SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/२० गते
    २६१५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । उनी विदेशमै थिए । घरमा दुई छोरी र श्रीमतीलाई घरमा छोडेर उनीहरुकै भविष्यका लागि भन्दै उनी विदेशमा गएका हुन् । तर अचानक श्रीमतीको फोन आयो । श्रीमतीले अब म अर्कैसंग जाँदैछु आफ्ना छोरी सम्हाल्न आउन भन्दै फोन गरिन् । उनी विदेशमा पनि राम्रो कमाइ नभएपछि अब नेपाल फर्केर अर्को देश गएर राम्रो कमाई गर्ने योजनामा थिए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उदयपुरको गाइघाटका बाबु राई को जिवनमा भएको घटना हो यो । ५ वर्ष यता उनी शारिरीक रुपमा पनि अशक्त छन् । श्रीमती त्यसरी गएपछि अहिले २ छोरीको जिम्मा एक्लै हेर्दै आएका छन् । उनी भुकम्प पछि घरको काम गर्दै थिए । गाईभैसीलाई घाँस बनाउन भन्दै रुखमा चढेका उनी त्यहाँवाट झरे । मेरुदण्ड पनि भाँचियो । अहिले ह्वीलचेयरमा छन् । छोराछोरीको भविष्य, परिवारको भविष्य बनाउन विदेश गएका उनी भवितब्यले नेपाल फर्किए अनि उनको अर्को विदेश गएर राम्रो पैसा कमाउने सपना त्यसै भताभुंग भयो ।

    मेरुदण्डमा यस्तो समस्या भएका उनी त्यतीबेलै पैसा नभएका कारण राम्रो उपचार गर्न पाएनन् । पैसा भएको भए राम्रो उपचार गर्न पाएको भए अहिले जस्तो अवस्था भोग्न पर्दैनथ्यो होला भनेर दुख लाग्ने गरेको उनी बताउँछन् । त्यो घटना हुनुअघि उनी २०७० सालमा मलेसिया गएका थिए । मलेसिया गएको एक वर्ष पनि वितेको थिएन । २ छोरी थिए, उनीहरुको भविष्य गाउँमै बसेर राम्रो बनाउन सकिदैन भनेर उनी मलेसिया गए ।

    विवाह गएको करिब ७ वर्ष भएको थियो मलेसिया जाँदा । उनी ऋण खोजेर मलेसिया गएका थिए । एक वर्षमा उनले आधा ऋण तिरिसकेका थिए । आधा ऋण तिर्न बाँकी थियो । तर जसका लागि उनी विदेश गएका थिए उनै श्रीमतीले भने उनलाई छोडिन् । साना छोरीहरुलाई अलपत्र पारेर गइन् । श्रीमती छोडेर गएको थाहा पाएपछि उनीहरुको बिचल्ली भयो होला भनेर उनको काममा मन पनि लागेन ।

    श्रीमती अर्कैसंग जानु अघि उनले आफैले श्रीमानलाई फोन गरेकी थिइन् । अर्कैसंग विवाह गरेर जानु भन्दा अघिल्लो दिन श्रीमतीले फोन गरेर, तिमीसंग अब मेरो जिवन चल्दैन, मेरो अर्को केटा छ म जाँदै छु भनेर भनिन्, उनले त्यो बेलाको अवस्था सम्झदै भने, मैले त्यसो नगर । अरुसंग प्रेम बसेको छ भने पनि म आएर पछि छोरी जिम्मा लिन्छु अनी जानु भनेर भने । तर श्रीमतीले उनको कुरा सुनिनन् । भोलीपल्टै श्रीमतीको फोन अफ भयो ।

    श्रीमतीले आफ्नो दिदीको घरमा छोरीहरु छोडेर गएकी थिइन् । उनले दिदीसासुलाई फोन गरेर छोरीहरुको ख्याल गरिदिनु भनेर २ वर्ष पछि मात्र नेपाल फर्के । मलेसियामा रामो कमाइ नभएपछि उनी नेपाल फर्केर छोरीहरुलाई राम्रो विद्यालयमा भर्ना गरेर अर्को देश जान्छु भन्ने योजनामा आएका उनी मलेसियावाट आएको एक महिना पनि नहुँदै दुर्घटनामा परे । अहिले उनको त्यो सबै सपना छताछुल्ल भयो । मलेसियावाट अलिअलि कमाएर ल्याएको पैसा पनि उपचारमै सकियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं