SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१३ गते
    ४२४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं महानगरपालिकाले २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै तीन दिनभित्र घर जग्गा लगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ ।

    महानगरपालिकाकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका २३ वटा ठूला करदाताको कार्यालय स्थलमै पुगेर माइकिङ गर्दै आज (बुधबार) बाट ३ दिन भित्र अर्थात् साउन १६ गत भित्र सम्पत्ति कर बुझाउन ताकेता गरेको हो ।

    उनीहरुबाट करिव ७० करोड कर असुली गर्न बाँकी रहेको अनुमान गरिएको छ । तोकिएको समय भित्र पनि अटेर गरेर कर नतिरे ती करदाताहरुको व्यवसायमा तालाबन्दी गर्ने, सम्पत्ति रोक्का गर्नेसहितको कडा कारवाही गर्ने काठमाडौं महानगरपालिकाको राजस्व विभागका विभागीय प्रमुख डा. शिवराज अधिकारीले बताए । उनले भने, “कर दाखिला तीन दिन भित्र पनि नगरे राजस्व ऐन, स्थानीय सरकार संचालन ऐन र प्रचलित कानुन, नीति, नियम अनुसार उनीहरुको व्यवसाय तालाबन्दी गर्ने, सम्पत्ति रोक्का गर्ने लगायत कडा कारवाही गरिनेछ ।”

    काठमाडौं महानगरपालिका राजस्व विभागको कार्यालयले गत असार ३० गते जारी गरेको सार्वजनिक सूचनामा पटक पटक ताकेता गर्दा पनि सम्पत्ति कर नबुझाउनेहरुमा कान्तिपुर डेन्टल हस्पिटल, चिरायू हस्पिटल, देवेन्द्रलाल श्रेष्ठ, एनआरटी क्लव, युनाईटेड वल्र्ड ट्रेड सेन्टर, बुद्धबारी कम्प्लेक्स, बागमती च्याम्बर, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल क्षयरोग केन्द्र, नेपाल रेडक्रम सोसाईटी, आदर कम्प्लेक्स, नेशनल हस्पिटल, शहीद मेमोरियल हस्पिटल, कृषि सामग्री संस्थान रहेका छन् ।

    त्यसैगरी मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, सुरज आर्केट, शुभश्री कोअपरेटिभ, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, गोपालजी प्रोपर्टिज र स्टारमलसमेत गरेर २३ वटा ठूला कर दाताले अटेर गरेपछि ३ दिन भित्र कर असुल गर्न माईकिङ समेत गरेर ताकेता गर्नु परेको महानगरले जनाएको छ । विभागीय प्रमुख अधिकारीले कतिपय करदाताहरुलाई अदालतले समेत तत्काल कर दाखिला गर्न आदेश दिँदा पनि अटेर गरिरहेको बताए ।

    राजस्व विभागले सम्पत्ति कर सम्बन्धित वडा कार्यालयबाटै उठाउँदै आएको छ । तर ठूला करदाताहरुले कर नतिर्न अदालत जानेलगायतका काम गरेपछि असुलीको काम आफैले गर्नु परेको पनि विभागीय प्रमुख अधिकारीले स्पष्ट पारे । तत्काल सबैै सम्पत्ति कर असुली गर्न समस्या भए वर्ष दिन भित्र ३ वटा किस्तामा दाखिला गर्न पनि राजस्व विभागले करदाताहरुलाई सूचित समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आबश्यकताको आधारमा संविधान संशोधन गरेर भूमि साटफेर गर्न सकिन्छ : सीमाविद् श्रेष्ठ

    काठमाडौं,  । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल-भारत सीमा विवाद समाधानका लागि आफूले बंगलादेश मोडललाई विकल्पका रूपमा...

    सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाएको छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ...

    बेनीबाट पाेखराका लागि छुटेकाे पर्वतमा बस दुर्घटना, १८ जना घाइते

    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते...

    संसद् अवरोध अन्त्य नेपालको समग्र हितको रक्षापछि मात्रै हुन्छ:केपी ओली

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको...

    केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी

    काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं