SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/२० गते
    ११३५ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कपिलवस्तु, । भारतको दिल्लीमा चार महिना देखि अलपत्र रहेको छ नेपाली महिलाहरुको उद्धार गरिएको छ । शान्ति पुनस्थापन गृहले भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्था र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    मोरङ जिल्लाका चार जना महिला रहेको , झापा जिल्लाको एक जना साथै पर्वत जिल्लाको एक जना महिला हरू गरि छ जना नेपाली महिलाहरुको भारतबाट उद्धार गरिएको छ ।२०७६ साल फाल्गुन २९ गते कुवेत र इरान विदेश पठाउछु भन्ने बहानामा नेपालगन्ज भन्सार नाका हुदै भारत दिल्लीको कुरारी जोरदा भन्ने ठांउमा राखदै आएका थिए ।

    त्यहीँ ठाउका स्थानीय हरुले संकास्पद रूपमा महिला लाई देख्दा शान्ति पुर्न:स्थाना गृहका क्षेत्रीय संयोजक भुमि राज भट्टराई लाई सम्पर्क गरेर स्थित बारे जानकारी गराएका थिए। भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्थाको अध्यक्ष बाबु रोका मगर को सहयोगमा ५ दिन अगाडि नै उद्धार गरि आज कृष्णनगर भन्सार नाका हुदै शान्ति पुर्नस्थाना गृह र इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल को सहयोगमा नेपाल ल्याइएको छ ।

    भारतको दिल्लीबाट उद्धार गरिएका महिलाहरु लाई शान्ति पुर्नस्थाना गृह मार्फत मानव वेचविखन को केन्द्रीय व्यूरो मा थप अनुसंधान को लागी पठाउने तयारी भइरहेको कुरा शान्ति पुर्नस्थाना गृह संस्थाका जिल्ला संयोजक निशा पन्थी ले बताउनुभएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं