SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१/१७ गते
    १४५१ &#२३४६;&#२३३५;&#२३२५;

    चितवन । ०७४ सालको स्थानीयतह निर्वाचनमा ४३ हजार १ सय २७ मत सहित नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दहाल चितवनस्थित भरतपुर महानगरपलिकाको मेयर बनिन् । देशभरका ६ वटा महानगर मध्ये उनी एक मात्रै महानगर हाक्ने महिला मेयर थिइन ।

    बैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा उनी फेरि सत्तागठबन्धनको तर्फबाट भरतपुरको मेयरमा उम्मेदवार उठेकी छिन् । ५ वर्ष भरतपुरको मेयर हाँकेकी उनले विकसित भरतपुरका लागि के गरिन् ? र, उनलाई फेरि भरतपुरबासीले मत दिने ?

    उनी भन्छिन् , – ‘मेरो व्यक्तिगत हिसाबले मलाई रहर छैन। मैले त आफ्नो ठाउँबाट सकेको कोसिस गरें। जनताले जे अपेक्षा गरेर भोट हालेर जिताउनुभयो, मैले आफ्नो कर्तव्य कति पालना गरेँ, पूरा गरेँ कि गरिनँ त्यसको समग्र मूल्यांकन जनताले गर्नुहुन्छ । जनस्तरबाट राजनीतिक दलभन्दा माथि उठेर समग्र विकासलाई ध्यानमा राखेर एकचोटि तपाईंलाई यहाँबाट जाने छुट छैन भन्ने पनि छ। यहाँको वस्तुगत आवश्यकता पनि होला। अहिलेको स्थितिलाई थेग्ने खालको लिडरसीप अबको आवश्यकता हो। यसलाई निरन्तरता दिने खालको अहिलेको नेतृत्व अबको आवश्यकता र समयको माग हो।’

    उनको दावी मान्ने हो भने अन्य महानगरको नेतृत्वले भन्दा उनले भरतपुरमा काम गरेकी छिन् । काठमाडौंमा अर्की महिला उम्मेदवार सिर्जना सिंह चुनाव लडिरहँदा उनले अन्यले भन्दा महिला मेयरले काम धेरै गर्न सक्छन्, भन्ने उदाहरण दिँदा रेनु दाहालको उदाहरण दिएकी थिइन् ।

    शुरुमा रेनु दाहालको राजनीतिक पृष्ठभूमिबारे वुझौं : को हुन् रेनु दाहाल ?

    झट्ट बुझ्दा रेनु दहाललाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’को छोरीका रुपमा चिनिन्छ । तर उनको पहिचानलाई नै मारेर प्रचण्डको छोरी भएकै कारण राजनीतिमा चार्मिक भएको भनेर परिचित गराईनुमा उनि प्रति अन्याय हुने देखिन्छ । किनभने रेनुले आफ्नो इमान र प्रतिष्ठाका लागि धेरै संघर्ष र योगदान गरेको उनको प्रोफाइल गहिरो गरी अध्ययन गर्दा देखिन्छ ।

    उनको जम्म वि.सं २०३३ साल असार २६ गते भएको थियो । उनी राजनीति बुझने भएदेखि नै कम्युनिष्ट राजनीतिमा लागिन् । १० वर्षे माओवादी जनयुद्धका क्रममा उनी बाबु प्रचण्ड जस्तै भूमिगत भएर काम गरिन् ।

    जनयुद्ध कालमा उनले प्रवास तथा देशको बिकट ग्रामिण क्षेत्रमा संगठनात्मक रुपमा नेतृत्वदायी भूमिकामै रहिन् । उनि भरतपुरको मेयरमा टपक्कै टिपेर ल्याइएकी पात्र भने होइनन् । भरतपुरको मेयर हुनुपुर्व नै उनी संविधान सभा सदस्य भईसकेकी थिइन् ।

    ०६४ जेठ १३ गते देखि २०७९ जेठ १४ सम्म उनि संविधानसभा सदस्य थिइन् । उनी माओवादी केन्द्रको महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को महासचिवको जिम्मेवारी समेत सम्हालिसकेकी थिइन् ।

    उनले माओवादी केन्द्रको पोलिट ब्युरो सदस्यको रुपमा पनि काम गरेकी अनुभव छ । युद्धकालमा उनी माओवादी आधारइलाकाको रुपमा रहेको रोल्पाको जिल्ला सहइन्चार्ज सम्मको जिम्मेवारीमा थिइन् ।

    पछि उनी काठमाडौंमा माओवादी केन्द्रको जिल्ला सचिवको जिम्मेवारीमा पनि थिइन् । त्यतीमात्रै नभई उनले अखिल भारत नेपाली महिला संगठनको अध्यक्षको रुपमा प्रवासमा रहेर संगठन निमार्णमा खटिएकी थिइन् ।

    रेनुले ५ वर्षमा गरेका यी हुन् ३६ काम (उनकै दावी अनुसार)
    रेनु दाहाल एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीलाई पराजित गरेर भरतपुरको मेयर निर्वाचित भएकी थिइन् । उनी मेयर निर्वाचित भईरहँदा विवादमा पनि परिन् । एमालेले लगाएको यो आरोप अव विगत भईसक्यो । अघिल्लो स्थानीय तह चुनावमा जस्तै यसपटक पनि रेनु कांग्रेस सहितको समर्थनमै फेरि भरतपुरको मेयरमा उम्मेदवार बनेकी छिन् । दोहोरएर उम्मेदवार बनिरहँदा उनले ५ वर्षमा के काम गरिन् ? प्रश्न पक्कै उठ्छन् ।

    अन्य महानगरपालिकामा भन्दा भरतपुरमा विकास धेरै भएको प्रचार भईरहँदा उनले के के काम गरिन् ? यस्तो छ उनको रेकर्डकार्ड उनकै दावी अनुसार :

    १) विकास एवं समृद्धिको मूलआधार सडक पूर्वाधार रहेको र यसैलाई पहिलो प्राथमिकतामा राखीकार्य अघि बढाई ४ वर्षको अवधिमा ६१० किलोमिटर सडक कालोपत्रे तथा ४५० किलोमिटर सडकमा ग्राभेल गरिएको छ । केन्द्रीय बसपार्कको स्तरोन्नति।

    २)संघीय सरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकै सबभन्दा लामो ८८.६ कि.मी. महानगरीय रिङ्गरोड रु. ८ अर्व २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदनतयार भई सघन शहरी विकासबाट १० कि. मि., प्रदेश सरकारबाट ८.५५ कि. मि., सडक विभागबाट १२ कि. मि. र महानगरबाट १० कि. मि. गरी जम्मा ४०.५५ कि. मि. रिङ्गरोड निर्माणाधीन अवस्थामा रहेको र बाँकी ४८.०६५ कि. मि. निर्माणको काम अगाडि बढिरहेको छ।
    ३. करिब 1 अर्बको हाराहरीमा भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको संघ तथा प्रदेश सरकारसहितको लागत साझेदारीमाबोलपत्रआह्वानको चरणमा रहेको छ।

    ३) करिब १ अर्बको हाराहरीमा भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको संघ तथा प्रदेश सरकारसहितको लागत साझेदारीमा बोलपत्र आह्‍वानको चरणमा रहेको छ।

    ४) यस्तै पुल्चोकदेखि गोन्द्राङ्गसम्म हरियाली सहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माणको लागि रु १ अर्ब ९८ करोड ७३ लाखको लागतमा कार्य प्रारम्भ हुनुका साथै बाइपास ४ लेन सडक विस्तार एवं सतह ढल निर्माणको कार्य पनि अघि बढिरहेको छ। यसैगरी हुलाकी सडकको १९ कि. मि. विस्तार एवं स्तरोन्नति र भरतपुर-मेघौली-गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ कि. मि. सडक निर्माणाधीन अवस्थामा रहेको छ ।

    ५)भरतपुर महानगरपालिका वडा नम्बर ३ मा सार्वजनिक निजी साझेदारी विधि (PPP) मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजाको सम्झौताभई कार्य प्रारम्भ भएको छ । यसबाट निजी क्षेत्रलाइ प्रोत्साहन गर्दै विकासमा निजी क्षेत्र सँगसँगै भन्ने कार्यको उदाहरणीय नमूना प्रस्तुतभएको छ।

    ६) स्मार्ट सडक बत्ती योजनातथा १९ कि. मि. भूमिगत विद्युत् लाइनविस्तारको कार्य नेपाल विद्युत् प्राधिकरण तथा महानगरपालिकाको साझेदारीमा अघि बढेको छ भने ठड कि.मि. सडकमा स्मार्ट स्ट्रिट लाइट जडानको काम सुरु भएको छ।

    ७)चार वर्षेअवधिमा ११ वटा वडा कार्यालय निर्माण सम्पन्न, ६ वटा वडा कार्यालयको तलाथपगरिएको छ भने बाँकी सबै वडा कार्यालयहरूको मर्मत र स्तरोन्नति गरी सेवाप्रवाहलाई प्रभावकारी तथा प्रविधियुक्त बनाइ विद्युतीय शासनको मार्गमा अघि बढेको छ । महानगरको सेवालाई डिजिटल प्रविधिमाआधारित वनाउनका लागि अफिस अटोमेसनको कार्य शुभारम्भ भएको छ ।

    ८) भरतपुर महानगरपालिकाभित्र साना ठूला गरी रू. ३ अर्ब ७७ करोडको लागतमा २३ वटा आयोजनाहरू निर्माणाधिन अवस्थामा रहेका छन्। यीआयोजनाहरू सम्पन्नहुँदा भरतपुरमा सत प्रतिशत शुद्ध पिउने पानीको पहुँच स्थापितहुनेछ।

    ९)भरतपुर महानगरपालिका वडा नं. ३ स्थित नगरवनको सानो मजुवामाकरिव रु १ अर्व ३५ करोडको लागतअनुमान रहेको अटोल्याण्ड (Auto Land) निर्माणका लागि DPR तयार भई निर्माणको लागि स्रोतको सुनिश्चितताभएपश्चात् कार्य अघि बढाइनेछ साथै महानगरपालिका वडा नं. २१ र वडा नं. २० मा लघु औद्योगिकग्रामनिर्माणको कार्य अगाडि बढेको छ । साथै भरतपुर प्रदर्शनी केन्द्र सञ्चालनमाआएको छ।

    पर्यटन क्षेत्र
    १०)राष्ट्रिय तथाअन्तर्राष्ट्रिय सभा–सम्मेलनहरू गर्न र यसमार्फत पर्यटकीय आर्थिक गतिवधिमा बढोत्तरी ल्याउन सिटी हलबनाउने कार्य अनुरुपमहानगरपालिकाको पहलएवं शहरी विकास मन्त्रालयबाट रु. १ अर्व ८५ करोडको लागतमा सिटी हल (City Hall) निर्माण कार्य द्रुत गतिमा अघि बढेको छ।

    ११) नारायणी नदीकिनारलाई Sea Beach मोडेलमा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरी आर्थिक क्रियाकलापमा बृद्धि गर्ने प्रयोजनको लागि गुरुयोजनाअनुसार रु २९ करोड लागतमध्ये महानगरपालिकाले रु ९७ लाखको लगानीमा १ किलोमिटर वाकिङ्ग ट्रेल निर्माण कार्य सम्पन्न गरेको छ । साथै अन्य कामको लागि पर्यटन विभागबाट रु. ७ करोडको टेन्डर भई कार्य अघि बढेको छ।

    १२)महानगरपालिकाभित्र लक्ष्मीनारायण मन्दिर, पहुँचमार्ग सहितको रानीपोखरी पार्क २५ करोड ५ लाख ९८ हजार रूपैयाँमा ठेक्का सम्झौता भइकाम अगाडि बढि सम्पन्नहुने चरणमा रहेको छ। साथै, खुल्ला जिम खाना, हरियाली प्रवर्द्धन लगायतका वातावरण संरक्षण र शहरी सौन्दर्यीकरणको काम सघन रुपमा अघि बढेको छ।

    १३) महानगरपलिकाले अम्ब्रेला स्ट्रिट भ्यू Point निर्माण मार्फत आन्तरिक आम्दानीमा टेवा पुर्र्याएको छ साथै गोलाघाट र चौकी डाँडामा भ्यू टावर निर्माणाधिन अवस्थामा रहेका छन्।

    विपद् व्यवस्थापन
    १४) महानगरमाआपतकालीनकार्य सञ्चालन केन्द्र स्थापना गरी विपद्जन्य जोखिमहरुको तत्काल सम्बोधन र व्यवस्थापन गर्न सक्ने गरी महानगरपालिकाको वडा तहसम्म क्षमताविस्तार गर्ने लक्ष्य राखिएको छ।

    १५) शारदानगर खानेपानीआयोजना, जखडिमाई खानेपानीआयोजना, दिव्यनगर खानेपानी आयोजना, पार्वतीपुर खानेपानी आयोजना, मेघौली खानेपानी आयोजना र धनगढा खानेपानी लगायतका परियोजनाले गर्दा महानगरपालिकाको आर्थिक तथा सामाजिक रुपान्तरणमा योगदान पुगेको छ।

    स्वास्थ्य
    १६) यसै गरी भरतपुर अस्पतालमा रु ५ करोड ७५ लाखको लागतमा सुविधा सम्पन्न बिरामी कुरुवा घर निर्माण भई हस्तान्तरण हुनुको साथै भरतपुर १४ को शिवनगर स्वास्थ्य केन्द्रमा एक्स–रे सेवासहित १५ शैय्या र शारदानगर स्वास्थ्य चौकीमा १५ शैया क्षमताको कोभिड अस्पताल स्थापना गरी सञ्चालनगरिएकोमा सोको क्षमताविस्तार गरी नगरस्तरीय अस्पतालको रुपमा स्तरोन्नति गरिने लक्ष्य राखिएको छ भने शिवनगरमा ५० शैयाको आयूर्वेदिक अस्पताल सञ्चालनको चरणमा रहेको छ।

    १७) भरतपुर महानगरपालिकामाहाल ४० वटा स्वास्थ्य संस्था स्थापना गरी सेवाप्रवाह गरिएको छ ।जसमध्ये ५ वटा भवननिर्माण सम्पन्नतथा ८ वटा भवन निर्माणाधीन अवस्थामा छन यसबाट स्वास्थ्य सेवामा जनताको सहजपहुँच स्थापित हुनेछ। सङ्घीय सरकारको लगानीमा वडा नं. १५ मा एक सय शैयाको शिक्षक अस्पताल निर्माण हुने भएको छ।

    सामाजिक विकास
    १८) लैङ्गिक हिंसा पीडित तथा प्रभावित महिलाहरुका लागि सुविधा सम्पन्न पुनर्स्थापना गृह स्थापनाको लागि संघ तथा प्रदेश सरकारको सहयोग तथा महानगरपालिकाको साझेदारीमा अघि बढाउन महानगरपालिका प्रतिबद्ध रहेको ।
    १९) २ वर्ष अघि २०७६ कार्तिक ९ गते मानव सेवाआश्रमसँगको सहकार्य तथा सामाजिक संघ संस्थाहरूसँगको समन्वयमा भरतपुर महानगरलाई पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरी कार्यान्वयन भएको दृष्टान्त सबैलाई सर्वविदितै छ।जुन कुराले हामी सबैलाई गर्वको अनुभूति भएको कुरा स्मरण गराउन चाहन्छु।
    २०) जन आन्दोलन, जनयुद्ध,मधेस आन्दोलन लगायतआन्दोलनमा शाहदत प्राप्त गर्ने परिवार, वेपत्ता परिवार तथा घाईतेहरुलाई जीवननिर्वाह सहयोग वापत मासिक रु. २००० उपलव्ध गराउने कार्यविधि तयार भै आवेदन दिन एक महिने सूचना प्रकाशन भैसकेको छ ।

    कृषि तथा पशु
    २१) किसान लक्षित गरी प्रति लिटर दूधमा विगतमा प्रदान गरिएको रू.१ अनुदानलाई वृद्धि गरी प्रतिलिटर रू. ३ पुर्याइएको छ भने महानगर दूध, मासु र मत्स्यमा आत्मनिर्भर भएको छ।

    २२)पशु विकासको क्षेत्रमा विद्यमान कार्यक्रमहरूलाई निरन्तरता दिँदै “एक वडा एक पशु सेवा प्राविधिक“ को व्यवस्था, अत्याधुनिक सुविधा र प्रविधियुक्त पशु बधशाला, गौशालाको निर्माण, भेटेरीनरी एम्वुलेन्सको व्यवस्था र शाखा एवम् सेवाकेन्द्रहरूलाई यन्त्र–उपकरण सहितको भौतिक पूर्वाधारयुक्त बनाउन संघ तथा प्रदेश सरकारसँग साझेदारी गर्न महानगरपालिका तत्पर रहेको छ।

    २३) कृषि उपजको उत्पादन तथा उत्पादकत्व वृद्धिमा अहम् भूमिका रहने सिंचाई क्षेत्रको विकास तथा प्रवर्द्धनमा महानगरले विशेष महत्व दिएको छ । विगत ४ वर्षको अवधिमा ३५० वटा साना सिंचाइ र २१ वटा मझौला सिंचाई सम्पन्न गरी ४५५ विघा क्षेत्रफलमा बाह्रै महिना सिंचाईको सुनिश्चितता गरिएको छ ।

    २४) कृषिको आधुनिकीकरणका लागि कृषियान्त्रीकरणको आवश्यकता महसुस गरी महानगरले कृषियान्त्रीकरणमा लगानी गरेको छ । विगत वर्षमा कृषि सहकारीहरुलाई ६ वटा ट्याक्टर, ४ वटा बीउप्रशोधन मेसिन, १ वटा धान रोप्ने मेसिन र १ वटा कम्वाइनहारवेस्टर वितरणबाट कृषिको आधुनिकीकरणमा टेवा पुग्नुका साथै यसले कृषिउत्पादनको लागत घटाउन सकरात्मक भूमिका खेलेको छ।

    वातावरण तथा फोहोरमैला व्यवस्थापन
    २५) फोहोर मैलाको दिगो व्यवस्थापनका लागि कोरियन सरकारको सहयोगमा DPR बनेको छ । रु १ अर्व २५ करोड लागतमा यही पौष १५ गते भित्र G to G सम्झौतामार्फत वैज्ञानिक फोहोर व्यवस्थापनको कार्य थालनी ।

    २६) देवघाटमा रु ९ करोड ९० लाख रुपैयाँको लागतमा अत्याधुनिक शवदाहगृह निर्माणाधीन रहेको छ ।

    २७) महानगरपालिकाले यातायात सेवालाई प्राथमिकतामा राखी प्रदेश सरकारको सहकार्यमा यातायात कार्यालय स्थापना गरी सबै प्रकारका सवारी साधनको दर्ता तथा सवारी चालक लाइसेन्स परीक्षाका लागि प्रकृया अघि बढाएको छ। साथै विद्युतीय चार्जिङ्ग स्टेशनको निर्माणको कार्य पनि अघि बढेको छ। यसबाट महानगरपालिकाको आम्दानीमा दोव्वर वृद्धि हुने अपेक्षा गरिएको छ ।

    भू-संरक्षण
    २८) विगत ४ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले अतिक्रमित ६६ बिगाहा सार्वजनिक जमिन खोजी गरी संरक्षण गरेको छ
    २९) भरतपुर महानगरपालिकाको स्मार्ट सिटी गुरुयोजनाको अन्तिमप्रतिवेदनप्राप्तभएको छ । सोको श्रोत सुनिश्चिततापश्चात् निर्माण कार्य अघि बढ्ने छ।
    ३०) नारायणी तथा राप्तीनदीको कटान तथा डुबानको दीर्घकालिन समाधानकालागि ६ अर्बको हाराहरीमा नदी नियन्त्रणको काम अगाडि बढिरहेको छ।

    शिक्षा
    ३१) शिक्षा क्षेत्रमाविगत ४ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले अनुकरणीय अभ्यासको थालनी गरेको छ । यस अवधिमा करीब ६ हजार विद्यार्थीहरु सामुदायिक विद्यालयमा बढेका छन् भने आधारभूत तहका विद्यार्थीको सिकाइ उपलब्धि २०७५ मा ५६.४७% बाट बृद्धि भई शैक्षिक सत्र २०७७मा ५.५३% ले बृद्धि भई ६२% पुगेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य प्रगति भएको छ ।

    कुल साक्षरता दर ९८.५ % रहेको छ। नमुना विद्यालयहरु स्थापना भएका छन् । शिक्षासँग सिकाइ जोडिएको छ। “हाम्रो गौरव हाम्रो भरतपुर” विषयसँग सम्बद्ध स्थानीय पाठयक्रम लागू गरिएको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रत्येक वडामा एक नमुना विद्यालय विकासको कार्य कार्यान्वयनमा ल्याइएको छ। संस्थागत विद्यालयहरुको साझेदारीमा २३९ जना विद्यार्थीहरुलाई मेरिट वेसमा पूर्ण छात्रवृत्ति प्रदान गरी नेपालकै उदाहरणीय कार्य थालनी गरिएको छ ।

    ३२) भरतपुर महानगरमा सामुदायीक विद्यालयको शैक्षिक स्तरोन्नती भएपछी हाल कुल अध्ययनरत करिब ३६ हजार बाट वृद्धिभइ ४२ हजार विधार्थीहरु अध्ययनरत रहेका छन् ।

    ३३) भरतपुर बालमन्दिरमा अटिजम विशेषविद्यालय स्थापना गरी सवै प्रकारका बालबालिकाहरूलाई शिक्षामा पहुँचको सुनिश्चितता गरिएको छ। शिक्षामा नवप्रवर्तन भित्र्याउन स्टेम एजुकेशन (STEM Education) कार्यक्रमको थालनी गरिएको छ। समग्र शिक्षाको विकासको लागि महानगरपालिकाको आन्तरिक आयको १२.५ प्रतिशत बजेट विनियोजन गरिएको छ।

    ३४) साहित्य, कला, संस्कृतिको उत्थानको लागि ‘महानगर साहित्य दर्पण”, २०७८ प्रकाशनमा ल्याइएको र भरतपुर प्रज्ञा प्रतिष्ठान गठनको तयारीमा रहेको छ।

    आर्थिक/राजश्व
    ३५) स्थानीयतहको निर्वाचन भई पदाधिकारी आउनुपूर्व भरतपुर महानगरपालिकाको आन्तरिक आम्दानी रू. ४० करोड ४२ लाखमात्र रहेकोमा गतआ.व. २०७७/०७८ मा १ अर्व ५ करोड आम्दानीप्राप्तभई चालु आ.व.का लागि १ अर्ब २० करोड लक्ष्य राखिएको छ।

    सूचनाप्रविधि
    ३६) “कोही नछुटून् कोही नदोहोरिऊन्“ भनी सबै वडा कार्यालयबाट कम्प्युटरकृत प्रणालीद्वारा घटना दर्ता तथा सामाजिक सुरक्षाभत्ता वितरणमा नागरिकको पहुँच विस्तार गरिएको छ। साथै, महानगरपालिकाको विकासमा ६७ वटा गैरसरकारी संघ संस्थाले रु. ४८ करोड लागतको साझेदारीसहित कामहरू अगाडि बढिरहेका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अमेरिकाबाट आर पाण्डेयको गर्जन, रबिलाई काम गर्न देउ, सहकारीमा अदालतले प्रमाणीत गरे २ करोण पनि तिरिदिने

    अमेरिका । लामो समय देखि अमेरिकामा कार्यरत आर पाण्डेयले हालै गृहमन्त्री भएका रबि लामिछानेलाई बिना...

    अमेरिकाबाट आर पाण्डेयको गर्जन, रबिलाई काम गर्न देउ, सहकारीमा अदालतले प्रमाणीत गरे २ करोण पनि तिरिदिने

    अमेरिका । लामो समय देखि अमेरिकामा कार्यरत आर पाण्डेयले हालै गृहमन्त्री भएका रबि लामिछानेलाई बिना...

    नेपाल परेड डे र अमेरिकामा हालसम्म कै ठुलो राशीको भलिवल प्रतियोगिताको भब्य तयारी

    बैकुण्ठ गिरी, क्यालीफोर्निया । बिगत बर्षहरुमा जस्तै यसबर्ष पनि  बिशेष गरी अमेरिकामा बसोबास गर्ने नेपालीहरुको...

    पर्वतको बिहादीमा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुँदै

    पर्वत।पर्वतको बिहादी गाउँपालिकामा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बिहादी-३ रानीपानीको...

    अनिवार्य रुपमा क्रसर खोल्नुअघि सार्वजनिक सुनुवाई गर्नुपर्ने प्रस्ताव

    काठमाडौं । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका सांसदहरुले क्रसर खोल्नुअघि अनिवार्य रुपमा सार्वजनिक सुनुवाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं