SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२८ गते
    ३७० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सत्तारूढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ ।बै पक्षका नेताहरु रहेको कार्यदलले आइतबार साँझ सहमति जुटाएको हो । नेकपा एमालेका समस्या समाधान गरेर एकताबद्ध हुने निर्णय कार्यदल बैठकले गरेको छ।

    तेह्र घन्टा लामो बैठकपछि सहमतिबारे जानकारी दिँदै नेता भीम रावलले भने- ‘एकताबद्ध हुँदै अगाडि बढ्ने सहमति भएको छ।’ कार्यदलका सदस्यहरुबीच १० बुँदे सहमति भएको हो। नेताहरुले यी सहमति नेताद्वय केपी शर्मा ओली र माधवकुमार नेपाललाई बुझाउनेछन्।

    एमालेका सचिव प्रदीप ज्ञवालीले १० बुँदे प्रस्ताव सञ्चारकर्मीहरुलाई सुनाए।दस बुँदे प्रस्तावमा एकता कमजोर भएको उल्लेख गर्दै यस्तो स्थितिको अन्त्य गर्न एकताको रक्षा र विकास र सुदृढीकरणका लागि निर्णय गरिएको उल्लेख छ।

    कटुतापूर्ण अन्तरविरोधलाई विधिसम्मत अन्त्य गर्ने, २०७५ जेठ २ गतेको अवस्थामा फर्कने, २०७७ फागुन ४ गतेको निर्णयपछि एमालेमा आएकाहरुलाई राखी अन्यलाई पुरानै अवस्थामा राख्ने सहमति पनि कार्यदलबीच भएको छ।सदस्यता नवीकरणलगायत महाधिवेशनका लागि कार्यदल गठन गरिने सहमति पनि भएको छ। कार्यदलको सिफारिस कार्यान्वयनका लागि स्थायी समिति बैठक बस्ने सहमति पनि भएको छ।

    विवाद समाधान कार्यदलको बैठक आइतबार १३ घन्टामा बल्ल सकिएको हो। बिहान ९ बजे सुरु भएको बैठक राति सवा दस बजे सकिएको हो। दिनभरि बसेको बैठकका क्रममा घनश्याम भुसाल, बिष्णु पौडेल, रघुजी पन्तलगायतका नेता बीचमै बाहिरिँदै बैठकस्थलमा फर्केका थिए। नेपाल पक्षका नेता भुसालले बैठकका बीचबाट बाहिरिएर बानेश्वर पुगी नेता नेपाललाई बैठकमा भएको छलफलबारे ब्रिफिङ गरेका थिए। बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको थियो।

    यस्तो छ सहमति

    प्रतिकृया दिनुहोस्

    Loading...

    ज्योतिषिका अनुसार यी ७ राशिका मानिसहरुको भाग्य चम्किदै

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी र सट्टापट्टामा विशेष लाभ...

    बालेनको इन्जिनियरिङ दिमाग हेर्नुस, यस्तो चिटिक्क कलरफुल बन्यो तिनकुने र मिनभवनको बाटो, बिश्व चकित पार्ने काम

    काठमाडौ । काठमाडौंका मेयर बालेन शाहले काठमाडौंं उपत्यकामा रहेका अस्पतालहरूले मापदण्डअनुसार १० प्रतिशत निःशुल्क शैय्या...

    भारतमा प्रचण्डकाे चर्चै चर्चा, नेपालबाट समुद्रसम्म पानीजहाज सञ्चालनको बाटो खुल्यो

    काठमाडौं । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित...

    चर्चित नायिका मनिषा कोइरालाले किन भनिन्, ‘याद आयो लेन्डुप दोर्जेको…’

    काठमाडौं, । बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइरालाले याद आयो लेन्डुप दोर्जेको भन्दै टि्‍वट गरेकी छिन्।...

    कस्ताे काईदा, २४ वर्ष मै ७ करोड २४ लाख कमाउने सरकारी अधिकृत

    काठमाडौं, । सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं