SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/१८ गते
    १०६६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाल–भारत सीमा नजिक सलहको दुई वटा समूह आएको र ती छिटै नेपाल प्रवेश गर्न सक्ने सरकारी अधिकारीहरुले बताएका छन् । कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रमा रहेको सलह सूचना केन्द्रले भारतको उत्तर प्रदेशको इटावा क्षेत्रमा १०० हेक्टर र ५५ हेक्टर क्षेत्रफलमा २ वटा झुण्ड देखिएको बताएको छ । प्लाण्ट भिलेजले उपलब्ध गराएको सूचना अनुसार बिहान ६ बजे ती क्षेत्रमा सलह देखिएको सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले अनलाइनखबरलाई बताए । ‘आगामी तीन दिनको हावाको बहावको पूर्वानुमान अनुसार ती सलह फत्तेपुर ९सप्तरी० सम्म आइपुग्ने अनुमान छ’ सुवेदीले भने । कुनैपनि बेला सलहको झुण्ड नेपाल छिर्न सक्ने भन्दै केन्द्रले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै सलह भित्रिए कृषि प्राविधिक वा स्थानीय तहमा खबर गर्न पनि अपिल गरेको छ ।

    अघिल्लो हप्ता प्रवेश गरेको सलह अहिले दाङ र प्युठानको सेरोफेरोमा रहेको छ । अर्घाखाँचीमा रहेको सलह पनि प्यूठानतर्फ गएको केन्द्रले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि सलह देखिएको छ । ती सलहले दक्षिण पश्चिमबाट उत्तरपूर्व तर्फ यात्रा गर्ने सम्भावना रहेको केन्द्रले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं