SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१७ गते
    १७४६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । टिभी रियालिटी शो कमेडी च्याम्पिनयनको उपाधि जितेका भरतमणि पौडेलले पुरस्कारस्वरुप घोषित नयाँ कार ज प्राप्त गरेका छन् । कार्यक्रमका निर्देशक विशाल भण्डारीले उनलाई कारको साँचो हस्तान्तरण गरे ।

    कमेडी च्याम्पियनले करिब २४ लाख मूल्यको कार उनलाई दिएको छ । भरतमणिसँग कारको लाइसेन्स नभएकाले एकजना सहयोगी लिएर आएका थिए ।

    यस्तै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका सन्तोष थापालाई स्कुटर हस्तान्तरण गरिएको छ । उपबिजेता बनेका बिक्की अग्रवाल भने आज स्वास्थ्यका कारण आफूले जितेको मोटरसाइकल लिन आउन पाएनन् ।

    कमेडी च्याम्पिनयको टप-३ मध्ये भरतमणि सबैभन्दा बलिया दाबेदार मानिन्थे । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि उनलाई दर्शकले ‘नोटिस’ गरेका थिए। उनले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेका थिए। पारसको जस्तै हाउभाउमा स्टेज प्रवेश गरेका भरतमणिको व्यङ्ग्यात्मक प्रस्तुतिलाई धेरैले रुचाए पनि।

    जसकारण उनी बिना भोटिङ नै सिधैँ फाइनलमा पुगेका थिए। समसामयिक र राजनीतिक विषयवस्तु चोटिलो प्रहार गर्नु भरतमणिको कमेडीको विशेषता हो। ग्राणड फिनालेकाे शाेमा पनि उनले गाेकुल बास्काेटादेखि मेस्सीसम्मकाे क्यारिकेचर गरेर सबैको मन जितेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्री प्रचण्डको आग्रह

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका...

    रास्वपाले नेता र सांसदलाई क्षेत्रगत विज्ञसँग छलफल गराउने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेता र सांसदलाई फरक फरक क्षेत्रका जानकारबाट छलफल...

    भोलि सांसदको शतप्रतिशतमत पाउने आश छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिंदा शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त...

    कावासोती तेक्वान्दो डोजाङको बेल्ट प्रमोसन तथा पुरस्कार बितरण

    गोबिन्द,पर्बत । कावासोती तेक्वान्दो डोजाङ्ग कावासोतीको आयोजनामा हिजो कावासोतीमा जुनियर बेल्ट प्रमोशन, ब्ल्याक बेल्ट प्रमाण...

    गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्दै

    पर्बत । गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्ने भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं