SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/२४ गते
    ११२६ &#२३४६;&#२३३५;&#२३२५;

    नुवाकोट – कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न प्रशासनले जारी गरेको लकडाउनकै बीच नुवाकोटमा हाई सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन निर्माण भएको छ । नुवाकोट साईन्स क्लबका इञ्जिनियर हरुद्धारा लकडाउनकै बीच उत्त¬m मेसिन तयार गरीएको यसै क्लबका अध्यक्ष नरेश्वर पाण्डेले बताए ।

    माईक्रो कन्ट्रोलर सर्किटको प्रयोग गरिएको मेसिनमा दुई लिटर क्षमताको कन्टेनर रहेको उक्त सेन्सरयुक्त ह्याण्ड सेनिटाइजर मेसिनबाट प्रति तीन सेकेन्ड एक मिलिलिटर स्यानिटाइजर प्रवाह हुने नुवाकोट साईन्स क्लबका अध्यक्ष नरेश्वर पाण्डेले बताए । ‘सेन्सरयुक्त भएकाले मेसिनमा हात राखेको तीन सेकेण्डमा स्यानिटाइज निस्कन्छ र बन्द हुन्छ’, उनले भने ‘मेसिनको परीक्षण पूर्ण रुपमा सफल भईसकेको छ । बजारको माग रहे उद्योग नै स्थापना गरी व्यवसायिक रुपमा सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन उत्पादन गर्ने छौँ । सम्भवतः सरकारी कार्यालय र स्थानीय तहका कार्यालयले मात्र हाम्रो उत्पादनलाई लिए नुवाकोट जिल्लामा विज्ञान तथा प्रविधिले उचित स्थान पाउने छ ।’

    स्वचालित मेसिनमा स्यानिटाइजरको साथै स्याम्पु र झोलसहितको साबुनसमेत राखेर प्रयोग गर्न सकिने समेत पाण्डेले बताए । मेसिनको प्रयोगबाट सामाजिक दुरी कायम गर्न सहज हुनुको साथै मानव सम्पर्क कम गर्ने, मानव स्पर्श विना सञ्चालन हुने, हातको पूर्ण स्वच्छताको साथै सेनिटाइजरको न्यूनतम खपत हुनेछ । यस्तै, मेसिनमा वैकल्पिक उर्जाको लागि स्रोत एसी र डिसी दुवै प्रयोग गर्न सकिने छ ।

    यसमा २ लिटर भण्डारण गर्ने क्षमता रहेतापनि आउटलेटमा आफ्नो आवश्यकता अनुसार पाईप बढाएर जति पनि भण्डारणमा जोड्न सकिने छ । यस अघि भक्तपुरमा बनाएकोमा चार लिटरको क्षमता रहेको थियो ।

    ‘उक्त मेसिन उच्च सेन्सर प्रविधिको प्रयोगबाट निर्मित आफ्नो आवश्यकता अनुसार भित्तामा र टेबलमा राख्न मिल्ने गरी विकास गरिएका छौं’, उनले भने ‘उनले आफूहरुले तयार गरेको यस्तो विशेषता भएको सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन नेपालकै पहिलो रहेको छ ।’

    अर्का सदस्य यशराज खड्काअनुसार प्रडक्ट प्रोटोकलको फिनिसिङ विकसित देशहरुले निर्माण गरेको मेसिन जस्तो नभए पनि यसको विशेषता भने उत्तिकै रहेको छ । प्रोटोटाईप मेसिनमा प्रयोग गरिएको समानहरु लकडाउनको कारण सामान जुटाउन असहज परिस्तिथिमा पनि नुवाकोटको बजारमा चाहिने समान यहिँ बनाउन सकेकोमा खुशी लागेको बताए ।

    ‘मेसिनको बजारीकरणको लागि लकडाउनको कारणले गर्दा असहज भएको छ’, उनले भने ‘हामीले बनाएको मेसिनको स्थानीय बजारमै खपत गराउने हाम्रो पहिलो लक्ष्य रहेको छ । बजारको माग भएमा १०० वटा सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन बनाउन तयार रहेका छौं ।’

    नुवाकोट साईन्स क्लबमा आबद्ध रहेका युवाहरुले यस अघि नुवाकोटका महोत्सव, विद्यालय तथा अन्य कार्यक्रमहरुमा विज्ञान प्रदर्शनी तथा विभिन्न गतिविधि गर्दै आईरहेका छन् । यस मेसिनको साथै स्वचालित गृह कन्ट्रोल मेसिन, अटोमेटिक वाटर ट्यांक कन्ट्रोल प्रणाली लगायतका उत्पादनहरु बजारमा रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं