SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/१ गते
    १५७६ &#२३४६;&#२३३५;&#२३२५;

    विजय प्रकाश सापकोटा, अनेरास्ववियू केन्द्रीय सदस्य। विद्यार्थी आन्दोलन सदैव प्रतिपक्ष र रचनात्मक हुन्छ। विद्यार्थी आन्दोलन नेपाली राजनीतिको घटनाक्रममा गर्बिलो र उदाहरणीय इतिहास बनाउदै आएको छ। यो गर्विलो इतिहासलाई अझ शिखरमा पुर्‍याउन अहिले र अब आउने पुस्ताको महत्त्वपूर्ण जिम्मेवारी छ। अहिलेका अवस्थामा सिङ्गो विद्यार्थी आन्दोलनमा गम्भीर प्रश्न उठ्ने गरेका छन्। “विद्यार्थी अान्दोलन र विद्यार्थी नेताहरु; शासक र शक्तिका लठैब झुन्ड” जस्ता भए भन्ने प्रश्नले घेरिएको छ , अहिले । यो गम्भीर प्रश्न हामीले अब राम्रोसँग चिर्न सक्नुपर्छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यसका लागि पहिलातः विद्यार्थी संगठन र नेताहरूले विद्यार्थी आन्दोलनको काम, कर्तव्य , इतिहास बारेमा इमान्दार अध्ययन गर्न जरुरी छ। विद्यार्थी आन्दोलन परिवर्तन र अग्रगमनमा विश्वास गर्छ,जनता र देशको पक्षमा बोल्छ। सरकारका कामलाई गुण र दोषका आधारमा समर्थन र रचनात्मक आलोचना गर्दछ। विद्यार्थी आन्दोलन र नेता; सत्ता र शासकको महिमा गान गाउने , जनताको आबजका विरुद्ध उभिने , उपलब्ध राजनीतिक अधिकारको विपक्षमा उभिने मण्डले झुन्ड होइन , यो कसैको निहित स्वार्थका लागि उभिने लठैत संगठन पनि बन्न हुन्न। विद्यार्थी अान्दोनलको संगठन र नेता “शक्ति र सत्ताको पुजारी हुने र शैक्षिक माफिया सँग साँठगाँठ गरि कमिसनको खेलो गर्ने मतियार बन्ने” प्रवृत्ति किमार्थ स्विकार्य हुदैन।

    विद्यार्थी आन्दोलन शिक्षा क्षेत्रभित्रका सबै प्रकारका विकृति र विसंगतिको विरुद्धमा निरन्तररुपमा संघर्षरत हुनुपर्छ। साथै समाज रुपान्तरणका हरेक प्रकारको आन्दोलनमा सहभागी बनी परिवर्तनको सम्बाहक बन्नुपर्छ।प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नेपाललाई समृद्ध विकसित राष्ट्रको रुपमा विकास गर्न आजको आवश्यकता र विद्यार्थी आन्दोलनको अभिभारा हो।

    यो महान अभिभारा पूरा गर्न विद्यमान शैक्षिक प्रणालीमा आमूल परिवर्तन गरि गुणस्तरीय बैज्ञानिक तथा ब्यबहारिक शिक्षाको व्यवस्था गरि रोजगार/उत्पादनमूलक एवम् सीपमूलक जनशक्ति उत्पादन गरि देश विकास निर्माणमा अबको सबै पुस्ता लगाउनु छ। अबको शिक्षा समाजवादी शिक्षा प्रणालीको पहिलो आधार बनाउन विद्यार्थी आन्दोलनको पहिलो जोड हुनुपर्छ। सँगसँगै विद्यार्थी आन्दोलन राष्ट्रिय स्वाधीनताको सवालमा कुनैपनि सम्झौता गर्दैन। विद्यार्थी आन्दोलन राष्ट्रियताको अविचलित अविच्चिन्न पहरेदारी हो। त्यसैले विद्यार्थी आन्दोलन परिवर्तनको सम्बाहक हो। देश र जनताको पक्षमा अग्रमोर्चामा अनवरतरुपमा खबरदारी गरिरहन्छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं