SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/१९ गते
    ८३२ &#२३४६;&#२३३५;&#२३२५;

    जोमसोम—आसन्न नेपाल पत्रकार महासंघको तीन तहको निर्वाचन प्रयोजनका लागि हिमाली जिल्ला मुस्ताङमा बुधबार निर्वाचन समिति गठन भएको छ । शाखाका अध्यक्ष सुन्दरकुमार थकालीको अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको निर्वाचन समिति चयन बैठकले महासंघको विधान २०६० पाचौं संशोधन ( २०७५) बमोजिम सर्वसम्मत निर्वाचन समिति गठन भएको छ ।

    नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्र्तगत हुँने संघ ,प्रदेश र जिल्ला तहको एकैसाथ हँुने प्रत्यक्ष निर्वाचनका लागि मुस्ताङमा लामो समय देखि पत्रकारितामा क्रियाशिल पत्रकार भीमबहादुर रसाईलीलाई निर्वाचन समिति संयोजकमा चयन गरेको महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकालीले जानकारी दिए ।

    उहाँका अनुसार समितिमा जिल्ला अदालत मुस्ताङकातर्फबाट नायव सुब्बा रामचन्द्र सुवेदी र जिल्ला सरकारी वकिलको कार्यालय मुस्ताङकातर्फबाट ऋषिराम सुवेदीलाई निर्वाचन समिति सदस्यमा चयन गरेको छ ।

    निर्वाचन समिति संयोजक पत्रकार भीमबहादुर रसाईलीलाई महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकालीले महासंघ तीन तहको निर्वाचन संम्पन्न गर्नका लागि खाता पहिराएर अंग्रिम सुभकामनासहित बधाई ज्ञापन गरे ।

    निर्वाचन समितिका संयोजक पत्रकार भीमबहादुर रसाईली विगत डेढ दशक अघिबाट मुस्ताङको पत्रकारिताक्षेत्रमा क्रियाशिल छन् । उनी नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष र हिमालपारिको आवाज साप्ताहिक पत्रिकाका प्रकाशक तथा सम्पादक समेत हुन् ।

    नेपाल पत्रकार महासंघ केन्द्रको विधान बमोजिम पत्रकार महासंघ जिल्ला कार्यसमितिले दिएको कार्यभार पूरा गर्न आफु कटिवद्ध भएर लाग्ने निर्वाचन समितिका संयोजक रसाईलीले प्रतिवद्धता व्यक्त गरे ।

    यसपटक जिल्लबाटै सबै साधारण सदस्यले केन्द्र,प्रदेश र जिल्लाको नेतृत्व चयनका लागि एकैसाथ मतदान गर्न पाउने भएका छन् ।महासंघको नेतृत्वको लागि उम्मेदवारी दिएकाहरु भोट माग्न जिल्ला पुग्नुपर्ने अवस्था आएको छ । यसअघि प्रत्येक जिल्लाबाट पदेन अध्यक्षसहित केन्द्रिय पार्षदले काठमान्डौं पुगेर भोट हाल्नु पर्ने बाध्यता थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं