SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२४ गते
    ६५७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाले पार्टीमा एकताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम मौका रहेको बताएका छन् । साथै एकता हुन्छ कि हुन्न भन्ने ओली पक्षको भोलिको बैठकबाट प्रष्ट हुने बताए ।

    शनिबार दोलखा काठमाडौं सम्पर्क मञ्चको भर्चुअल बैठकलाई भर्चुअल सम्बोधन गर्दै नेता नेपालले आफूहरु सम्मानजनक एकताकै पक्षमा रहेको बताए । एमालेलाई एकताबद्ध गर्न अध्यक्ष ओलीलाई अन्तिम मौका दिएको भन्दै उनले अघि भने, ‘उहाँले २४ गतेको कथित बैठक रोक्नुहुन्छ कि रोक्नुहुन्न ? पार्टी सदस्यता वितरणलाई रोक्नुहुन्छ कि रोक्नुहुन्न ? वडा तहसम्म अधिवेशन गर्ने काम रोक्नुहुन्छ कि रोक्नहुन्न ? गाली गलौजको गोलाबारुद बन्द हुन्छ कि हुँदैन ? त्यसबाट उहाँ के चाहनुहुन्छ भन्ने प्रष्ट हुन्छ ।’

    संकेत भने राम्रो नरहेको र ओली सुध्रिएलान् भन्ने आफूलाई नलागेको समेत उनले सुनाए । ‘सुध्रिहाले भने मैले आग्रह पालेको रहेछु कि क्या हो भनेर ठान्नेछु’ नेता नेपालले भनेका छन्, ‘यदि सुध्रिएनन् भने हामीले के गर्ने ? त्यहाँ गएर फस्ने, चिच्याउने, कराउने, टाउकोमा हात राखेर बस्ने ? त्यो मञ्जुर छैन ।’

    उनले ओली सुध्रिएनन्, तर समस्या पनि बनेनन् भने पार्टी एकता हुनसक्ने बताए । यसो गर्न विवादित विषयहरु थाती राख्ने र पार्टीको माइन्युटमा दुई नेताको हस्ताक्षर चलाउने व्यवस्था गर्नुपर्ने नेता नेपालको अडान छ ।

    ओली, एमालेको अध्यक्ष भएको ७ वर्ष पुगिसकेको, प्रधानमन्त्री पनि भइसकेकाले विदा गर्न पाए राम्रो हुने उनले बताए । त्यसमा सहमति नभए छिटो महाधिवेशन गर्ने र त्यसअघि दुई नेताको हस्ताक्षर गर्ने प्रबन्ध गर्नुपर्ने बताए । उनले अघि भने, ‘दुई नेताको हस्ताक्षर हुने र समान हैसियतको दुवै व्यक्ति एउटै पदमा रहने अवस्था भएन भने केपी ओलीले कसैलाई टेर्ने छैनन् ।’

    माइन्युटहरुमा दुई नेताको हस्ताक्षर चल्नुपर्ने अडान पुष्टि गर्ने क्रममा उनले भने, ‘ओलीले २३ जना थपिसके । भोलि बहुमतका आधारमा निर्णय गर्न थाले भने हामीले के गर्ने ? टाउकोमा हात राखेर बस्छौं ? रोएर हिंड्छौं ?’

    सीमा नाघे डिभोर्स हुन्छ

    वरिष्ठ नेता नेपालले ओलीमा भएको व्यक्तिवाद र दक्षिणपन्थी विचलन नै अहिलेको समस्या भएको बताए । अहिलेसम्म आफूहरु सम्मानजनक एकताकै पक्षमा रहेको, तर अनन्तकालसम्म वार्तामा बसेर नहुने उनले बताए ।

    श्रीमान् र श्रीमतीबीच विवादमा त डिभाेर्स हुने भन्दै नेता नेपालले भने, ‘यदि केपी ओलीले भित्तामा पुर्याउन खोज्छन् भने हामी अर्को विकल्पका निम्ति तयार हुनुपर्छ ।’

    यद्यपि नयाँ पार्टी बनाउन हतार गर्न पनि जरुरी नभएको बताए । अब प्रदेशको संरचना बनाए केन्द्रीय कमिटीको घोषणा मात्र बाँकी रहने नेता नेपालले बताए ।नयाँ पार्टी बनाउँदा केही नेता कार्यकर्ता छुट्नसक्ने बताए । लालबाबु पण्डित, कृष्णभक्त पोखरेलहरुको नाम लिंदै उनले भने, ‘यस्ता मान्छेहरु भाग्छन्, टिक्ने टिक्छन् ।’

    हिजोको दिनमा जसरी पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाऊँ भन्दा सबै एकमत भएको र महन्थ ठाकुर वा शेरबहादुर देउवालाई ल्याए पनि ल्याऊँ भनेर आफूलाई अघि बढ्न भनेको भन्दै उनले भने, अनि अहिले शेरबहादुर देउवा आएपछि टाउको दुख्यो ?’ सम्बोधनका क्रममा उनले प्रधानमन्त्री देउवा, ओली भन्दा राम्रो भएको र संस्कार देखाएको बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाएको छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ...

    बेनीबाट पाेखराका लागि छुटेकाे पर्वतमा बस दुर्घटना, १८ जना घाइते

    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते...

    संसद् अवरोध अन्त्य नेपालको समग्र हितको रक्षापछि मात्रै हुन्छ:केपी ओली

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको...

    केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी

    काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी...

    नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा

    काठमाडौं, । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं