SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/९/१२ गते
    १२१६ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी ।लन्डन डर्वीमा चेल्सीले आर्सनलसँग लज्जास्पद हार बेहोरेको छ । आर्सनलले घरेलु मैदानमा चेल्सीलाई ३–१ ले हराएको हो ।प्रिमियर लिगमा आर्सनलको यो दुई खेलपछिको जित हो । यो जितसँगै आर्सनलले राहतको सास फेरेको छ । आर्सनलको जितमा एलेसान्द्रे लाकाजेट्टी, ग्रानिट झाँका र बुकायो साकाले गोल गरे । चेल्सीको लागी अब्राहमको गोल सान्त्वना बन्यो ।इमिरेट्स स्टेडियममा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली आर्सनलले खेलको ३४औं मिनेटमा पेनाल्टी गोलबाट अग्रता लिएको थियो । रिस जेम्सले पेनाल्टी बक्समा टाएरनेलाई लडाएपछि प्राप्त पेनाल्टीमा लाकाजेट्टीले गोल गोल गरे । ४४औं मिनेटमा ग्रानिट झाँकाले गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।५६औं मिनेटमा बुकायो साकाले गोल गरेपछि आर्सनल जिततर्फ अग्रसर बन्यो । उनले इमिल स्मिथ रोइको पासमा गोल गरेका थिए । ८५औं मिनेटमा ट्याम्मी अब्राहमले कलुम हड्सन ओडोइको पासमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए ।

    इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जर्गिन्होले पेनाल्टी चुकाउदा चेल्सीले गोलअन्तर घटाउन सकेन । पाब्लो मारीले मासन माउन्टलाई पलल गरेपछि रेफ्रीले चेल्सीलाई पेनाल्टी प्रदान गरेको थियो । घरेलु टोलीले बल पोसेसनमा बलियो पकड बनाएपनि फिनिसिङमा चुक्दा हार बेहोर्न पुग्यो ।यो जितसँगै आर्सनल १५ खेलबाट १७ अंक जोडेर १४औं स्थानमा उक्लदा चेल्सी १५ खेलबाट २५ अंक जोडेर सातौ स्थानमा रहेको छ । हारसँगै चेल्सीले तेस्रो स्थानमा उक्लने अवसर गुमाएको छ । त्यस्तै सनिबारनै भएको अन्य खेलमा सेफिल्ड युनाइटेडमाथि १–० को झिनो जित निकाल्दै एभर्टन इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । एभर्टनका लागी कप्तान सिगुर्डसनले गरेको गोल नै एभर्टको जितमा निर्णायक बन्यो । यता गुन्डोगान र फेरान टोरेसको गोल मद्दतमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडमाथि २–० को सहज जित निकाल्यो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं