SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/९ गते
    २४४८ &#२३४६;&#२३३५;&#२३२५;

    सेवा गर्ने माध्यम थुप्रै हुनाले आज तमाम युवाहरू कुनै न कुनै माध्यम बाट समाज सेवामा अर्थात कसैको जिबनमा केही परिबर्तन ल्याउन को लागि अहोरात्र खटिएका छन। विभिन्न किसिमका अभियान हरु चलाएर भनौ वा ब्याक्तीगत जुनसुकै परिस्थितिमा पनि आफू सङ्गै अरुलाइ हसाउने बाताबरण सिर्जना गर्न अहम भुमिका खेलिरहेका छन। जति धेरै कार्य हरु गरेपनि एउटा अस्पतालको बेडमा रगतको अभावले मृत्यु संग लडिरहेको समयमा उसलाइ आबस्यक पर्ने रगत कसैले दान गर्दछ भने सायद त्यो जस्तो महान मानवीय कार्य अरु छैन होला। “रक्तदान जिबनदान” भन्ने कुरा पहिले देखि नै सुन्दै आएको र त्यही स्वरुप थुप्रै रक्तदाता हरु जन्मिएका पनि हुनुहुन्छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    रक्तदान गर्नु सबैभन्दा ठूलो आत्मसन्तुष्टि हो । यसले कसैको जीवनलाई मात्र नभई उसको घरबार पनि बचाउँन मदत गर्दछ। एउटा मानिस बिरामी हुन्छ अनि नजिकैको अस्पताल भनौ वा स्वास्थचौकी खोज्दै जाच गर्न जान्छन र त्यहा हुने जाँच पछि यदि सन्चो भएन भने थप उपचार को लाई विभिन्न गाउँठाउँ देखि बिरामी भएर सेवा सुबिधा सम्पन्न अस्पताल खोज्दै शहर आउनुहुन्छ । शहरको अस्पतालमा जाँच गराउन लगिसकेपछी डाक्टर सल्लाह सुझाब संगै बिरामिको रिपोर्ट अनुसार प्राय रगत चढाउन पर्ने धेरै हुन्छन अनि डाक्टरले फार्म मा लेख्दिनुहुन्छ रगत ल्याउनुहोस अथवा ब्यबस्थापन गर्नुहोस अनि मात्र अरु प्रक्रिया सुरु हुन्छ। अनि मन अमिलो बनाउदै दु:ख मनले बिरामिको मान्छेले भन्नुहुन्छ “डाक्टर ” यहाँ त हाम्रो कोहि पनि हुनुहुन्न गाउँ देखि आएको यो रातको समयमा कहाँ खोज्ने रगत डाक्टर साप?

    डाक्टर भन्नुहुन्छ :
    खोज्नुहोस हैनभने बिरामिको उपचार प्रक्रिया अगि बढाउन गार्हो हुन्छ जसरी नि खोज्नुहोस है ।
    डाक्टर को सल्लाह लाइ मनन गर्दै दुखि मन बनाउदै रगत खोज्न लाग्छन् तर पाउन गार्हो हुन्छ । ब्लड बैक जान्छन् सर यहाँ रगत किन्न पाउछ? भनेर प्रस्न गर्छन र सेतो कोट लगाएर आएका स्वास्थकर्मी भन्छन सर रगत किन्ने हैन हामी रगत किनबेच गर्नु मिल्दैन रगत जाँच गर्न लाग्ने शुल्क र रगत राख्ने ब्याग को मात्रै पैसा लाग्छ रगतको हैन सर भनेर सेतो कोटो लगाउने स्वास्थ कर्मिले बुझाउछन र भन्छन हजुरको बिरामिको हामी रक्त समुह जाँच गर्छौ यदि हामी संग रहेछ भने एक पोका सहयोग गर्छौं र त्यो भन्दा बढी चाइए मान्छे खोज्नु पर्छ है । त्यति सुनेर अल्लि उज्यालो मन बनाउदै बिरामीको आफन्त धन्यवाद सर जसरी नि गराइदिनुस है !

    स्वास्थकर्मी भन्छन हस जाँच गर्छौ मिले ठिक छ नमिले मान्छे खोज्नुपर्छ है भनेर ल्याब तिर लाग्छन् । रगत किन्न भनेर गएका बिरामी का आफ्न्त लाई एक स्वास्थ कर्मिले सम्झाइ बुझाइ रगत किन्ने होइन भनेर सम्झाउन त सफल भए तर उसलाइ डाक्टरले भने जति रगत पुर्याउन बिरामिको आफन्तले रगत दिनु पर्ने भयो । र फेरि स्वास्थकर्मिले रक्तदान सम्बन्धि केही कुराहरु सम्झाउदै रक्तदान गर्नुका फाइदाहरु भने तर जति गरेता पनि उनी डराए र भन्न थाले म यति सानो अनि दुब्लो छु मेरो आफ्नै शरीरमा रगत छैन इत्यादि …रगत किन्ने हैन भनेर छर्लङ्ग बुझेका ती बिरामिका आफन्तले फेरि एकपटक सर कृपया रगत दिनुस न जति खर्च लाग्छ पैसा दिन तयार छु भन्दै हजारको नोट निकालेर ती स्वास्थकर्मी को खल्तीमा राख्दिन तम्सिन्छन तर ती स्वास्थकर्मी ले सेतो कोट लगाएर अरुको सेवामा समपिर्त भैसकेपछी उनको नैतिकताले पैसा लिन मानेनन र त्यो पैसा फर्काउदै फेरि केही समय घाँटी सुकाउन्जेल सम्झाउन तिर लागे ।

    बुटवलमा सेवा गर्ने सस्थाहरु ,रगत ब्यबस्थापन गर्ने स्वयंसेवि सस्थाहरु,र सामाजिक संजाल बाट ब्यबस्थापन गर्ने टिमहरु थुप्रै छ्न बरु एक्फेर समपर्क गर्नुस न है भन्दै नमबर हरु स्वास्थकर्मिले बिरामिको आफन्त लाई दिए। केहि कुराहरु पैसा तिरेर पनि पाँईदैन्, पसलमा बेचिदैन अनि कतिकुराहरु बेलैमा नपाएमा मान्छेको जीवन जोखिममा पर्दछ । यिनै केहि कुराहरुमा पर्न आँउदछ रगत । रक्तदान एउटा महान कार्य हो बुटवलमा विभिन्न सस्थाहरुले रक्तदान कार्यक्रम समय समय मा गर्दै आउनुभएको छ त्यसैले धेरै सजिलो भएको छ तर अब बुटवलमा मात्रै नभएर अलिकति भित्री गाउँ हरु मा रक्तदान सङ्गै जनचेतनामूलक कार्यक्रम को आब्स्यकता रहेको छ। कतिपय भित्री मधेस का ब्याक्ती हरु आफ्नो आमा अथवा श्रीमती लाई पनि रक्तदान गर्न डराउने चलन छ त्यसैले अब उहाहरुलाइ रक्तदान सम्बन्धि जनचेतना दिन जरुरी छ । योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृतिले गर्दा देशमा रगतको संकट परेको महशुस गरेको छु।देशमा शिक्षित व्यक्तिको संख्या वृद्धि भएपनि अझै रक्तदानको ज्ञान बारेमा पर्याप्त जानकारी छैन ।

    रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम हटाउनु पर्छ। तपाईको आफ्नै भाई या बहिनी या परिवारको सदस्यको ज्यान जोगाउनलाई रगत चाहीएमा के तपाई रक्तदान नगरि बस्नुहुन्छ ? त्यस्तै धेरै दाजुभाई दिदीबवहिनीहरुलाई रगतको अभाव र आवश्यक्ता परिरहेको हुन्छ, रक्तदाताहरु वास्तवमै जीवनदाता हुन्, रक्तदान गर्न पछि नपरौ ।रगत किनेर पाइदैन यसको महत्त्व बुझ्न जरुरी छ र रक्तदान गरेर केही हुन्छ भन्ने डर त्यागौ र अरुको ज्यान बचाउन लागि परौ विशेष शहर मा भन्दा बढी गाउँ गाउँ गएर रक्तदान संगै जनचेतनामुलक कार्यक्रम गरौ। सम्पूर्ण रगत ब्यबस्थापन मा खटिनुहुने प्रती उच्च सम्मान अनि रक्तदाता प्रती हार्दिक धन्यवाद । भरतजंग क्षेत्री (वास्तविक भोगाइ अनि समाजमा देखिएका सत्य कुराहरू )

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं