SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/९ गते
    ६१२ &#२३४६;&#२३३५;&#२३२५;

    प्रदेश नम्बर २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहले सर्लाहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अमरेश सिंहलाई कारवाहीको माग गरेका छन् । मन्त्री सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई अमरेश सिंहलाई कारवाही नगरेमा आफूहरुले सामुहिक राजीनामा दिने चेतावनी दिएका हुन् । सामूहिकरुपमा राजीनामा दिनेमा मन्त्री सिंह, प्रदेशसभा सदस्यसहित एक दर्जन काँग्रेसका नेताहरु छन् ।

    मन्त्री वीरेन्द्र सिंहले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित अमरेश सिंहलाई कारवाही गरेर तानाशाही र आतंकित पार्ने प्रवृत्तिबाट पार्टीलाई बचाउनका लागि माग समेत गरे ।

    पार्टीभित्रै षड्यन्त्र गर्ने र विपक्षीसँग मिलेर पार्टी सिध्याउने खेलमा लागेकाले सर्लाहीमा पार्टी कमजोर भएको मन्त्री सिंहले अमरेशमाथि आरोप लगाए । बिहीबार प्रधानमन्त्री देउवालाई लेखिएको ध्यानाकर्षण पत्रमा प्रदेशसभा सदस्य उपेन्द्र प्रसाद कुशवाहासहित एक दर्जन कार्य नेता कार्यकर्ताले अमरेशलाई कारवाही नगरेमा सामूहिक राजीनामा दिने उल्लेख गरिएको छ ।

    ‘पटक पटक विपक्षीसँग मिलेर विपक्षीको घरमा बसी पार्टीप्रति षड्यन्त्र गर्ने, कार्यकर्तालाई धाकधम्की दिने र पार्टीलाई कमजोर गर्ने क्रियाकलाप गरिरहेको नेपाली काँग्रेसको तर्फबाट सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित माननीय अमरेश कुमार सिंहको तानाशाही प्रवृत्ति र आतंक बाट सिंगो क्षेत्र नम्बर ४ नै आतंकित भएकोले पार्टीले उहाँलाई कार्यवाही न गरे नेपाली काँग्रेस क्षेत्र नं ४ का सबै तहका पदाधिकारीहरु लगायत हामी सामूहिक रूपमा राजीनामा गर्न बाध्य हुनेछु,’ पत्रमा भनिएको छ ।

    मन्त्री सिंहले सामूहिकरुपमा हस्ताक्षर गरि प्रधानमन्त्री देउवालाई पठाइएको ध्यानाकर्षण पत्रमा महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीको क्रियाशिल सदस्यता वितरण सम्बन्धी उत्पन्न अवाञ्छित र अस्वाभाविक प्रवृत्तिले काँग्रेस चुस्त र गतिशिल बन्ने मार्गमा अवरोध उत्पन्न गरेको बताए ।​ अमरेशको पार्टी विरोधी क्रियाकलाप र व्यवहारले जिल्ला र क्षेत्रमा चिन्ताजनक स्थिति उत्पन्न गराएको उनको भनाइ छ ।

    मन्त्री सिंह, प्रदेशसभा सदस्य कुशवाहा, सर्लाहीको धनकौल गाउँपालिका तथा क्षेत्रीय सभापति रामआश्रय साह, बसबरीया गाउँपालिका अध्यक्ष रामअयोध्या यादव, रामनगर गाउँपालिका अध्यक्ष नितुकुमारी यादव, सर्लाही क्षेत्र नम्बर ४ क को प्रदेश क्षेत्रीय सभापति हरेन्द्र सहनी, क्षेत्र नम्बर ४ ख को प्रदेश क्षेत्रीय सभापति अशोक सिंह, बलरा नगर सभापति उपेन्द्र महतो, बरहथवा नगर सभापति लालबाबु महतो, धनकौल गाउपालिका सभापति बैजनाथ प्रसाद सिंह, रामनगर गाउँपालिका सभापति रामएकवाल साहलगायतले अमरेशमाथि कारबाहीको माग गरेका छन् । रातो पाटीबाट साभार गरिएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं