SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/१० गते
    ५१३ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, । स्वास्थ्य मंत्री माननीय हृदेश त्रिपाठी आज कपिलवस्तु जिल्लाको भ्रमणमा आउनु भएको थियो। मंत्री त्रिपाठी महाराजगंज नगरपालिका वडा नं ७ मा रहेको बर्थिङ सेन्टरको निरिक्षण गर्नु भयो सोही क्रममा उक्त बर्थिङ सेन्टरको स्तर उन्नतिका लागि महाराजगंज नगरपालिका का प्रमुख प्रशासकीय अधिकृतले
    अनुरोध गरे पछि मंत्री त्रिपाठी लाई दिएको र स्तर उन्नति गरिने मंत्री त्रिपाठीले बताउनुभयो साथै कृष्णनगर नगरपालिकामा वडा नं ६ मा रहेको हिन्दू हरूको आस्था समय माता मन्दिरमा दर्शन गर्नुभयो । कृष्णनगर नगरपालिकामा वडा नं ६ मा रहेको पूर्व मंत्री इश्वर दयाल मिश्रको घरमा समेत मंत्री त्रिपाठी लाइ भब्य स्वागत गरिएको थियो। उपरांत कपिलवस्तु जिल्लाको चन्द्रौटामा चेम्बर आफ कामर्स कपिलवस्तुले उहाँको भब्य स्वागत समेत एक कार्यक्रमका बिच गरेको थियो।

    कपिलवस्तुमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले स्थानिय तहहरुले नाम संकलन गरी केन्द्रमा पठाउन अनुरोध गर्नु भयो । नेपालमा कोरोना नत घटेको नत हटेको बताउदै मन्त्री त्रिपाठीले विश्वका अन्य देशमा कोरोनाको तेस्रो लहर चल्दै गर्दा नेपालमा कोरोनाको महामारी केहि कम भएको र मृत्युदर पनि कमि रहेको बताउनु भयो ।

    सिमित देशले सिमित खोप पाइरहेको अवस्थामा नेपालले सहजै खोप पाइरहेको उहाँले बताउनु भयो । कोरोनाको जोखिम भने अझै कायम नै रहि रहेकोले स्वास्थ मापदण्ड अझै अपनाइरहनु पर्नेमा उहाँले जोड दिनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाएको छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ...

    बेनीबाट पाेखराका लागि छुटेकाे पर्वतमा बस दुर्घटना, १८ जना घाइते

    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते...

    संसद् अवरोध अन्त्य नेपालको समग्र हितको रक्षापछि मात्रै हुन्छ:केपी ओली

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको...

    केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी

    काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी...

    नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा

    काठमाडौं, । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं