SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/१ गते
    ६५६ &#२३४६;&#२३३५;&#२३२५;

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर नयाँ सरकार बनाउन प्रस्ताव गरेको छ। माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरूबीच शनिबार भएको वार्तामा माओवादी केन्द्रले यस्तो प्रस्ताव गरेको हो ।

    जसपाका शीर्ष नेताहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेतालाई भेट्न पेरिसडाँडा पुगेका थिए । भेटमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सत्ता साझेदारीको प्रस्ताव गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले बताए । ‘नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाऔं भन्ने प्रस्ताव उहाँहरूले राख्नुभयो’, वार्तापछि यादवले भने, ‘नयाँ समीकरण बनाउने विषयमा छलफल गर्न उहाँहरूले हामीलाई बोलाउनुभएको हो ।’

    भेटवार्तामा माओवादी केन्द्रका नेताहरूले नयाँ सरकार बनाउने विषयमा मात्र नभई आगामी चुनावसम्म सहकार्य गर्न प्रस्ताव गरेको जसपाका नेताहरूले जनाएका छन् । ‘उहाँहरूले यो सहकार्य नयाँ सरकार बनाउन मात्र नभई आगामी चुनावसम्म गरौं भनी प्रस्ताव गर्नुभएको छ’, यादवले भने । यसबारे कुनै निष्कर्षमा भने नपुगिएको जसपाका नेताहरूले बताएका छन् । भेटमा रेशम चौधरीको रिहाइलगायत जसपाका अजेन्डाहरूमा पनि छलफल भएको थियो । भेट सकारात्मक भएको यादवले बताए । उनका अनुसार यस्तो भेटघाट र छलफल जारी रहनेछ ।

    सञ्चारकर्मीसँग कुरा गर्दै जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले कुराकानी सकारात्मक भए पनि निष्कर्षमा पुग्न नसकिएको बताए । जसपाका अध्यक्षद्वय यादव र ठाकुरसहित पाँच शीर्ष नेता पेरिसडाँडा पुगेका थिए । नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाएको छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ...

    बेनीबाट पाेखराका लागि छुटेकाे पर्वतमा बस दुर्घटना, १८ जना घाइते

    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते...

    संसद् अवरोध अन्त्य नेपालको समग्र हितको रक्षापछि मात्रै हुन्छ:केपी ओली

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको...

    केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी

    काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी...

    नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा

    काठमाडौं, । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं