SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१३ गते
    २४०७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौ – कोरोना महामारीले रोकिएको दक्षिण कोरियाको रोजगारी छिट्टै सुरु हुने भन्दै भ्रामक हल्लाको पछि नलाग्न वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले अनुरोध गरेको छ ।

    पछिल्लो समय दक्षिण कोरिया रोजगारीको प्रक्रिया सुरु हुने सम्बन्धमा सामाजिक सञ्जालमा विभिन्न भ्रमपूर्ण समाचारहरू शेयर गर्ने र कार्यालयका कर्मचारीलाई समेत गाली गलौज गर्ने गरेको भन्दै शाखाले यस्तो कार्यले ईपीएस प्रणालीलाई नकारात्मक असर पर्ने भन्दै यस्तो कार्य नगर्न र धैर्य गरी ईपीएस कोरिया शाखाको आधिकारीक सूचनाको मात्र विश्वास गर्न आग्रह गरेको हो ।

    कोरोना महामारीको समयमा पनि कोरिया सरकारले तोकेका मापदण्ड पूरा गरी श्रमिक पठाउने तयारी भइरहेको विभागले जनाएको छ ।

    कोरोना महामारीका कारण भएको लकडाउन, अन्तर्राष्ट्रिय उडान बन्द लगायतका कारण दक्षिण कोरियामा नियमित तथा कमिटेड व्यक्तिहरूको उडान प्रक्रिया रोकिएको छ । अहिले नेपाल सरकारले सबै उडानहरू खुलाए पनि कोरोना सङ्क्रमण बढिरहेको छ । जसको कारण कोरिया सरकारले नेपाली कामदार भित्र्याउन पनि रोक लगाएको छ । तर पछिल्लो पटक विभिन्न प्रयास पछि विभिन्न सर्तसहित नेपाली कामदार लैजान दक्षिण कोरिया सरकार राजी भएको छ ।

    कोरियाले नियमित सिधा उडान हुनुपर्ने, कोरोना बिमा हुनुपर्ने लगायत सर्त राखेको छ । जसअनुसार नेपालले यी प्रक्रिया पुरा गर्न तयार रहेको जानकारी पनि कोरिया सरकारलाई दिइसकेको विभागले जनाएको छ ।

    विभागका अनुसार कोरियाको रोग नियन्त्रण महाशाखाको विभिन्न स्वास्थ्यका मापदण्ड लगायतका सर्त पालना गरी कामदार लैजान प्रयास भइरहेको कोरिया सरकारले नेपाललाई जानकारी दिएको छ ।

    ईपीएस प्रणाली अन्तर्गत दक्षिण कोरियामा अहिलेसम्म ६५ हजारभन्दा धेरै नेपाली रोजगारीका लागि गएका छन् । कोरियामा नेपाली श्रमिकहरू रोजगारदाताको छनोटमा उच्च प्राथमिकतामा पर्छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं