SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/२८ गते
    १२७२ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी ।शनिवार भएको रोमाञ्चक खेलमा मोहम्मद सालाहको ह्याट्रिक मद्दतमा लिभरपुलले नवप्रवेशी लिड्स युनाइटेडलाई ४-३ ले पराजित गरेको छ । साविक विजेता लिभरपुलले नयाँ सिजनको प्रिमियर लिगको पहिलो खेलमा जित हात पार्न निकै संघर्ष गर्नुपर्‍यो । आक्रामक रणनीतिका साथ मैदानमा उत्रिएका दुई टोलीबीच खेलको पहिलो हाफमा नै ५ गोल सम्भव भएको थियो ।  लिभरपुलको घरेलु मैदान एनफिलडमा भएको खेलको पहिलो हाफमै गोलको वर्षा भएको थियो । पहिलो हाफमा पाँच गोल भएको खेलको अन्तिम समयतिर सालाहले निर्णायक गोल गरेका थिए । सालाहले दुई गोल पेनाल्टीमा गरेका थिए ।खेलको सुरुमै लिभरपुलले अग्रता लिएको थियो । सन् २००४ पछि पहिलो पटक प्रिमियर लिगमा बढुवा भएको लिड्सले लिभरपुललाई सुरुवातदेखि नै चुनौती दिएको थियो ।चौथो मिनेटमै सालाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । १२ मिनेटमा ज्याक ह्यारिसले लिड्सका लागि बराबरी गोल फर्काए । २०औं मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै लिभरपुललाई फेरि अग्रता दिलाए । त्यसको दश मिनेटपछि प्याट्रिक बामफोर्डले लिड्सका लागि फेरि बराबरी गोल फर्काए । तर ३३औं मिनेटमा सालहले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुले ३-२ को अग्रता बनायो ।३३ मिनेटपछि नै माटेउस क्लिसचले लिड्सका लागि बराबरी गोल फर्काउँदा खेल ३-३ को प्रतिस्पर्धात्मक अवस्थामा पुगेको थियो ।

    खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला ८८औं मिनेटमा लिभरपुलले अर्को पेनाल्टी पायो । लिड्सका रोड्रिगोले फाबिन्होलाई फाउल गरेपछि लिभरपुलले पेनाल्टी पायो जसमा सालाहले सहजै गोल गरे ।शनिवारै भएको अर्को खेलमा क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई १-० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । खेलको १३औं मिनेटमा विलफ्रड जाहाले गरेको गोल नै प्यालेसको जितमा निर्णायक बन्यो । यस्तै शनिबार राती भएको खेलमा न्यूकासल युनाइटेडले वेष्टहम युनाइटेडलाई २-० ले पराजित गरेको छ । त्यसअघि उद्घाटन खेलमा आर्सनलले फुलहमलाई ३-० ले पराजित गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं