SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/२/५ गते
    २५५५ &#२३४६;&#२३३५;&#२३२५;

    सुचनाकेन्द्र डटकम डेष्क, पर्वत । समय कोरोना महामारीको चलिरहेको छ । दिन दिनै मृत्यु सयौं र संक्रमण दर हजारौंको हाराहारीमा देखा परिरहेको छ । यस्तो अबस्थामा आफ्ना नेताहरुले जनताको चासोका काममा के गरेका होलान र आफ्ना लागि कस्ता खालका राहतका कार्यक्रम आउलान भनेर आम नागरीक चासोले नेताहरुको मुख हेरेर बसिरहेका छन् ।

    अन्य जिल्लाको जस्तै पर्वतको अबस्था पनि कोरोना महामारीको कारण जटिल र अप्ठारोमा पर्दै गएको छ । कोरोनाको चपेटामा आउने नागरीकहरुको संख्या सयबाट बढेर हजार तिर धेकेलिन थालेको छ । जिल्लामा सामान्य तया उपचार हुने भएपनि अलि जटिल हुनासाथ पोखरा वा काठमाण्डौं दौडाउनु पर्ने अबस्था छ ।

    स्थानिय प्रशासनले भरसक कोसिस गरिरहेको छ । स्थानिय निकायहरुले आफ्नो घाटी हेरेर काम देखाउने कोसिसमा दिनरात खटिनै रहेका छन् । पर्वत जिल्लामा पुर्ण लकडाउन छ । अस्पतालमा बिरामीहरुको अबस्था दयनिय बन्दै गएको छ । बिरामीका आफन्तहरुले आफ्नो मानिसलाई के होला भनेर कुरेर बसीरहेका छन् ।

    यस्तैमा पर्वत जिल्लाबाट संघिय साँसदको रुपमा निर्वाचित पदम गिरीको पहलमा जिल्ला अस्पताल पर्वतमा आधुनिक बेड-२० थान, अक्सिजन सहितको सिलिन्डर-८ ओटा, Oxygen Concentrator-३ थान, वेड डन्लब- २० थान अक्सिमिटर, पिपिई सेट, ग्लोप, मास्क, चश्मा, फेस सिल,, ग्राउन पर्वतमा जिल्ला अस्पताललाई हस्तान्तरण गरे जुन स्वास्थ्य सामाग्री काठमाडौं देखि दर्शन मोनिका ट्रान्सपोर्टले निशुल्क ढुवानी गरेको थियो ।। सांसदको मात्रै यति कामले समस्या समाधान हुने अबस्था छैन । परिस्थिति हाम्रो क्षेमताबाट बाहिर नजावोस भनेर निरन्तर कोसिसहरु भैरहेका छन् ।

    मंगलबार यहि समाचार समाजीक सञ्जाल देखि रेडियो, पत्रिका र अनलाईन मिडियामा खुबै चलिरहेका बेला पर्वतको क्षेत्र न. दुई अर्थात प्रदेश ख बाट चुनाव जितेर गण्डकी प्रदेशको मन्त्री बनेका र हाल निबर्तमान मन्त्री रहेका नेकपा एमालेका केन्द्रिय सदस्य नेता बिकास लम्सालको भने जन्मदिनमा केक अगाडी राखेर खिचेको फोटो भुमि समस्या समाधान आगोग पर्वतका बिज्ञ सदस्य बिन्दु अधिकारीको फेसबुकवालबाट सार्वजनिक भएको थियो ।

    जन्म दिनमा केक काट्नु र पारिवारीक जमघट गर्नुप्रति कसैको गुनासो हुदैन र छैन पनि होला तर जनताको प्रतिनिधि र मन्त्री भैसेको नेता पर्वत कै जनता जिवन र मृत्युसँग जुधिरहदा कसरी केक काटेर बस्न सकेको होला यो निकै चिन्ताको बिषय हो ।

    आम नागरीकहरुले पर्वतबाट निबर्तमान मन्त्रीको नाताले बिकास लम्साल लगायतका नेताहरुबाट धेरै कुराको अपेक्षा गरेर बसिरहेका छन् ।

    पर्वतमा बिरामी भएको मानिस अलिक अप्ठारो पर्नासाथ पोखरा कुद्नुपर्ने समयको अन्त्य गर्न पहल मात्रै गर्दा पनि नेताहरुको निकै प्रसंसा हुने गर्दथ्यो ।। यतिबेला कोरोनाले पर्वतमा यतिधेरै सताएको छ कि केहि थान स्वाथ्य सामाग्री दिदा पनि ठुलो राहत हुने अबस्थामा जनप्रतिनिधि नै गायब अबस्थामा बस्नु पक्कै पनि राम्रो काम काम होईन ।

    पर्वतबाट राष्ट्रिय सभाध्यक्ष, सभामुख, मन्त्री र साँसद बनेकाहरु के गर्दैछन ?
    कुरा मन्त्री बिकास लम्सालको मात्रै होईन, पर्वतबाट राष्ट्रिय सभाको अध्यक्ष भएका गणेस तिमील्सिना, संघिय साँसद लालकाजी गुरुग, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, जुना नेपाली र ललितकला गुरुगंहरुले पनि कोरोना महामारीको बिरुद्धमा जुध्न कुनै प्रकारको पहल कदमी गरेको देखिदैन ।

    पर्वत जिल्ला भौगोलिक हिसावले सानो भएपनि राजनैतिक रुपमा र राजनैतिक नेतृत्वका रुपमा सफल भएको जिल्ला हो । यहाँका धेरै नेताहरुले राष्ट्रिय स्तरका पद पाएका छन् र काम गर्न सक्दा कायापलट नै हुन्छ तर यो समयमा पनि निदाएको जस्तो गरेर बस्नु पक्कै पनि जनहितमा छैन ।

    परदेशमा भएका दाजुभाई दिदिबैनीहरुले समेत आफ्ना गाँस काटेर देशलाई सहयोग गरिरहेका बेला हामीहरुले बनाएका जनप्रतिनिधीहरुले यस्तो जटिक अबस्थामा पनि जनता प्रति प्रतिबद्ध नहुदा आम पर्वतबासी नागरीकहरु भने निराश छन् । यस्तो अबस्थामा अझै पनि ढिला भएको छैन बैलेमा सोच्ने पो हो कि ? साथै उनीहरुलाई नेता बनाउने कार्यकर्ताले पनि तपाईले के गर्नुभयो भने प्रश्न गर्ने आट गर्ने हो कि ? नि. बर्तमान गण्डकी प्रदेश मन्त्री बिकास लम्सालका तस्बिरहरु सामाजीक सञ्जालबाट लिइएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं