SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१७ गते
    ७०२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । अखिल क्रान्तिकारी गण्डकी प्रदेश समितिले आज गण्डकी सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बिद्यार्थीहरुबिभिन्न समस्याहरुलाई समेटेर एक ज्ञापन पत्र बुझाएको छ ।

    अखिल क्रान्तिकारी गण्डकी प्रदेश सहसंयोजक र केन्द्रीय सदस्यहरुले प्रदेशको तर्फबाट मुख्यमन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाएका हुन । क्रान्तिकारी बिद्यार्थीहरुको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले आफ्ना मागहरु प्रति सकारात्मक भएको बताएको बिद्याथी नेता क्षितिज सापकोछाले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

    यस्तो छ अखिल क्रान्तिकारी गण्डकी प्रदेश समितिले बुझाएको ज्ञापनपत्र

    माननीय मुख्यमन्त्रि ज्यु,
    गण्डकी प्रदेश,पोखरा
    बिषय : ज्ञापन पत्र|
    हाम्रो महान तथा गौरवशालि संगठन आखिल (क्रान्तिकारी),गण्डकी प्रदेश अग्रजवीर शहिद, बेपत्ता, घाइते योद्दहरुको त्याग समर्पण र बलिदानको जगमा सधै अग्रगमन र परिवर्तनको धारको रुपमा स्थापित लोकप्रिय तथा नेतृत्वदायी संगठन रहेकोसबैमा जगजाहेरै छ| विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा तथा कार्यान्वयन र बिधार्थी हकहित,अधिकारको संरक्षणको लागि हामि सधै संघर्षको मैदानमा छौ|

    मुख्यमन्त्रि नियुक्ति भइगण्डकी प्रदेश सरकारलाई समेतपूर्णता दिनुभएकोमा अखिल(क्रान्तिकारी) गण्डकी प्रदेशकोतर्फवाट हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दछौ हा| मीले प्रदेसका सन्दर्भमा यी गम्भीर बिषयमा ध्यानकर्षण गराउन चाहन्छौ|

    १.प्रदेशका सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरुलाई कोभिड-१९ बिरुद्दको खोपको ब्यबस्था गरि शैक्षिक वातावरण सहज बनाइयोस|
    २ प्रदेशका जनप्रतिनिधिहरुको बालबच्चाहरु लाई सामुदायिक बिद्यालयहरुमा अनिवार्य पढाई सामुदायिक बिद्यालयहरु लाई प्रोत्साहन गरियोस|

    ३.हाम्रो आन्दोलनबाट प्राप्त बिद्यार्थी परिचय पत्र छुटकोपूर्ण कार्यान्वयनकोलागिआवश्यक निर्देशन तुरुन्त दिइयोस|
    ४.लकडाउन अबधिभरको शिक्षणशुल्कको भार सरकारद्वारा ब्यबस्था गरियोस|

    ५.कोभिड संकमित बिधार्थीको सम्पूर्ण उपचार खर्चको व्यवस्था सरकारद्वारा गरियोस साथै सबै बिधार्थीको स्वास्थ्यबिमा निशुल्क गरियोस|
    ६.दरबन्दि अभाव भएकाशिक्षण संस्थाहरुमा दरवन्दी पूर्तिको लागि बिशेष पहल गरियोस|
    ७.जनयुद्द तथा जनआन्दोलनका शहिद,बेपत्ता तथा घाइतेका सन्ततिहरुलाई निशुल्क शिक्षा तथा स्वास्थ्यको ब्यबस्था गरियोस |

    ८.बजेट शिक्षाको क्षेत्र कम्तिमा २०%शुनिश्चितता गरियोस|
    ९.सर्टिफिकेटको आधारमा पाइने शैक्षिक कर्जा सहजताका साथ् यथाशिघ्र कार्यान्वयन गरियोस|
    १०.विधार्थीहरुलाइपार्टटाईम रोजगारि,इन्टर्न्शिपतथा रोजगारीको ब्यबस्था गरियोस,सरोकारवालासंग यस बिषयमा छलफल गरि गुरुयोजना तयार गरियोस|

    ११.पोखरा विश्वविद्यालय र गण्डकी विश्वबिद्यालय लाइ सर्वासुलव तथाविद्यार्थीको पहुचमा हुने व्यवस्था गरियोस र प्राविधिक शिक्षालाइबढावा दिइयोस |

    १२.कालीगण्डकी डाइभर्जन परियोजना खारेज गर्न पहल गरियोस,फेवाताल अतिक्रमण रोकियोस मापदण्ड विपरितका संरचना तुरुन्त हटाइ मातहतमा ल्याइयोस|

    जनप्रियकार्यसफलताको लागि हाम्रो संगठन सदैव सहयोगी रहन्छ,जनबिरोधि कार्य गरेमा यसबिरुद्द हामि संघर्सको मैदानमा हुनेछौ हाम्रा यी गम्भीर मागहरुको तत्कालसम्बोधन गर्न जोडदार माग र ध्यानकर्षण गर्दछौ|

    क्रान्तिकारी अभिवादन सहित|
    २०७८/०४/१७
    क.क्षितिज सापकोटा

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाएको छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ...

    बेनीबाट पाेखराका लागि छुटेकाे पर्वतमा बस दुर्घटना, १८ जना घाइते

    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते...

    संसद् अवरोध अन्त्य नेपालको समग्र हितको रक्षापछि मात्रै हुन्छ:केपी ओली

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको...

    केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी

    काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी...

    नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा

    काठमाडौं, । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं