SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/९ गते
    ५०३ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा, । गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार थप ६ मन्त्रीले शपथ लिएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो । यसअघिको मन्त्रिपरिषद् मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल (नेपाली) सहित पाँच सदस्यीय थियो । विस्तारपछिको मन्त्रिपरिषद् ११ सदस्यीय भएको छ ।

    सरकारमा शुक्रबार कांग्रेस र माओवादी केन्द्रका तीनतीन मन्त्री थपिएका हुन् । थपिएका मन्त्रीमा माओवादी केन्द्रका रामजीप्रसाद बराल, दीपक थापा र चन्द्रबहादुर बुढा तथा नेपाली कांग्रेसका मेखलाल श्रेष्ठ, मणिभद्र शर्मा र बिन्दुकुमार थापा छन् । नवनियुक्त मन्त्रीहरूलाई गण्डकी प्रदेश प्रमुख सीता पौडेलले शपथ गराइन् ।

    सरकारमा माओवादी केन्द्रका तर्फबाट नेतृत्व गर्दै मन्त्री बनेका बरालले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने बुढाले भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण र थापाले वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेपाली कांग्रेसका श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास, बिन्दुकुमारले कानुन, सञ्चार तथा प्रदेशसभा मामिला र शर्माले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    त्यसअघि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट डोबाटे विश्वकर्मा छनोट भएपनि अन्तिम क्षणमा उनको सट्टा थापालाई मन्त्री बनाइएको हो । यतिसम्म कि विश्वकर्मालाई शपथका लागि निमन्त्रणासमेत गरिएको थियो । तर केन्द्रीय नेताहरूको दबाबका कारण विश्वकर्माको स्थानमा थापालाई मन्त्री बनाइएको स्रोतको दाबी छ । थापा पार्टीमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिन्छन् ।

    ११ सदस्यीय मन्त्रिमण्डलमा यसअघि मन्त्री बनेका कुमार खड्काले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । सुरुका केही दिन बिनाविभागीय मन्त्री बनेका उनलाई बीचमा शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो । सबै मन्त्रीको कार्यविभाजन भएसँगै उनलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी तोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    त्यस्तै यसअघि माओवादी केन्द्रबाट मन्त्री बनेकी मधु अधिकारी गुरुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा खानेपानी र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्रालयमा यथावत् राखिएको छ ।

    अघिल्लो सरकारमा निल बनेको गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्की जिल्लाले यसपटक भने तीनवटा मन्त्री पाएको छ । पृथ्वी सुब्बा गुरुङ नेतृत्वको तत्कालीन एमाले सरकारले कास्कीबाट कसैलाई पनि मन्त्री नबनाउँदा ठूलो आलोचना भएको थियो । आलोचनापछि कास्कीबाट मन्त्री बनाउने सोच बनाए पनि आफूले नरुचाएका एमाले सांसद कृष्ण थापाको नाम आएपछि गुरुङ ब्याक भएका थिए । आफू मुख्यमन्त्री बन्ने बेला असहयोग गरेको भन्दै उनले कृष्णलाई मन्त्री बनाउनुभन्दा बरु मन्त्रिपरिषद् नै विस्तार नगर्ने अडान लिए । कृष्णलाई मन्त्री बनाउन पार्टी पंक्ति र स्वयं एमाले अध्यक्ष केपी शर्मा ओलीले दबाब दिँदासमेत गुरुङले मानेनन् ।

    तर कांग्रेस नेतृत्वको वर्तमान सरकारमा भने कास्कीले तीन मन्त्री पाएको छ । मन्त्री भएका कुमार खड्का, बिन्दुकुमार थापा र रामजीप्रसाद बराल कास्कीका हुन् । माओवादी केन्द्रका बराल कास्की क्षेत्र नम्बर ३ (क) तथा कांग्रेसका बिन्दुकुमार कास्की क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका हुन् । त्यस्तै कांग्रेसका खड्का समानुपातिक सांसद हुन् । कास्कीले तीन मन्त्री पाएपछि जिल्लावासी खुसी भएका छन् ।

    गण्डकी प्रदेशमा सत्ता साझेदार जसपाले शुक्रबार मन्त्रीहरूको शपथ कार्यक्रम बहिष्कार गरेको छ । सरकारको नेतृत्व गरेको कांग्रेसले पूर्वसहमतिअनुसार थप एक मन्त्री जसपालाई नदिएपछि शपथ कार्यक्रम बहिष्कार गरिएको हो । दुई सांसद मात्र रहेको जसपालाई कांग्रेसले सुरुमा अर्थसहित दुई मन्त्रालय दिने सहमति गरेको थियो । पछि अर्थ मन्त्रालयमा माओवादीसँगको विवाद देखाएर कांग्रेसले दुई मन्त्रालय जसरी पनि दिने प्रतिबद्धता पुनः जनायो । तर शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने बेला जसपालाई छुटाएपछि ऊ असन्तुष्ट बनेको छ । कांग्रेसले सहमति उल्लंघन गरेर धोका दिएकाले शपथ बहिष्कार गरेको जसपाले जनाएको छ । नागरिक दैनिकमा सन्देश श्रेष्ठले समाचार लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं