SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/१ गते
    १८२१ &#२३४६;&#२३३५;&#२३२५;

    माननीय शिक्षा मन्त्री ज्यु,नमस्कार
    कुशल छु त कसरी भनु तर तपाईंको कुशलताको कामना गर्दछु।आज म तपाईंलाई सम्बोधन गर्दै केही लेख्न अनुमाती चाहान्छु। तपाईंलाई मेरा शब्दहरु तिता लाग्न सक्छन्।मेरा शब्दले विक्षिप्त हुन पुगेमा म क्षमा माग्दै विषय बस्तु तर्फ प्रवेश गर्न चाहान्छु। मन्त्री ज्यु म एक CTEVT अन्तर्गतको एक कलेजमा HA प्रथम बर्ष अध्ययनरत विद्यार्थी हुँँ। यो पत्र म जस्ता CTEVT अन्तर्गत प्राबिधिक शिक्षा पढ्ने लाखौंको संख्यामा रहेका विद्यार्थीको प्रतिनिधि पत्र हो।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    बिगत ४ महिना देखि Covid 19 को कारण भएको बन्दाबन्दीले गर्दा अवरुद्ध हाम्रो पढाईको विषयमा तपाईंले खासै केही बोल्नुभएको कुरा समाचारमा आएको छैन। तपाईंको नजर SEE दिने र उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुमा मात्र परेको र हामी जस्ता प्राबिधिक शिक्षा पढ्ने लाखौं विद्यार्थी तर्फ नपरेको देख्दा हाम्रो मनस्थिति बिग्रेको छ।यति बेला हामी सबै विद्यार्थी मान्सिक तनावमा छौं।

    देशको दुरदराज बाट र सहरका केही भाग बाट सबैजात,धर्म,वर्ग,समुदाय,पिछडिएको क्षेत्र बाट प्रतिनिधित्व हुनेगरि भर्ना र पठनपाठन गरिदै आएको र छोटो समयमा प्राबिधिक जनशक्ति उत्पादन गरि देशको समग्र स्थितिमा टेवा पुग्ने उदेश्यले लामो समय देखि संचालन हुँदै आएका CTEVT का कक्षाहरु ४ महिना देखि ठप्प छ्न।

    समयमै केही ठोस निर्णय लिन नसक्नु र दीर्घकालीन योजनामा चुक्नु जस्ता कारणले गर्दा लाखौं विद्यार्थीको भबिस्य खतरामा छ।
    पछिल्लो समयमा आएर अन्लाईन पढाउनु भनी बैकल्पिक सिकाइ सहजीकरण निर्देशिका जारी गरिएको तपाईंको निर्णयले तपाईंको परिपक्वता माथी प्रश्न चिन्न खडा भएको छ। देशका दुर्गम क्षेत्रबाट ऋण धन गरि सदरमुकाम वा सहर सम्म पढ्नको लागि आएका विद्यार्थीहरु यति बेला सबै आ-आफ्नो घर फर्किएका छ्न। दुर्गममा मोबाइलको नेटवर्कको लागि रुख चड्नु पर्ने हाम्रो देशमा अन्लाईन कक्षा कसरी प्रभावकारी होला? डाटा किन्ने वाइफाइ जोड्नेका त कुरै छोडौ त्यसैमाथी यति बेला हावाहुरी र बर्षाको कारण समय समयमा हुने विद्युत कटानको समस्याले थप चुनौती दिएको छ। सत प्रतिशात विद्यार्थीको उपस्तिथि बिना सहरका सिमित विद्यार्थी केन्द्रित अन्लाईन कक्षा संचालन के न्यायोचित होला?

    अघिल्लो बर्ष संचालन गरिएका धेरै परिक्षाहरुको नतिजा करिव एक बर्ष बिति सक्दा पनि प्रकाशन भएको छैन। यस विषयमा पनि तपाईं र CTEVT का पदाधिकारी ज्युहरु समेत कानमा तेल हालेर बस्नु भएको छ। COVID 19 को समस्यालाई प्रमुख कारण बनाएर तपाईंहरु जिम्मेवारी बाट उम्कन पाउनुहुन्न।हरेक समस्याको समाधान खोज्न सकिन्छ।

    मन्त्री ज्यु मैले देखेको र आम विद्यार्थीको तर्फबाट केही समाधानका उपायहरू म तपाईंलाई बताउछु।  बन्दाबन्दी पुर्ण रुपले खुलेपछि सेमेस्टर प्रणालिका कक्षाहरुलाइ आन्तरिक मुल्यांकन गरि उपल्लो सेमेस्टरमा लाने र वार्षिक परिक्षागत प्रणालीका कक्षाहरुलाइ पनि आन्तरिक मुल्यांकन गरि उपल्लो कक्षामा लान सकिन्छ र अन्तिम बर्ष वा सेमेस्टर अध्ययन गर्ने हरुलाइ पनि आन्तरिक मुल्यांकन गरि लिखित परिक्षामा उत्तीर्ण गराउन सकिन्छ तर प्रयोगात्मक परिक्षालाई मुख्य मानेर हरेक सेमेस्टर र बर्षका प्रयोगात्मक परिक्षा अनिवार्य उत्तीर्ण गर्नुपर्ने गराउनु पर्दछ। आंशिक परिक्षा दिने विद्यार्थीहरुलाइ पनि पुनः एक पटक प्रयोगात्मक परिक्षा लिइ मुल्यांकन गर्न सकिन्छ।

    प्राबिधिक अध्ययन पुर्णत:प्रयोगात्मक अभ्यासमा आधारित हुने हुँदा यहि समयमा सामाजिक दुरि कायम गर्दै प्रयोगात्मक अभ्यास गराउन सकिन्छ र सोही आधारमा प्रयोगात्मक परिक्षा लिइ चालू शैक्षिक सत्रलाई टुङ्गोमा पुर्याउन सकिन्छ। आगामी शैक्षिक सत्र लाई केही समय ढिला सुरु गर्न सकिन्छ। यसो गर्दा शैक्षिक तालिका नबिग्रने र आम विद्यार्थीमा परिक्षा बारे मानसिक बोझ हट्ने हुन सक्छ।

    मन्त्री ज्यु अन्त्यमा हाल सम्म CTEVT का पदाधिकारीहरु बाट पनि कुनै समस्या समाधान को कुरा, छलफल,बहसका कुरा सुन्नमा आएका छैनन् त्यसैले मन्त्री ज्यु र CTEVT पदाधिकारी ज्यु बिच छिटो छलफल होस र लाखौं विद्यार्थीको भबिस्यको बारेमा छिटोभन्दा छिटो सकारात्मक निर्णय होस यहि आश व्यक्त गर्द्छु र हरेक समस्याको समाधान लाई आन्दोलन रोज्नु पर्ने स्थिति नबनाउनु हुन म र म जस्ता लाखौं विद्यार्थीको तर्फबाट विनम्र अनुरोध गर्दै पत्र बाट बिदा चाहान्छु।
    धन्यवाद
    सुबास गिरी
    HA प्रथम बर्ष
    देवदह मेडिकल कलेज
    देवदह,रुपन्देही

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं