SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/८ गते
    ६०० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ! यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ पत्रकार बासुदेब बर्मालाइ प्रदान गरिएको छ । आज नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको आयोजनामा उक्त पुरस्कार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदान गर्नुभयो ।

    पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री देउवाले सरकारी टेलिभिजनले समावेशी नीति अनुसार राज्यका सबै अनुहारको प्रतिनिधित्व हुनुपर्ने बताउनुभएको छ । नेपाल टेलिभिजन कपिलवस्तु संवाददाता बर्मालाइ रु ५१ हजारको राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।

    कार्यक्रममा सूचना तथा संचार प्रबिधी मन्त्रालयका सचिव डाक्टर बैकुण्ठ अर्यालले सुचना प्रवाहमा छरितोपना आउनुपर्ने बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष दिपक जङ्ग हमालले आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न सञ्चार क्षेत्र जिम्मेवार हुनुपर्ने भन्दै पत्रकारलाई सुरक्षित वातावरणमा पत्रकारिता गर्न व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो । यस्तै बरिस्ठ समाचार सम्पादक शालिक सुबेदीले लोकतन्त्रको स्थायित्वका लागि पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

    कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल, नेपाल पत्रकार महासंघ केन्द्रिय महासचिव रोसन पुरि, दिपक समीर आचार्य लगायतले पत्रकार पेशा जोखिमपूर्ण भएकाले राज्यले पत्रकारको सेवासुविधा बढाउनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

    उहाहरुले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन पनि पत्रकारले आफ्नो ज्यानको प्रवाह नगरी काम गरेको उल्लेख गर्दै पत्रकारलाई राज्यले उच्च मूल्यांकन गर्नुपर्ने धारणा राख्नुभयो ।

    विसं २०६३ असोज ७ गते समाचार संकलनका क्रममा ताप्लेजुङ्गको घुन्सामा हवाई दुर्घटनामा नेपाल टेलिभिजनका हेम भण्डारी र सुनिल सिंहको निधन भएको स्मृतिमा हरेक वर्ष महासंघ टेलिभिजन प्रतिष्ठान शाखाले पुरस्कार प्रदान गर्दै आएको छ ।

    उक्त दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, उनकी धर्मपत्नी मीना राई तथा संरक्षणविद् हर्क राईसहित २४ जनाको निधन भएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाएको छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ...

    बेनीबाट पाेखराका लागि छुटेकाे पर्वतमा बस दुर्घटना, १८ जना घाइते

    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते...

    संसद् अवरोध अन्त्य नेपालको समग्र हितको रक्षापछि मात्रै हुन्छ:केपी ओली

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको...

    केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी

    काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी...

    नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा

    काठमाडौं, । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं