SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१ गते
    २५४२ &#२३४६;&#२३३५;&#२३२५;

    प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने विश्वास दिलाएका छन् । माधव नेपाल पक्षले विश्वासको मत दिनेमा आफू विश्वस्त रहेको उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ डा. खड्कासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

    शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो, तपाईँ निकै खुशी हुनुहोला नि ?

    तपाई/हामी सबै खुशी हुनुपर्छ । यो काँग्रेसकै काँग्रेसभित्र पनि केही मात्रै भन्ने कुरा भएन । हामी सबै जो संविधानवादी हुनुहुन्छ, जो लोकतन्त्रवादी हुनुहुन्छ, स्वाधिनतावादी हुनुहुन्छ हामी सबै खुशी हुनुपर्छ । जसरी केपी ओलीजीले स्वेच्छाचारी प्रवृत्तिबा दुईपटक आफ्नो स्वार्थको लागि संसद् भंग गर्नुभयो । संविधानमाथि पटक पटक प्रहार गरेर अध्यादेशमार्फत जुन उहाँ अधिनायकवादी हिसावले चल्नुभयो । त्यसको विरुद्धमा संयुक्त गठवन्धन बनेर जुन हामीहरु अगाडि बढेका थियौँ । त्यो सबै नेपालीहरुको चाहना थियो । एमालेहरुमा पनि यही संविधानको र लोकतन्त्रको रक्षा गर्ने । हाम्रो उपलब्धीहरुको रक्षा गर्ने कुरामा नै बढी सहमति भएर हामी सबैले साझा प्रयास गरेका थियौँ ।

    यो साझा प्रयासको कारणबाट सर्वोच्च अदालतले अन्तिममा एउटा क्रान्तिकराी निणर्य गरेको छ । यो पनि त एउटा क्रान्ति हो । हतियार उठाउनु र मारकाट मात्रै क्रान्ति होईन । यो न्यायधिकारण भनेपनि हुन्छ यसलाई सबैले प्रयोग गर्ने ऐतिहाँसिक भन्ने चलन छ । जुन यो निणय हो, जुन निर्णयले संविधानलाई पुनः ट्रयाकमा ल्याएको छ । हामी सबैजना मिलेर नेपालीहरुको हक र अधिकारको निम्ति रक्षा गर्ने, नेपालीहरुको जीवन निर्वाहका विषयहरुलाई आत्मसात् गर्नुपर्छ, ठुलो ठुलो उत्ताउलो सपना नदेखाईकन व्यवहारिक हिसाबले जाने यीनै उपलब्दीको लागि हामी सबैको ठुलो भूमिका छ । पटक पटक मिडियामा तपाईँहरुले ल्याउनु भएको छ । उहाँहरु सबैले आफ्नो विचार अभिव्यक्त गर्नुभएको छ । सबै मिडियाका साथीहरु पनि खुशी हुनुपर्छ यसमा ।

    तपाईँको परममित्र हो शेरबहादुर देउवा, तपाँईलाई सरकारमा ल्याउनुहुन्छ कि ल्याउनु हुँदैन ?

    परममित्र भन्दापनि उहाँ हाम्रो नेता पनि हो । उहाँ हाम्रो पार्टी सभापति हुनुहुन्छ । त्यसैले उहाँ र म पुरानो कुनै समयमा हामी सार्थी थियौँ । त्यो बेग्लै कुरा हो । तर, अहिले उहाँलाई हेर्ने भनेको एउटा पार्टीको नेताको रुपमा हो । अहिले प्रधानमन्त्रीको रुपमा पनि र पार्टी सभापतिको रुपमा पनि मैले र अरु कार्यकर्ता साथीहरुले स्विकार गर्ने कुरा हो । अहिले उहाँलाई त्यहाँ मेरो आवश्यकता लागेको छ भने मन्त्री बनाउनु होला, मन्त्री बन्ने ठुलो कुरा होला । मन्त्री भएर पनि केही हुनेवाला होईन, एकपटक बधाईका चाङहरु आउलान् । रहर हुनेहरु गाडीका लस्कर लिएर जिल्लातिर जालान्, म पहिला पनि मन्त्री भएको हो । पहिले म मन्त्री हँुदाखेरी घरमा आएर पनि ईन्टभियु लिनुभएको थियो । म मन्त्री हुँदाखेरि न कुनै कार न कुनै पीए न कुनै केही, म आँफै उठेर म स्वागत गर्न जान्थें । म आँफैले चिया ल्याएर तपाईँलाई चिया दिएको थिएँ । त्यसकारण यो मन्त्रीमा यो ग्ल्यामर ठुलो मान मर्यादा शोखदेखी धेरै टाडा भएको मान्छे हो । देशको लागि केही गर्न सकेदेखि मन्त्री भएर सकिन्छ भने त्यसरी पनि गर्ने, मन्त्री हुन नसके पनि आफ्नो सभापतिको नेतृत्वमा सरकार बनेको छ । त्यसलाई सफल पार्ने हो । त्यही हिसावले म एउटा चेतनशील नागरिकको नाताले म समर्पित छु । र, म त्यसैअनुसार लागिरहेको छु ।

    शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो, अब उहाँसामू समस्या र चुनौति के छन् ? उहाँले विश्वासको मत लिन सक्नुहुन्छ कि सक्नुृहुदैन ? बजेट ल्याउने कि नल्याउने ? केपी शर्मा ओलीले गरेका नियुक्तिहरुलाई तपाँईहरु खारेज गर्नुहुन्छ कि हुदैन ?

    ती नियुक्तिहरु असंवैधानिक छन । पहिला पनि गठबन्धनका शीर्ष नेताहरुले तपाँईहरुसंगै कुरा गर्दाखेरी पनि भन्नुभएको छ । चुनौति त हरेका समयमा हरेक बेला भएका छन । हामी नेपाली राजनीतिज्ञहरुको एउटा कमजोरि के हो भने चुनौतीहरुलाई हामीले सम्वोधन गरेर त्यसलाइ अबसरमा बदल्ने हो । चुनौतीको भार बढ्दै जान्छ । चुनौतीहरु बढ्दै जान्छन । तीनै चुनौतीहरुले थिचेर सरकार जान्छ । र, अर्को सरकार आउँछ । फेरि यस्तै चुनौती र अवसरका कुराहरु आउँछन् । फेरी हाम्रा उपलब्धिहरु हाँसिल गर्न नसके र फेरि अहिले देशको अवस्था यहाँसम्म पुगेको छ । शेरबहादुरजीलाइ पनि चुनौतीहरु छन् । अब लगत्तै विश्वासको मत प्राप्त गर्नुपर्ने छ । विश्वासको मतको लागी अहिलेसम्मको हिसाबमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालजीसँग पनि मेरो भेट भईरहन्छ ।

    उहाँलाई जसरी उहाँकै मित्र, उहाँकै पार्टीको अध्यक्षले जसरी आरोप लागाउनुभयो, पटक पटक आरोप लगाईरहनु भएको छ । उहाँले के गरिरहनुभएको छ । तर मलाई लाग्छ, उहाँपनि एउटा लोकतन्त्रवादी, संविधानवादी र अहिले यो जतिपनि यो संविधानलाई धराशयी बनाएको छ । हाम्रो उपलब्धिलाई घुमाउने उद्देश्यले उहाँकै पार्टीका अध्यक्ष जसरी लागिरहनु भएको छ, निवर्तवान प्रधानमन्त्री केपी अ‍ोलीले जसरी कामकारवाही गर्नुभयो । त्योप्रति उहाा अत्यन्तै असन्तुस्ट भएर अब ओलीबाट यो चल्दैन । देश अत्यन्त खराब अवस्थामा पुगिसकेको छ । आर्थिक र राजनीतिक रुपमा र बाहृय रुपमा हरेक हिसाबबाट भन्दाखेरि अब उहाँ (माधव नेपालले) स्वभाविक हो उहाँको पार्टीमा अहिले गठवन्धनबाट अलग्गिए भनेर भन्नुभयो, त्यो स्वभाविक कुरा हो । अहिले पार्टीको एकता उहाँको लागि आवश्यकत्ताको विषय हो । उहाँको त्यो अभिव्यक्तिलाई म स्वभाविक रुपमा लिन्छु । उहाँले भोलि के निर्णय गर्नुहुन्छ, त्यो कस्तो गर्नुहुन्छ त्यो हेर्ने बाँकी छ ।

    त्यसोभए माधवकुमार नेपालले प्रधानमन्त्रीज्युलाई विश्वासको मत दिनुहुन्छ ?

    अब त्यो के गर्नुहुृन्छ, त्यो त हेर्न बाँकी छ । उहाँलाई उहाँको आफ्नो पार्टीभित्र कसरी के व्यवहार गरिन्छ त्यो हेर्न बाँकी छ । अब भोलिबाट नै उहाँका कदमहरु हामीले हेर्ने हो । उहाँलाई उस्काएर उहाँको पार्टीभित्र विवाद खडा गर्ने त्यो हाम्रो शैली पनि होईन । हाम्रो आचरण वा व्यवहार पनि होईन । उहाँ आँफै एउटा परिपक्क र अनुभवी नेता हुनुहुन्छ । त्यसकारण उहाँले आफनो निर्णय गर्नुहोला, अहिले उहाँलाई एमाले पार्टीको भन्दापनि देशको चिन्ता छ । उहाँलाई पार्टीमा खड्गप्रसाद ओलीसंग गएर मिल्ने भन्दापनि यो सविधानलाई ट्रयाकभन्दा बाहिर लानुभएको छ ओलीजीले जसरी एकपछि अर्को नाङगो प्रहार गर्नुभयो, हामीले बनाएको संंविधानलाई धराशयी बनाउनुभएको छ । ओलीले हाम्रो राजनीतिक चरित्र आदी त्यसलाई पूननिर्माण गराउनुपर्ने कुरा हो भन्ने उहाँमा छ । देश बचाउनु पार्टीको एकता भन्दा पनि पहिलो कुरा हो भन्ने कुरा हो । यो कुरा उहाँले व्यक्त गर्नुभएको छ । त्यसैले मलाई लाग्छ कि उहाँले एउटा विवेकी निणय गर्नुहुन्छ ।

    त्यसोभए प्रधानमन्त्री देउवाले विश्वासको मत पाउनुहुन्छ भन्नेमा तपाईँ विश्वस्त हुनुहुन्छ ?

    अहिले म त्यो ग्यारेन्टी कसरी गर्न सक्छु ? राजनीतिक आधारले उहाँले र उहाँको साथीहरुले विश्वासको मत दिनुहुन्छ भन्ने लागेको छ ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री देवालाई अहिलेसम्म पनि बधाई तथा शुभकामना दिनुभएन नि ? किन ?

    मलाई लाग्र्छ अस्तिको दिन नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई र शुभकामना दिनुभएको छ । त्यसैमा उहाँले प्रधानमन्त्री मोदीको शुभकामना बधाई दिनुभएको होला मलाई लाग्छ ।

    विगतमा प्रधानमन्त्री बन्ने बित्तिकै भारतीय प्रधानमन्त्रीको फोन आउँथ्यो, अनि मोदीले ट्विट पनि गर्नुहुन्थ्यो ?

    उहाँ बाहिर कतै अन्य राज्यहरुमा व्यस्तता भएको पनि हुनसक्छ । तर, तपाईँले देखिहाल्नुभयो । भारतीय सञ्चार माध्यामहरुले नेपाली काँग्रेसका सभापति प्रधानमन्त्री असल मित्र हुनुहुन्छ भनेर मुख्य मुख्य पत्रिकाहरुले धेरै राम्रो सम्पादकीय लेखेका छन् । त्यसले के देखाउन्छ भने भारत र अहिलेको यो सरकारको विचमा अत्यन्तै राम्रो र सुमधुर सम्बन्ध राखेको छ भन्ने देखाउँछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी सघंको कार्यालय उद्घाटन

    पोखरा । पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं