SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/१९ गते
    २०६५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत।
    स्वास्थ्य कार्यालय पर्वतले कार्यालय द्धारा संचालित कार्यक्रमहरुको वारेमा जानकारी तथा भावि कार्ययोजनाको वारेमा अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ । कार्यालयले सुचना मार्फत जनस्वास्थ्य प्रवद्धनका लागि पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यक्रममा निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले कार्यालय वाट सम्पादन भएका मुख्य कार्यक्रम तथा समुदायमा परेको प्रभाव र भावि रणनितीको वारेमा जानकारी गराउनु गर्नुभएको थियो ।

    पछिल्लो समय नेपाल सरकारवाट स्वास्थ्य क्षेत्रमा उपलब्ध निशूल्क सेवाहरु भन्दा वाहिर वाट सेवा लिनेको संख्यामा वृद्धी भएकोले सवै नागरिकले सरकारवाट उपलब्ध निशुल्क स्वस्थ्य सेवा लिन समेत उहाले अनुरोध गर्नुभयो ।

    नेपाल सरकारले गर्भवती अवस्थामा नियमित स्वस्थ्य परिक्षण गराउने र प्रसुती सेवा दिनेलाई रु २८०० उपलब्ध गराउदै आएपनि सरकारी स्वास्थ्य संस्थामा स्वस्थ्य परिक्षण गराउनेको संख्या घट्दै गएको छ । स्वास्थ्य संस्थावाट परिवार नियोजन सम्वन्धि सेवा तथा साधनहरु निशुल्क उपलब्ध भएपनि पछील्लो समय परिवार नियोजनका साधनको प्रयोगमा कमि आएको तर गर्भपतन गराउनेको संख्य वढ्दै गएको कार्यालयको तथ्यांक रहेको छ ।

    तेसै गरि विज्ञहरुको सर्वेक्षणमा पर्वतमा ३६७ जना क्षयरोगी रहेको भनिए पनी हाल सम्म ६५ जना मात्र चिकित्सकको सम्पर्कमा रहेका छन् । १ जना क्षयरोगीवाट १० देखी ६० जना सम्म स्वास्थ्य व्यक्तिलाई रोग सर्न सक्ने हुदा क्षयरोगीहरु सम्पर्कमा नआए भित्र भित्रै तिव्र गतिमा रोग फैलन सक्ने भएको हुदा विरामीहरु स्वास्थ्य संस्थामा आएर निशूल्क सेवा लिन समेत कार्यालयले अनुरोध गरेको छ ।

    विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ रोकथाममा हालसम्म्म ८५ प्रतिशतलाई पहिलो खोप र ७६ प्रतिशतलार्ई पूरा खोप लगाएको कार्यालयले जानकारी गराएको छ । कार्यालयका नियमित कार्यक्रमहरु लगाएत यस वर्ष विमा कार्यक्रम अभियान, कोभिड नियन्त्रण, नसर्ने रोग नियन्त्रण र फोहोर व्यवस्थापनमा संयमसेवक परिचालन कार्यक्रम समेत अघि वढाएको कायालयका नि प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

    कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष सन्तोष थापा, पुर्व अध्यक्ष ओम प्रसाद घायल पत्रकारहरु अगन्धर तिवारी, बैगुन्ठ गिरी लगाएतले स्वास्थ्य सेवालाई प्रभावकारी वनाउन जोड दिनु भयो साथै उपस्थित पत्रकारहरुले पर्वत अस्पतालको सेवा प्रभाह जनमुखी र प्रभावकारी गराउनु पर्ने जोड दिनुभएको थियो ।

    कार्यक्रमा पर्वत अस्पतालका निमित्त प्रमुख डा. डिवी क्षेत्री ,पोखरा विश्वविद्यालयका प्राध्यापक डमरु पनेरु, विश्व विद्यालयका विद्यार्थीहरु ,स्वास्थ्य कर्मीहरु तथा पर्वतमा कृयाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन फोकल पर्सन तेज प्रसाद सुवेदीले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं