सहज ढंगले वार्ता गर्ने तहमा अथवा कुराकानी गर्ने तहमा पुगेको जस्तो लाग्छ ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिले निर्वाचन गर्ने सरकार वा निर्वाचनपछिको सरकारको नेतृत्व केपी शर्मा ओलीले एक कार्यकाल गर्ने सुनाए ।

    उनले भने,‘मैले पाएको जानकारीअनुसार यो सरकारको नेतृत्वमा अब निर्वाचनमा जानुहुँदैन र निर्वाचनलाई केन्द्रित गरेर नयाँ सरकार बनाउनुपर्छ भन्ने ढंगले धेरै बहस तथा छलफलहरु भित्रभित्रै भैरहेको कुरा मैले जानकारी पाएको छु । त्यो कुरालाई ध्यान दिएर गठबन्धनको नाउमा परिआए संसद् विघटन गर्ने र निर्वाचन घोषणा गर्नेसम्मको तयारी प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको छ भन्ने कुरा आएको छ ।

    अब त्यो त तपाईँले देखेको नै छ नि, बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टीको विभाजनपनि झण्डै त्यो एजेण्डाका साथ भएको छ । माओवादीभित्र पनि परिआउँदा एउटा पँक्तिले विद्रोह गर्नेसम्मको एउटा तयारी गरेको भन्ने कुरा म बुझ्छु।’ पत्रकार धमलाले नारायणकाजी श्रेष्ठ एमालेमा प्रवेश गर्न लाग्नुभएको हो र ? भनेर सोधेको प्रश्नमा उनले भने–‘त्यो पनि हुनसक्छ, कांग्रेसभित्र पनि एउटा पँक्तिले परिआउँदा विद्रोह गर्ने तयारी भएको कुरा आएको छ ।’

    उनले आगामी निर्वाचनका लागि सर्वदलीय र सर्वपक्षीय सरकार बनाउनुपर्नेमा जोड दिए । उनले संसद्को ठूलो दल भएको कारणले एमालेले सरकारको नेतृत्व लिनुपर्ने आफ्नो धारणा रहेको सुनाए । वाम एकताको रटान गरेको हिसाबले प्रचण्ड र माधव नेपाल पनि केपी ओली नेतृत्वको सरकारमा आउनुपर्नेमा जोड दिए । उनले वामदेव गौतमले वाम एकताको लागि भित्री मनदेखि नै सक्रिय भूमिका खेलेको भन्दै प्रशंसा गरे । उनले भने,‘वामदेव कमरेडले अहिले जे गर्नुभएको छ, त्यो कम्युनिष्ट हितको लागि गर्नुभएको छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं