SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१९ गते
    ३८० &#२३४६;&#२३३५;&#२३२५;

    रविप्रकाश कसौधन, कपिलवस्तु,  |

    कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा बालश्रम मुक्त पालिका निर्माणका लागि नगर स्तरीय सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम गाउँपालिकामा सम्पन्न भएको हो।

    शुद्धोधन गाउँपालिकाको आयोजना, सिद्धार्थ समाजिक विकास केन्द्र, कपिलवस्तु तथा युनिसेफ नेपालको प्रविधिक सहयोगमा कार्यक्रम सञ्चालन भएको हो।

    कार्यक्रममा बालश्रमको बिषयबस्तुमा बालश्रम निषेध र नियमित ऐन तथा नियम व्यवस्था,बाल अधिकार,कानुनी प्रक्रिया,स्वास्थ्य सुरक्षा,बालश्रम जोखिम अवस्था,बालश्रम मुक्त घोषणा, तथ्यांक संकलन,कानुनी सुचक र बालश्रम कार्ययोजनाको बिषयमा छलफल भएको थियो।

    अगामी दिनमा गाउँपालिकालाई बालश्रम घोषणा गर्न अगामी आर्थिक बर्ष ०७९/०८० मा विभिन्न संघसंस्थाको सहयोगमा बजेट व्यवस्था गरि सो आर्थिक वर्ष भित्र बालश्रम मुक्त गाउँपालिका घोषणा गर्नको साथै सोही आर्थिक वर्षमा गाउँपालिकामा बालश्रम घोषणा गर्नको लागि आवश्यक कार्ययोजना तयारी गरि कामलाई अगाडि बढाउने अगाडि बढाउन महिला बिकास शाखा प्रमुख राधिका खनाल पाण्डेलाई फोकल व्यक्ति तोक्ने गरि कार्यक्रम सम्पन्न गरियो।

    कार्यक्रम गाउँपालिका अध्यक्ष निसार अहमद खाँनको अध्यक्षता, कार्यक्रम सहजीकरण सिद्धार्थ समाजिक विकास केन्द्र को सह सचिव दुर्गा अर्याल, कार्यक्रम सञ्चालन सिद्धार्थ समाजिक विकास केन्द्रको बाल संरक्षण अधिकृत अजय चाैधरी, प्रक्रिया र नीति सम्बन्धि मन्तव्यको क्रममा गाउँपालिका को अध्यक्ष निसार अहमद खाँन,प्रमुख प्रशासकीय अधिकृत कृष्णा प्रसाद ज्ञवाली,शिक्षा शाखा प्रमुख धनी प्रसाद शर्मा,स्वास्थ्य शाखा प्रमुक असफाक अहमद खाँन,कृषि शाखा प्रमुख,गाउँ पालिका उपाध्यक्ष र प्रशासन अधिकृत लगायत मन्तव्य राख्नु भएको हो ।

    कार्यक्रममा सहभागी गाउँ पालिकाको वडा अध्यक्षहरु, शाखा प्रमुखहरु ,किशोरी अधिकार मञ्चका अध्यक्ष, समाजिक परिचालक,कार्यपालिका सदस्य,पत्रकार रामु यादव र कमल चाैधरी लगायतका उपस्थित रहेको थियो। कार्यक्रम शुद्धोधनगाउँ पालिकाको अध्यक्ष निसार अहमद खाँनले समापन गर्नु भयो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ज्योतिषिका अनुसार यी ७ राशिका मानिसहरुको भाग्य चम्किदै

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी र सट्टापट्टामा विशेष लाभ...

    बालेनको इन्जिनियरिङ दिमाग हेर्नुस, यस्तो चिटिक्क कलरफुल बन्यो तिनकुने र मिनभवनको बाटो, बिश्व चकित पार्ने काम

    काठमाडौ । काठमाडौंका मेयर बालेन शाहले काठमाडौंं उपत्यकामा रहेका अस्पतालहरूले मापदण्डअनुसार १० प्रतिशत निःशुल्क शैय्या...

    भारतमा प्रचण्डकाे चर्चै चर्चा, नेपालबाट समुद्रसम्म पानीजहाज सञ्चालनको बाटो खुल्यो

    काठमाडौं । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित...

    चर्चित नायिका मनिषा कोइरालाले किन भनिन्, ‘याद आयो लेन्डुप दोर्जेको…’

    काठमाडौं, । बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइरालाले याद आयो लेन्डुप दोर्जेको भन्दै टि्‍वट गरेकी छिन्।...

    कस्ताे काईदा, २४ वर्ष मै ७ करोड २४ लाख कमाउने सरकारी अधिकृत

    काठमाडौं, । सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं